मुख्य समाचार
अवकास गएका सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक(आईजीपी) राजु अर्यालको फौजी परम्पराअनुसार बिदाइ
अवकास गएका सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक(आईजीपी) राजु अर्यालको फौजी परम्पराअनुसार बिदाइ

। अवकास गएका सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक(आईजीपी) राजु अर्यालको फौजी परम्पराअनुसार बिदाइ गरिएको छ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक(आईजीपी) नारायणदत्त पौडेलले शुक्रबार प्रधान कार्यालय हल्चोकमा विशेष समारोहकाबीच मायाको चिनो हस्तान्तरण गरेर अर्याललाई बिदाइ गरेका छन् ।

सो अवसरमा अर्यालले नयाँ आईजीपी पौडेललाई संगठन प्रमुखको छडी र सशस्त्र प्रहरी बल नेपालको झन्डा हस्तान्तरण गरेर नेतृत्व सुम्पिएका छन् । सोही क्रममा अर्यालले पौडेललाई संगठनको सम्पूर्ण जिम्मेवारी बरबुझारथ समेत गरेका छन् ।

बिदाइ समारोहमा अर्यालले नागरिक सुरक्षाको जिम्मेवारी बोकेको सुरक्षा संगठनको सर्वोच्च तहमा पुग्नु र सफलतापूर्वक अवकाश हुनुलाई जीवनको महत्वपूर्ण उपलब्धी तथा गौरवको विषय भएको बताए । यस्तै सशस्त्र प्रहरी संगठनलाई परिवारको रूपमा लिएर अनुशासन, त्याग, इमान्दारिता र नेतृत्वको साँचो अर्थ सिक्ने मौका मिलेको अनुभव सुनाए ।

संगठन सुधार केवल एक प्रमुखको कार्यकालमा सुरु भएर अर्को प्रमुखको कार्यकालमा सकिने विषय नभई निरन्तर चलिरहने प्रक्रिया भएको अर्यालले बताए । यस्तै आफ्नो सेवाकालको दौरानमा साथ, सहयोग र उर्जा दिने राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीलाई धन्यवादसमेत दिए ।



बिदाइ समारोहमा नयाँ आईजीपी पौडेलले राष्ट्रको सुरक्षामा समर्पित जीवन कहिल्यै अवकाश नहुने बताए । ‘यो केवल एउटा अध्यायको समाप्ति र अर्को जिम्मेवार यात्राको सुरुवात हो,’ उनले भने, ‘सेवा निवृत्त हुन लाग्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई आगामी जीवन सुखद, स्वस्थ, सम्मानित र सफलताको शुभकामनासहित उहाँको अनुभव, मार्गदर्शन र दृष्टिकोण आगामी दिनहरुमा पनि संगठन लागि मार्गनिर्देशन बनिरहने विश्वास छ ।’

समारोहमै सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याललाई संघकी उपाध्यक्ष श्रीमती सावित्राकुमारी पौडेलले फुलमालासहित बिदाइ गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा शुक्रबार पहिरोले डोजर पुर्दा चालकको मृत्यु भएको छ । बेगको भिजरादेखि भजने जाने सडक निर्माणका क्रममा पहिरो खसेर रुइसे देउराली कन्ट्रक्सन प्रालिको डोजर पुरिएको हो । सोही डोजर चलाइरहेका चालक रघुगंगा गाउँपालिका–२ भगवतीका ५१ वर्षीय पदम कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडकको मार्ग खनिरहेको अवस्थामा मिथिबाट सुक्खा ...
। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले एक थान पेस्तोल, म्यागेजिन र लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बूढानीलकण्ठ नगरपालिका–५ का २३ वर्षीय कबिर देउला, ४२ वर्षीया सविना पोडे, २६ वर्षीय संसार सिटौला र ललितपुर गोदावरी नगरपालिका–११ का २६ वर्षीय सुवास शाही रहेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले राससलाई जानकारी ...
। कैलाली प्रहरीले धनगढीका विभिन्न होटलमा छापा हानेर ३० जनालाई नियन्त्रणमा लिएको छ । होटलहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा खटिएको टोलीले छापा हानेको बताइएको छ । डीएसपी तिमिल्सिनाकाअनुसार अनैतिक गतिविधि गराउदै आएको सूचनाका आधारमा धनगढी उपमहानगरपालिका–१, ३, ७ र ८ मा रहेका होटलहरूमा छापा ...
। राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-२०८३ जारी गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले मन्त्रिपरिषद्‌‌बाट सिफारिस भएर आएको सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश २०८३ जारी गरेको जानकारी दिए । सरकारले विभिन्न ८ वटा अध्यादेश राष्ट्रपति कार्यालय पठाएको छ । यसअघि सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी भइसकेका छन् । अन्य अध्यादेश भने ...
। तेह्रथुमको छथर गाउँपालिकाको १६ औं गाउँ सभा तथा हिउँदे अधिवेशनले आफ्नो पालिका क्षेत्रमा अनावश्यक डोजर नचलाउन संघ सरकारलाई सुझाव दिने निर्णय गरेको छ । छथर–५ मा रहेको ऐतिहासिक तथा सांस्कृतिक स्थल ताक्लुङ्गगढीमा सम्पन्न गाउँ सभाले यस्तो निर्णय गरेको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले जानकारी दिए । उनका अनुसार गाउँपालिका क्षेत्रमा नेपाल सरकारको आधिकारिक नापी नक्साअनुसार ...