मुख्य समाचार
ट्रम्पको अभिव्यक्तिका कारण विश्व बजारमा तेलको मूल्य चार वर्षयताकै उच्च विन्दूमा
ट्रम्पको अभिव्यक्तिका कारण विश्व बजारमा तेलको मूल्य चार वर्षयताकै उच्च विन्दूमा

: इरान युद्धबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिका कारण विश्व बजारमा तेलको मूल्य चार वर्षयताकै उच्च विन्दूमा पुगेको छ। ट्रम्पले इरान नाकाबन्दी ‘महिनौंसम्म’ चल्न सक्ने चेतावनी दिएपछि तेलको मूल्य अहिलेसम्मकै उच्चस्तरमा पुगेको हो । ब्रेन्ट तेलको मूल्य बुधबार प्रतिब्यारेल १२६ डलरभन्दा माथि पुगेको छ ।

जुन २०२२ पछि सबैभन्दा उच्च हो । ट्रम्पले इरानका बन्दरगाहहरूमा अमेरिकाको नाकाबन्दी महिनौंसम्म जारी रहन सक्ने बताएका छन् र शान्ति वार्ता पनि ठप्प भएकापछि तेलको मूल्यवृद्धि उच्च भएको हो । २४ घण्टामा १३ प्रतिशतभन्दा बढी वृद्धि हुँदै ब्रेन्ट कच्चा तेल युद्ध सुरु भएयताकै उच्चस्तरमा पुगेको छ । २८ फेब्रुअरीमा युद्ध सुरु भएदेखि हालसम्मको मूल्यलाई हेर्दा, यसअघि रूसको २०२२ को युक्रेन आक्रमणपछि ब्रेन्ट तेल १२० डलरभन्दा माथि पुगेको थिएन । त्यतिबेला मूल्य १३९ डलरमा पुगेको थियो ।

ट्रम्प अमेरिकी नौसेनाले इरानी बन्दरगाहमा लगाएको नाकाबन्दी कायम राख्न इच्छुक देखिएपछि तेल बजारमा ठूलो अस्थिरता देखिएको छ । इरानले पनि होर्मुज जलडमरूमध्यलाई लगभग सबै तेल ट्यांकरका लागि बन्द राखेको छ । सप्ताहन्तमा पाकिस्तानको इस्लामाबादमा हुने भनिएको अमेरिका–इरान वार्ता असफल भएपछि तनाव अझै जारी छ । बुधबार ट्रम्पले इरानलाई ‘छिट्टै समझदार बन्नु पर्ने’ बताएका थिए र तेल उद्योगका प्रमुखहरूसँगको बैठकमा नाकाबन्दीलाई ‘आवश्यक परे महिनौँसम्म जारी राख्ने’ उपायबारे छलफल गरेका थिए ।



अमेरिकी अधिकारीहरूका अनुसार, नाकाबन्दीले इरानलाई आफ्नो तेल उत्पादन घटाउन र उत्पादन केन्द्रहरू जस्तै खार्ग टापु भरिएपछि उत्पादन रोक्न बाध्य पार्ने अपेक्षा गरिएको छ । तर विज्ञहरू यसमा कति समय लाग्छ भन्नेबारे अनिश्चित छन् । ट्रम्पले भनेका छन्, ‘बमबारीभन्दा नाकाबन्दी बढी प्रभावकारी छ ।’ इरान–अमेरिका युद्ध १० औं हप्तामा प्रवेश गर्न लागेको छ ।

जबकि ट्रम्पले सुरुमा ४–६ हप्तामा युद्ध सकिने अनुमान गरेका थिए । होर्मुज जलडमरूमध्य बन्द हुँदा दैनिक करिब २० मिलियन ब्यारेल तेल आपूर्ति घट्ने बताइएको छ । अस्फोर्ड इकोनोमिक्सले एक ब्लग पोस्टमा यदि यो अवस्था ६ महिनासम्म जारी रहे तेलको मूल्य अगस्टसम्म १९० डलरसम्म पुग्न सक्ने चेतावनी दिएको छ । २००८ को वित्तीय संकटको समयमा तेलको मूल्य करिब १४७ डलरसम्म पुगेको थियो ।

इरानमा पहिलो अमेरिकी–इजरायली आक्रमणपछि तेहरानले तेलको मूल्य २०० डलरसम्म पुग्न सक्ने चेतावनी दिएको थियो । तेल आपूर्तिमा आएको ठूलो झट्काले पेट्रोलको मूल्य बढाउनुका साथै विश्व अर्थतन्त्रमा महँगाइ बढाएको छ र सम्भावित विश्वव्यापी मन्दीको डर पनि बढाएको छ । अमेरिकामा मार्चमा मुद्रास्फीति ३.३ प्रतिशत पुगेको छ । बेलायतले पनि युद्धका कारण ३५ अर्ब पाउन्ड आर्थिक क्षति भोग्ने र २०२६ मा मन्दीको जोखिम रहेको एक थिंक ट्याङ्कले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम