मुख्य समाचार
इरानका सर्वोच्च नेता मोजतबा खामेनेईले इरानी नागरिकलाई आर्थिक सामना गर्न अपिल
इरानका सर्वोच्च नेता मोजतबा खामेनेईले इरानी नागरिकलाई आर्थिक सामना गर्न अपिल

। इरानका सर्वोच्च नेता मोजतबा खामेनेईले इरानी नागरिकलाई आर्थिक सामना गर्न अपिल गरेका छन् ।

उनले लिखित वक्तव्य जारी गर्दै इरानी जनतालाई आर्थिक सामना गर्न अपिल गरेका हुन् ।

वक्तव्यमा मोजतबाले भनेका छन्, ‘इरानले सैन्य टकरावमा विश्वलाई आफ्नो विशेष शक्ति देखाइसकेको छ । अब उसले आर्थिक र सांस्कृतिक मोर्चामा पनि शत्रुहरूलाई हराउनुपर्छ ।’

कामदारहरूको समर्थन गर्नुपर्ने स्थानीय उत्पादनहरूको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिएका छन् ।

मोजतबाले व्यवसायीहरूलाई अपिल गर्दै भनेका छन्, ‘व्यवसायहरूले कठिनाइमा भए पनि आफ्ना कर्मचारीहरूलाई जागिरबाट ननिकाल्नु होला ।’

सर्वोच्च नेता बनेपछि मोजतबा कहिल्यै क्यामेरासामु आएका छैनन् । उनले इरानलाई प्रत्यक्ष सम्बोधन सिन गरेका छैनन् ।

यद्यपि, विभिन्न अवसरहरूमा मोजतबाका लिखित वक्तव्यहरू भने जारी हुने गरेका छन् । ती वक्तव्यहरूलाई इरानी सरकारी सञ्चार माध्यमहरूमा प्रकाशन र प्रशारण हुने गरेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकासँग वार्ताका लागि इरानले पाकिस्तानमार्फत नयाँ सर्त अघि बुझाएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाइले शुक्रबार पाकिस्तानमार्फत आफ्नो पक्षले नयाँ सर्त पठाएको पुष्टि गरेका छन् । इरानी समाचार एजेन्सी आईआरएनएका अनुसार पाकिस्तानले मध्यस्थताको भूमिका निर्वाह गरिरहेकाले बिहीबार साँझ इरानका सर्तहरू बुझाइएको बकाइले बताएका छन् । बकाइले बिहीबार साँझ नै एक टेलिभिजन कार्यक्रममा इरानको प्राथमिकता ...
। इरानका विदेशमन्त्री अब्बास अराघचीले पछिल्लो युद्धमा भएको खर्चबारे अमेरिका झुट बोलेको टिप्पणी गरेका छन् । यसअघि अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानसँगको युद्धमा अमेरिकाको २५ अर्ब डलर खर्च भएको बताएका थिए । त्यसको शुक्रबार एक्समार्फत प्रतिक्रिया दिँदै इरानी विदेशमन्त्री अराघचीले अमेरिकी रक्षा मन्त्रालयले बास्तविक खर्च रकमबारे झुट बोलेको दाबी गरेका हुन् । ‘पेन्टागन झुट बोलिरहेको छ । ...
अमेरिकासँगको वार्तामा पाकिस्तान नै आधिकारिक मध्यस्थकर्ता भएको इरानले बताएको छ । बीबीसी न्यूज फारसीका अनुसार इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले इरान र अमेरिकाबीचको वार्तामा पाकिस्तान आधिकारिक मध्यस्थकर्ता भएको बताएका हुन् । उनले भने, ‘धेरै देशहरू यस सम्बन्धमा सहयोग गर्न तयार छन्, तर पाकिस्तान वार्तामा आधिकारिक मध्यस्थकर्ता हो।’ ‘यदि वार्ता गर्ने निर्णय भयो भने, हामी पारदर्शी रूपमा सबै ...
संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकहरूलाई इरान, इराक र लेबनानको यात्रामा प्रतिबन्ध लगाएको छ । यूएईको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ती देशहरूको यात्रा नगर्न भनेको हो । ‘वर्तमान अवस्थालाई ध्यानमा राख्दै, विदेश मन्त्रालयले यूएईका नागरिकहरूलाई इरान, इराक र लेबनानको यात्रामा प्रतिबन्ध लगाउने घोषणा गरेको छ’ विज्ञप्तिमा भनिएको छ । यूएईले यी तीन देशमा रहेका ...
: म्यानमारकी पूर्व नेत्री आङ सान सूचीलाई हिरासतबाट उनको आफ्नै घरमा नजरबन्दका लागि सारिएको छ । उनलाई २०२१ को कूपछि सत्ताच्युत भएको पाँच वर्षभन्दा बढी समयपछि देशको राजधानी नायप्यिदोमा घरमै नजरबन्दका लागि सारिएको हो । ८० वर्षीया सूचीलाई सेनाले सत्ता कब्जा गरेपछि त्यही वर्षदेखि हिरासतमा राखिएको थियो । जसले देशलाई द्वन्द्व र आर्थिक संकटतर्फ धकेलेको ...