मुख्य समाचार
निजी अस्पतालमा शल्यक्रिया गरेका एक बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तहरू आन्दोलनमा
निजी अस्पतालमा शल्यक्रिया गरेका एक बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तहरू आन्दोलनमा

। जनकपुरधामको निजी अस्पतालमा शल्यक्रिया गरेका एक बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तहरू आन्दोलनमा उत्रिएका छन् । कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर हस्पिटलमा महोत्तरीको बलवा नगरपालिका १ बञ्चौरीका ३६ वर्षीया रागनी देवी पासवानको मृत्यु भएको हो ।

१६ गते साँझ पित्त थैलीमा रहेको पत्थरीको शल्यक्रिया गरिएको उनको शुक्रबार बिहान ३ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । यता मृतक परिवारले उपचारमा लापरबाहीले मृत्यु भएको आरोप लगाएको छ । आक्रोशित परिवारजन र आफन्तले अस्पतालमा तोडफोड गरेका छन् ।

मृतकका ससुरा दयाराम पासवानका अनुसार गाउँकै स्वास्थ्यकर्मी राम पुकारको सल्लाहमा बुहारीलाई गत वैशाख ७ गते चेक जाँचको लागि यो अस्पतालमा ल्याइएको थियो । त्यसपछि चिकित्सक सर्जन अमरेश कर्णको सल्लाहकार बमोजिम १६ गते भर्ना गरी पित्त थैलीको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया सर्जन कर्णको टोलीले गरेको थियो ।

ससुरा दयारामका अनुसार १ लाख २५ हजार रुपैयाँमा अस्पतालले ल्याप्रोस्कोपी विधिबाट पेटमा प्वाल गरी पत्थरी झिक्ने कुरा भएको थियो । तर चिकित्सकले पेट चिरेर शल्यक्रिया गरेर पत्तथैलीको शल्यक्रिया गर्दा मृत्यु भएको उनको आरोप छ ।

‘पित्तथैली र किड्नीबाट प्वाल पारेर शल्यक्रिया गर्ने कुरा भनेपछि यहाँ अप्रेसन गराएका हौं । त्यसैले १ लाख २५ हजारमा कुरा भएको थियो । तर डाक्टरले पेट चिरेर अप्रेसन गरेपछि बुहारीको मृत्यु भएको हो,’ ससुरा दयारामले भने, ‘पैसा प्वनल पारेर अप्रेसन गरेको लियो । तर पेट चिरेर गर्‍यो । चिरेर अप्रेसन गराउने कुरा भएको भए गराउने नै थिएनौं ।’

अप्रेसनमै लापरबाही भएको कारण बुहारीको मृत्यु भएकाले डाक्टर र अस्पताललाई कारबाही र क्षतिपूर्ति पाउनु पर्ने उनको माग छ ।

यता शल्यक्रियामा संलग्न चिकित्सक कर्णले युरेटरमा १३.७ एमएमको पत्थरी र किडनीमा सानो पत्थरी बिरामीलाई भएको पत्ता चलेपछि परिवारजन र बिरामीको सहमतिमै चिरुवा अप्रेसन गरेको बताए ।

‘शल्यक्रिया पित्त थैलीको मात्र भयो । किड्नीको भित्र गरेको भए जोखिम हुन्थ्यो । शल्यक्रिया पश्चात् बिरामीको अवस्था समान्य थियो। खाना पनि सुरु गरिएको थियो । आज जनरल वार्डमा सिफ्ट गर्ने सेडुल थियो,’ डा. कर्णले भने, ‘बिहीबार राति ११ बजेसम्म पनि अवस्था समान्य थियो । राति अचानक प्रेसर कम भयो । pkr हुँदैथियो । तर मृत्यु भयो ।’

मृत्यु घटनाबाट आफू पनि चकित भएको उनको भनाइ छ । ‘उपचारमा कुनै लापरबाही भएको छैन । मैलै धेरै शल्यक्रिया गरेको छु । तर मेरो जिवनमा यो पहिलो घटना हो’ उनले भने ।

घटनापछि अस्पतालको अवस्था बिहानैदेखि तनावग्रस्त बनेको छ । व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ । पोस्टमार्टम गराएर कानुनी प्रकृयामा जाने वा मिल्ने भन्ने कुरामा आफन्त र अस्पतालबीच छलफल भइरहेको छ । घटना मिलाउने प्रयास जारी छ ।

मृतकका श्रीमान राजु पासवान वैदेशिक रोजगारीमा छन् । उनका तीन छोराछोरी छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गर्भवतीको ज्यानमा खतरा पुग्ने अवस्थामा जतिसुकै अवधिको गर्भपतन गर्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमा यस्तो व्यवस्था प्रस्तावित छ । यो विधेयक यही असोज ५ गते स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रतिनिधिसभामा दर्ता गरेकी छन् । जसमा सुरक्षित गर्भपतन सम्बन्धी ...
। त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको निधन भएको छ । कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा निधन भएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार उनको सोमबार राति नै निधन भएको हो । अस्पतालका अनुसार चालकको शरीरको ९० प्रतिशत भाग जलेको थियो । घाइते चालकलाई दिउँसो करिब १ बजे अस्पताल पुर्‍याइएको थियो। सोमबार मध्याह्न त्रिपुरेश्वरचोकको ...
: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले जलन उपचारमा विशेषज्ञ जनशक्ति तयार गर्न ३० कार्यदिनको जलन उपचारसम्बन्धी विशेषज्ञ तालिम सञ्चालन गर्ने भएको छ। जलन सेवाको राष्ट्रियस्तरीय उपचार मापदण्डअनुसार तेस्रो तहको सेवा प्रवाह गर्न आवश्यक दक्ष जनशक्ति तयार गर्ने उद्देश्यका साथ तालिम केन्द्रले जलन उपचारसम्बन्धी विशेषज्ञ तालिमको पाठ्यक्रम तथा सामग्री विकास गरेको हो। मन्त्रालयको ...
। नेपाली कांग्रेसले आसन्न १५ औं महाधिवेशनमा पार्टीका सबै तहका नेता–कार्यकर्तालाई सहभागी गराउन अन्तिम समयसम्म पहल गर्ने जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले महाधिवेशनमा कुनैपनि अग्रज नेता नछुटुन् भन्ने उद्देश्यले पार्टीले निरन्तर पहल गरिरहेको बताएका हुन् । उनका अनुसार पूर्वसभापति शेरबहादुर देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, ...
: भदौ १० गते भोटेकोसशीमा आएको बाढीबाट क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी अस्पताल पुनः सञ्चालनमा आएको छ। बाढीका कारण अस्पतालको भुइँतलामा हिलो र लेदो भरिनुका साथै औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा अन्य सामग्रीमा क्षति पुगेको थियो। त्यसपछि अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित भएको थियो। विपद्पछि अस्पतालको सरसफाइ तथा पुनःस्थापनाका लागि स्थानीयवासी, सुरक्षा निकाय, विभिन्न संघसंस्था र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम