मुख्य समाचार
बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन महत्वपूर्ण योगदान दिने
बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन महत्वपूर्ण योगदान दिने

: राष्ट्रपति रामचन्द्र पौडेलले बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन महत्वपूर्ण योगदान दिने बताएका छन्। ललितपुर आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले बुद्धका अहिंसा, मैत्री, करुणा र प्रज्ञाका सन्देशलाई व्यवहारमा रूपान्तरण गर्न सकेमा मात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्न सकिने बताएका हुन् ।

आजको विश्व अनेकन समस्याहरू द्वन्द्व, स्वार्थपरायणता, आदर्शस्खलन, नैतिकताको क्षयीकरण, असहिष्णुता र मानवीय मूल्यहरूको ह्रासबाट प्रताडित भइरहेको अवस्थामा बुद्धका उपदेशहरू अझ सान्दर्भिक बन्दै गएको राष्ट्रपति पौडेलको भनाई थियो ।
उनले बुद्धका उपदेशले मानव जातिलाई सुख, शान्ति र आनन्द दिलाउने भएकोले उक्त ज्ञानको संसार भर प्रचार प्रसार भइरहेको उल्लेख गर्दै शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताए ।



राष्ट्रपति पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालनबाट धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्‍भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवम् सबल बनाउने तर्फ ध्यान दिनुपर्ने बताए।
उनले नेपालमा जन्मिएका बोधिसत्व सिद्धार्थ गौतम बुद्धले प्रतिपादन गरेको बुद्ध धर्म तथा बौद्ध दर्शन विश्वव्यापी रुपमा फैलिएको स्मरण गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथिको सुनुवाइ स्थगित भएको छ। लामिछाने तर्फका कानुन व्यवसायीले सुनुवाइ स्थगितका लागि निवेदन दिएपछि सुनुवाइ रोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। योसँगै उक्त मुद्दाको सुनुवाइ फेरि लम्बिएको छ। सुनुवाइका लागि न्यायाधीश अव्दुल अजीज मुसलमान,श्रीकान्त पौडेल र शान्तिसिंह ...
: झापाको कचनकवल गाउँपालिका–३ दलकीमा स्कुल बस दुर्घटना हुँदा एक दर्जन बढी विद्यार्थी घाइते भएका छन् । आज बिहान करिब ९ः२५ बजे दुर्गाभिट्टाबाट आमबारीतर्फ जाँदै गरेको प्र–१–०१–००१ ख ४४८२ नम्बरको विद्यापानी सेकेण्डरी स्कुलको बसले घरबाट सडकमा निस्किएको प्र–१–०१–०१३ प ३४०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो । बस अनियन्त्रित भई पल्टिँदा बसमा सवार करिब ...
: सरकारले राजनीतिक नियुक्त खारेज गर्ने तयारी गरेपछि त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित पदाधिकारीहरूले राजीनामा दिएका छन्। उपकुलपति प्राडा दिपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले प्रधानमन्त्री कार्यालयमा राजीनामा बुझाएका हुन्। शिक्षाध्यक्ष प्राडा केसीले कर्मचारीले कर्मचारीमार्फत राजीनामा बुझाएको बताएका छन्। 'हामीले कर्मचारीमार्फत प्रधानमन्त्री कार्यालयमा राजीनामा बुझाएका छौं,' अन्नपूर्णसँग उनले भने।
: वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि सेवा शुल्क बैंकिङ प्रणालीबाट गर्न निर्देशन दिएको छ। विभागले ठगीबाट बच्न, आर्थिक कारोबारलाई पारदर्शी बनाउन र सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित गर्न इजाजतपत्र प्राप्त संस्था (म्यानपावर कम्पनी) लाई प्रचलित कानुन बमोजिम बुझाउनुपर्ने सेवा शुल्क वापतको रकम अनिवार्य रूपमा बैंकिङ माध्यमबाट प्रयोजन खुलाई बुझाउन निर्देशन दिएको हो। उक्त रकम बुझाएको ...
: एकातिर ‘अद्यावधिक’ को तर्क, अर्कोतिर ‘खारेज अस्वीकार्य’ को अडान— नेपाली कांग्रेसभित्र क्रियाशील सदस्यताले फेरि पार्टीलाई दुई धारमा विभाजन गरेको छ। विशेष महाधिवेशनको वैधतादेखि नेतृत्वको शैलीसम्म गुट–गुटबीचको असन्तोष अब खुला टकरावमा परिणत भएको छ। कांग्रेसभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ। गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनलाई सर्वोच्च अदालतले मान्यता दिए पनि पार्टीभित्रको असन्तोष ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम