मुख्य समाचार
अमेरिकी संसदमा राष्ट्रपति डोनाल्ड ट्रम्पको मानसिक स्वास्थ्यलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच तीव्र विवाद उत्पन्न
अमेरिकी संसदमा राष्ट्रपति डोनाल्ड ट्रम्पको मानसिक स्वास्थ्यलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच तीव्र विवाद उत्पन्न

: अमेरिकी संसदमा राष्ट्रपति डोनाल्ड ट्रम्पको मानसिक स्वास्थ्यलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच तीव्र विवाद उत्पन्न भएको छ। हाउस आर्म्ड सर्भिस कमिटीको सुनुवाइका क्रममा डेमोक्र्याट सांसद सारा ज्याकब्सले रक्षामन्त्री पिट हेग्सेथसँग राष्ट्रपति ट्रम्पको कार्यक्षमतामाथि प्रश्न उठाएपछि स्थिति तनावपूर्ण बनेको बीबीसीमा उल्लेख छ ।

सांसद ज्याकब्सले ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल'मा गरेका पछिल्ला पोस्टहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनको भाषाको कडा आलोचना गरेकी थिइन्। ज्याकब्सको पछाडि उभिएका एक सहायकले ट्रम्पका पुराना विवादास्पद पोस्टका कटआउटहरू समेत प्रदर्शन गरेका थिए। ती प्रदर्शन गरिएका सामग्रीहरूमा एआईद्वारा निर्मित ट्रम्पको एक तस्बिर पनि थियो, जसमा उनलाई 'येशू' जस्तो स्वरूपमा देखाइएको थियो।

बहसका क्रममा सांसद ज्याकब्सले सिधै प्रश्न गरिन्, 'के तपाईं विश्वास गर्नुहुन्छ कि राष्ट्रपति (ट्रम्प) कमान्डर-इन-चीफको भूमिका निभाउनका लागि मानसिक रूपमा पर्याप्त स्थिर हुनुहुन्छर ?'



रक्षामन्त्री हेग्सेथले उक्त प्रश्नको प्रतिवाद गर्दै उल्टै प्रश्न गरे, 'के तपाईंले यही प्रश्न चार वर्षसम्म जो बाइडनलाई सोध्नुभएको थियो '?

हेग्सेथले अगाडि भने, 'तपाईंले त्यसो गर्नुभएन। म कमान्डर-इन-चीफको बारेमा तपाईंले गरिरहनुभएको यस स्तरको टिप्पणीमा संलग्न हुन चाहन्न। के तपाईंले यो प्रश्न तब सोध्नुभयो जब तपाईं र तपाईंका डेमोक्र्याट साथीहरूले जो बाइडनको बचाउ गरिरहनुभएको थियो, जो स्पष्टसँग बोल्न समेत सकिरहनुभएको थिएन ?

हेग्सेथको प्रहारपछि ज्याकब्सले तत्कालै जवाफ फर्काउँदै सन् २०२४ को चुनावमा बाइडन आफ्नो पार्टीको राष्ट्रपतिको उम्मेदवार नरहेको स्पष्ट पारेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम