मुख्य समाचार
यही बैशाख २६ अर्थात मे ९ मा मनास्लु हिमाल आरोहणको ७० वर्ष पूरा
यही बैशाख २६ अर्थात मे ९ मा मनास्लु हिमाल आरोहणको ७० वर्ष पूरा

। यही बैशाख २६ अर्थात मे ९ मा मनास्लु हिमाल आरोहणको ७० वर्ष पूरा भएको छ । उर्केन छिरिङ शेर्पा र जापानी नागरिक तोशियो इमानिशीले सन् १९५६ मे ९ मा पहिलो पटक मनास्लु हिमालको सफल आरोहण गरेका थिए ।

विश्वकै आठौ अग्लो मानिने ८ हजार १६३ मिटर उचाईको उक्त हिमाल सफल आरोहण भएको ७० औं वर्षलाई विविध कार्यक्रम गरि धुमधामले मनाइने भएको छ ।

नेपाल पर्यटन वोर्ड, मनास्लु संरक्षण क्षेत्र (एमक्याप) लगायत पर्यटन क्षेत्रमा आवद्ध विभिन्न संघसंस्थाको समन्वयमा चुमनुव्री गाउँपालिकाले कार्यक्रम गर्न लागेको हो । मनास्लु हिमालको फेदीमा रहेको सामागाउँमा कार्यक्रम हुने शुक्रवार पत्रकार सम्मेलन गरी गाउँपालिका अध्यक्ष निमा लामाले बताए ।

पहिलो पटक मनास्लु हिमाल आरोहण गर्नेहरुसँगै अन्य आरोहीहरुको मूर्ति अनावरण गरिने उनले जानकारी दिए । ‘आरोहीहरुको हामीले मूर्ति बनाएका छौ,’ उनले भने, ‘कार्यक्रमको अवसर पारेर ती मूर्तिहरु अनावरण गर्छाै ।’ आरोहीहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको उनले जानकारी दिए । उत्तरी गोरखाको संस्कृति र परम्परा झल्कने सांस्कृतिक कार्यक्रमहरु समेत हुने उनको भनाइ छ ।


वैशाख २७ गते पोखरामा मनास्लु हिमाल आरोहणका तस्विर साथै मनास्लु हिमालको पहिलो सफल आरोहण सम्बन्धी वृत्तचित्र समेत प्रद्धर्शन हुने बताइएको छ । पोखरास्थित अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा निर्माण गरिएका मनास्लु हिमालको थ्रि डी मोडलको समेत उद्घाटन गर्ने कार्यक्रम रहेको पालिका अध्यक्ष लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा शुक्रबार पहिरोले डोजर पुर्दा चालकको मृत्यु भएको छ । बेगको भिजरादेखि भजने जाने सडक निर्माणका क्रममा पहिरो खसेर रुइसे देउराली कन्ट्रक्सन प्रालिको डोजर पुरिएको हो । सोही डोजर चलाइरहेका चालक रघुगंगा गाउँपालिका–२ भगवतीका ५१ वर्षीय पदम कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडकको मार्ग खनिरहेको अवस्थामा मिथिबाट सुक्खा ...
। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले एक थान पेस्तोल, म्यागेजिन र लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बूढानीलकण्ठ नगरपालिका–५ का २३ वर्षीय कबिर देउला, ४२ वर्षीया सविना पोडे, २६ वर्षीय संसार सिटौला र ललितपुर गोदावरी नगरपालिका–११ का २६ वर्षीय सुवास शाही रहेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले राससलाई जानकारी ...
। कैलाली प्रहरीले धनगढीका विभिन्न होटलमा छापा हानेर ३० जनालाई नियन्त्रणमा लिएको छ । होटलहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा खटिएको टोलीले छापा हानेको बताइएको छ । डीएसपी तिमिल्सिनाकाअनुसार अनैतिक गतिविधि गराउदै आएको सूचनाका आधारमा धनगढी उपमहानगरपालिका–१, ३, ७ र ८ मा रहेका होटलहरूमा छापा ...
। राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-२०८३ जारी गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले मन्त्रिपरिषद्‌‌बाट सिफारिस भएर आएको सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश २०८३ जारी गरेको जानकारी दिए । सरकारले विभिन्न ८ वटा अध्यादेश राष्ट्रपति कार्यालय पठाएको छ । यसअघि सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी भइसकेका छन् । अन्य अध्यादेश भने ...
। तेह्रथुमको छथर गाउँपालिकाको १६ औं गाउँ सभा तथा हिउँदे अधिवेशनले आफ्नो पालिका क्षेत्रमा अनावश्यक डोजर नचलाउन संघ सरकारलाई सुझाव दिने निर्णय गरेको छ । छथर–५ मा रहेको ऐतिहासिक तथा सांस्कृतिक स्थल ताक्लुङ्गगढीमा सम्पन्न गाउँ सभाले यस्तो निर्णय गरेको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले जानकारी दिए । उनका अनुसार गाउँपालिका क्षेत्रमा नेपाल सरकारको आधिकारिक नापी नक्साअनुसार ...