मुख्य समाचार
इरान र अमेरिकाबीच संवादहिनता बढ्दै जाँदा पुनः युद्धको सम्भावना बढ्दै
इरान र अमेरिकाबीच संवादहिनता बढ्दै जाँदा पुनः युद्धको सम्भावना बढ्दै

: इरान र अमेरिकाबीच संवादहिनता बढ्दै जाँदा पुनः युद्धको सम्भावना बढ्दै गएको छ । अमेरिका र इरानबी शान्ति सम्झौता हुनेमा आशावादी बनिरहेको विश्व समुदाय उनीहरुको संवादहिनता र अनिश्चित युद्धविरामको अवस्थाले सशंकित बन्न थालेका हुन् ।

इरान–अमेरिकाबीचको युद्धविरामको समय सकिँदै गएको छ । शुक्रबारसम्म पाकिस्तानले इरानको संशोधित शान्ति प्रस्ताव प्राप्त गर्ने अपेक्षा गरिएको छ । किनकी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि प्रस्तुत प्रस्ताव अस्वीकार गरेका थिए । इस्लामाबादमा रहेका मध्यस्थकर्ताहरूका अनुसार, निष्पक्ष सम्झौता सम्भव छ र अब निर्णय तेहरानको प्रतिक्रिया माथि निर्भर छ ।

स्रोतहरूका अनुसार उनीहरू निरन्तर प्रयासरत छन्, तर यस हप्ताभर जवाफको प्रतीक्षा गरिरहँदा अमेरिका र इरानले एकअर्काप्रति धम्की र कटाक्ष बढाएका छन् । बुधबार तेहरानबाट जवाफ आउने अपेक्षा गरिएको थियो । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा आफूले बन्दुक समातेको नक्कली तस्बिर पोस्ट गर्दै इरानी नेताहरूलाई ‘आफ्नो काम ठीकसँग गर’ भनेका छन् । तस्बिरको क्याप्सन थियो, ‘अब म राम्रो मान्छे होइन ।’



टम्पले भनेका छन्, ‘यस अवस्थामा, जबसम्म उनीहरूले आणविक हतियार नबनाउने सहमति जनाउँदैनन्, कुनै पनि सम्झौता हुने छैन ।’ तर इरानले यो मागलाई ठाडै अस्वीकार गरेको छ । बिहीबार सरकारी सञ्चार माध्यममार्फत पठाइएको सन्देशमा सर्वोच्च नेता मोज्तबा खामेनीले इरानले आफ्नो आणविक र क्षेप्यास्त्र क्षमता ‘सुरक्षित राख्ने’ बताएका छन् र ‘विदेशी शक्तिहरूको पर्सियन खाडीमा कुनै स्थान छैन’ भनेका छन् ।


इरानी जनताले अझैसम्म खामेनीलाई प्रत्यक्ष रूपमा देखेका वा सुनेका छैनन्, किनकि उनको बुबाको हत्या पछि उनी सात हप्ता अघि मात्र सर्वोच्च नेता घोषणा गरिएका थिए-तर उनले केही लिखित सन्देशहरू भने जारी गरेका छन् । यी आपसी आरोप–प्रत्यारोपले दुबै पक्षबीचको दूरी अझ बढाएको देखिन्छ, जबकि करिब चार हप्ता अघि मात्र अमेरिका र इरानबीच अस्थायी युद्धविराम भएको थियो । बिहीबार ढिलो, ट्रम्पले भने कि इरानसँगको वार्ताको वास्तविक अवस्था आफू र केही व्यक्तिहरूलाई मात्र थाहा छ, जसले सार्वजनिक रूपमा देखिएको गतिरोधका बाबजुद वार्ता अगाडि बढिरहेको संकेत दिन्छ ।

तर इरानको आणविक क्षमता अझै मुख्य विवादको विषय बनेको छ । ट्रम्प इरानको आणविक कार्यक्रम सीमित गर्ने ग्यारेन्टी चाहन्छन्, भने तेहरानले शान्तिपूर्ण प्रयोजनका लागि युरेनियम समृद्ध गर्ने आफ्नो अधिकार रहेको दाबी गर्छ । यो दुबै पक्षका लागि महत्वपूर्ण ‘रेड लाइन’ बनेको छ, जसले वार्तालाई अवरोधमा राखेको छ । तेहरानले समय तान्ने रणनीति अपनाएको देखिन्छ-वार्तालाई लम्ब्याउँदै, साना–साना परिवर्तनसहित प्रस्तावहरू पठाउँदै-सायद ट्रम्प थाक्ने आशामा वा बढ्दो इन्धन मूल्यका कारण घरेलु राजनीतिक दबाबले उनलाई झुकाउने अपेक्षामा । तर ट्रम्पले इरानलाई पुनः वार्तामा ल्याउन विभिन्न विकल्पहरू विचार गरिरहेका छन्, जसमा सम्भावित नयाँ सैन्य आक्रमणबारे सैन्य अधिकारीहरूसँग छलफल पनि भइरहेको बताइएको छ ।

हालका लागि, उनको प्राथमिक रणनीति भनेको अधिकतम आर्थिक दबाब सिर्जना गर्नु हो। स्रोतहरूका अनुसार, उनको टोलीले इरानी बन्दरगाहहरूमा अमेरिकी नौसैनिक नाकाबन्दी विस्तार गर्ने तयारी गरिरहेको छ, जसमा होर्मुज जलडमरूको दीर्घकालीन बन्द समेत समावेश हुन सक्छ। यस महिनाको सुरुदेखि लागू गरिएको नाकाबन्दीपछि अमेरिकाले इरानी बन्दरगाहमा प्रवेश वा बाहिरिन खोज्ने करिब ४० जहाजहरूलाई रोकिएको वा मोडिएको छ। ट्रम्पले यस हप्ता पत्रकारहरूसँग भनेका थिए, “यो नाकाबन्दी अद्भुत छ।”

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम