: सरकारले काठमाडौंभरका सुकुमबासी बस्तीहरु खाली गर्ने तयारी गरेसँगै त्यहाँ बसोबास गर्दै आएकाहरुले आफ्ना सामानहरु अन्यत्र सारेका छन् ।
lउपत्यकाका सबै स्थानका सुकुमबासी र सरकारी जग्गा अतिक्रमण गरी बस्दै आएकाहरुलाई वैशाख १८ गते बिहान ७ बजेदेखि एकै पटक खाली गर्ने तयारीसँगै बसोबास गर्दै आएकाहरुले आफ्ना सामानहरु अन्यत्र सारेका हुन् । काठमाडौंको देवीनगर, टेकु, बल्खुलगायत बिभिन्न स्थानमा रहेका सुकुमबासी बस्तीहरुमा काठमाडौं महानगर प्रहरी बलले बस्तीहरु खाली गर्न ‘माइकिङ’ समेत गरेको छ ।
nullबस्ती खाली गर्ने क्रममा कुनै समस्या भए महानगर प्रहरीसँग समन्वय गर्न समेत आग्रह गरिएको छ । यसअघि, थापाथली, मनोहरा तथा गैरीगाउँका सुकुमबासी बस्ती खाली गराएको सरकारले अब काठमाडौंका बाँकी क्षेत्रका बस्ती पनि खाली गराउने जनाएको हो । मानवीय रूपमा उद्धार गर्न एवम् विपदको जोखिमलाई समेत मध्यनजर गरी बस्ती खाली गराउन लागेको काठमाडौं प्रशासनले जनाएको छ ।