मुख्य समाचार
लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथिको सुनुवाइ स्थगित
लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथिको सुनुवाइ स्थगित

: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथिको सुनुवाइ स्थगित भएको छ। लामिछाने तर्फका कानुन व्यवसायीले सुनुवाइ स्थगितका लागि निवेदन दिएपछि सुनुवाइ रोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। योसँगै उक्त मुद्दाको सुनुवाइ फेरि लम्बिएको छ।

सुनुवाइका लागि न्यायाधीश अव्दुल अजीज मुसलमान,श्रीकान्त पौडेल र शान्तिसिंह थापा सम्मिलित पूर्ण इजलासमा पेशी तोकिएको थियो। यसअघि बैशाख १७ गते महान्यायाधिवक्ता कार्यालयकाले पेशी स्थगित गर्न निवेदन दिएपछि सुनुवाइ रोकिएको थियो।

महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते रास्वपा सभापति लामिछानेविरुद्ध यसअघिको सरकारका पालामा लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने निर्णय गरेको थियो।



त्यसलगत्तै अधिवक्ता दिनेश त्रिपाठी,युवराज सफलगायतले महान्यायाधिवक्ताको कार्यालयको उक्त निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। महान्यायाधिवक्ता कार्यालय,विभिन्न सरकारी वकिल कार्यालय,प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई रिटमा विपक्षी बनाइएको छ। रिट निवेदकहरूले लामिछानेविरुद्ध सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरणसँग अपराधको अभियोगलाई कमजोर नबनाउन र कानुनी प्रक्रियामा कुनै अवरोध नगर्न परमादेश माग गरेका छन्।

साथै महान्यायाधिवक्ता कार्यालयको उक्त निर्णय मुद्दाको अन्तिम निर्णय नभएसम्म कार्यान्वयन नगर्नु र कार्यान्वयन गर्न कुनै पनि कानुनी प्रक्रिया अवलम्बन नगर्नु -नगराउन अन्तरिम आदेशको माग समेत गरिएको छ।

लामिछानेले आफूविरुद्ध लगाइएका मुद्दामध्ये सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी कसूर गरेको भन्दै सरकारी वकिल कार्यालयले लगाएको अभियोग फिर्ता लिइदिन महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका थिए। त्यसपछि महान्यायाधिवक्ता कार्यालयले लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन फिर्ता लिने निर्णय गरेको थियो। निर्णयलगत्तै सर्वोच्चमा रिट परेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: झापाको कचनकवल गाउँपालिका–३ दलकीमा स्कुल बस दुर्घटना हुँदा एक दर्जन बढी विद्यार्थी घाइते भएका छन् । आज बिहान करिब ९ः२५ बजे दुर्गाभिट्टाबाट आमबारीतर्फ जाँदै गरेको प्र–१–०१–००१ ख ४४८२ नम्बरको विद्यापानी सेकेण्डरी स्कुलको बसले घरबाट सडकमा निस्किएको प्र–१–०१–०१३ प ३४०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो । बस अनियन्त्रित भई पल्टिँदा बसमा सवार करिब ...
: सरकारले राजनीतिक नियुक्त खारेज गर्ने तयारी गरेपछि त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित पदाधिकारीहरूले राजीनामा दिएका छन्। उपकुलपति प्राडा दिपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले प्रधानमन्त्री कार्यालयमा राजीनामा बुझाएका हुन्। शिक्षाध्यक्ष प्राडा केसीले कर्मचारीले कर्मचारीमार्फत राजीनामा बुझाएको बताएका छन्। 'हामीले कर्मचारीमार्फत प्रधानमन्त्री कार्यालयमा राजीनामा बुझाएका छौं,' अन्नपूर्णसँग उनले भने।
: वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि सेवा शुल्क बैंकिङ प्रणालीबाट गर्न निर्देशन दिएको छ। विभागले ठगीबाट बच्न, आर्थिक कारोबारलाई पारदर्शी बनाउन र सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित गर्न इजाजतपत्र प्राप्त संस्था (म्यानपावर कम्पनी) लाई प्रचलित कानुन बमोजिम बुझाउनुपर्ने सेवा शुल्क वापतको रकम अनिवार्य रूपमा बैंकिङ माध्यमबाट प्रयोजन खुलाई बुझाउन निर्देशन दिएको हो। उक्त रकम बुझाएको ...
: एकातिर ‘अद्यावधिक’ को तर्क, अर्कोतिर ‘खारेज अस्वीकार्य’ को अडान— नेपाली कांग्रेसभित्र क्रियाशील सदस्यताले फेरि पार्टीलाई दुई धारमा विभाजन गरेको छ। विशेष महाधिवेशनको वैधतादेखि नेतृत्वको शैलीसम्म गुट–गुटबीचको असन्तोष अब खुला टकरावमा परिणत भएको छ। कांग्रेसभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ। गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनलाई सर्वोच्च अदालतले मान्यता दिए पनि पार्टीभित्रको असन्तोष ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुकुम्बासीहरूलाई धम्क्याएर र लखेटेर हटाउने काम तत्काल बन्द गर्न माग गरेका छन्। उनले सुकुम्बासी समस्या समाधानका नाममा बलपूर्वक डोजर प्रयोग गर्नु लोकतान्त्रिक मूल्यविपरीत भएको भन्दै सरकारलाई कानुनी प्रक्रियाबाट अघि बढ्न आग्रह गरेका छन्। थापाले ‘शक्ति प्रदर्शन कि प्रक्रियागत न्याय?’ भन्ने प्रश्न उठाउँदै अहिले सडकमा ‘डोजर कि कानुन?’ भन्ने बहस पेचिलो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम