मुख्य समाचार
अमेरिका–इजरायलले इरानविरुद्ध गरेको युद्धका क्रममा कम्तीमा ४४ जना इरानी समुद्री कामदार मारिए
अमेरिका–इजरायलले इरानविरुद्ध गरेको युद्धका क्रममा कम्तीमा ४४ जना इरानी समुद्री कामदार मारिए

: अमेरिका–इजरायलले इरानविरुद्ध गरेको युद्धका क्रममा कम्तीमा ४४ जना इरानी समुद्री कामदार मारिएका छन् । इरानको मरिन युनियनका अनुसार युद्धका क्रममा २९ जना घाइते भएका छन् ।

इरानी मर्चेन्ट म्यारिनर्स सिन्डिकेटका महासचिव समन रेजाइले फेब्रुअरी २८ देखि अप्रिल १ बीच २२ जना नाविक, १६ जना माछा मार्ने कामदार र ६ जना बन्दरगाह कामदार मारिएको जानकारी दिएका छन् । रेजाइका अनुसार मृतकहरूको सूची इरान पोट्र्स एन्ड म्यारिटाइम अर्गनाइजेसन र उनको युनियनका सदस्यहरूले तयार पारेका हुन् । उनले भने अनुसार यो सूचीमा अमेरिकी र इजरायली सेनाद्वारा मारिएका इरानी नौसेनाका सदस्यहरू समावेश छैनन् ।

रेजाइले मार्च र अप्रिल महिनामा संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय समुद्री संगठनमा उजुरी पत्र पठाउँदै इरानका बन्दरगाह र व्यापारिक जहाजहरूमा अमेरिकी र इजरायली सेनाले गरेका आक्रमणका कारण यी मृत्यु भएको दाबी गरेका छन् । उनका पत्र अनुसार कम्तीमा २९ जना घाइते भएका छन् र ९ जना बेपत्ता छन् । युनियन अन्तर्राष्ट्रिय यातायात कामदार महासंघसँग आबद्ध छ र इरानी जहाज कम्पनीहरूसँग वार्तामा कामदारहरूको प्रतिनिधित्व गर्छ । युद्ध सुरु भएदेखि यसले फसेका समुद्री कामदारहरूलाई मानवीय, चिकित्सकीय र स्वदेश फर्काउने सहायता पनि प्रदान गरिरहेको छ ।



रेजाइले भने, ‘मानवीय संकटले पर्सियन खाडीका सबै समुद्री कामदारहरूलाई असर गरिरहेको छ, जसमा इरानी झण्डा बोकेका जहाजका कर्मचारी पनि पर्छन् । तर उनीहरूले विशेष रूपमा डरलाग्दो र कठिन परिस्थितिको सामना गरिरहेका छन् ।’ उनका अनुसार समुद्री कामदारहरू केवल आपूर्ति अभावको चिन्तामा मात्र छैनन्, उनीहरूले ६० दिनसम्म युद्ध क्षेत्रभित्र फसेपछि गम्भीर मानसिक तनाव पनि भोगिरहेका छन् ।

स्वतन्त्र द्वन्द्व अनुगमन संस्थाका अनुसार फेब्रुअरी २८ यता अमेरिकी र इजरायली सेनाले इरानभर ३,००० भन्दा बढी हवाई आक्रमण गरेका छन्, जबकि इरानले मध्यपूर्वभर करिब १,६०० प्रतिकारात्मक आक्रमण गरेको छ । अप्रिल ८ देखि अमेरिका–इरानबीच युद्धविराम लागू भए पनि, अप्रिल १३ मा अमेरिकाले इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी लगाएको छ, जसको उद्देश्य इरानको तेल निर्यात रोक्नु र तेहरानलाई होर्मुज जलडमरूमध्य पुनः खोल्न दबाब दिनु हो ।

सामान्यतया विश्वको पाँचौँ भाग ऊर्जा र ग्यास यही जलमार्गबाट जाने गर्छ, तर युद्ध सुरु भएदेखि यो मार्ग व्यवहारिक रूपमा बन्द छ । यसका कारण कम्तीमा दुई महिनादेखि २० हजार समुद्री कामदारहरू त्यहाँ फसेका छन् । युद्धविराम भए पनि इरानी सेनाले होर्मुज जलडमरूमध्य छोड्न खोज्ने जहाजहरूमा गोली चलाइरहेको छ र अप्रिल २२ मा पनामा र लाइबेरियाको झण्डा बोकेका दुई कार्गो जहाज कब्जा गरेको छ ।

अर्कोतर्फ, अमेरिकाले अप्रिल १९ मा ओमानको खाडीमा इरानी झण्डा बोकेको जहाज कब्जा गरी त्यसका चालक दललाई नियन्त्रणमा लिएको थियो । अमेरिकी सेनाको केन्द्रीय कमाण्डले उक्त जहाजले नाकाबन्दी उल्लंघन गरेको आरोप लगाएको छ । इरानले खाडी क्षेत्रमा वा होर्मुज जलडमरूमध्य पार गर्न खोज्ने जहाजहरूमा गरेको आक्रमणका कारण पनि कम्तीमा १० जना समुद्री कामदार मारिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम