मुख्य समाचार
रोल्पाको धार्मिकस्थल जलजला जाँदै गरेको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगे
रोल्पाको धार्मिकस्थल जलजला जाँदै गरेको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगे

: रोल्पाको धार्मिकस्थल जलजला जाँदै गरेको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ। पूर्वी रुकुम सिस्ने गाउँपालिका-५ टाकुराबाट रिजर्भमा आएको लु १ ज ४१६७ नम्बरको जिप बिहीबार दिउँसो ३ बजेतिर रोल्पाको थबाङ गाउँपालिका-१ सलापमा दुर्घटना भएको हो। जिप चालक सिस्ने गाउँपालिका-५ टाकुराकै बेदबहादुर बिक रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक बिरेन्द्रवीर विश्वकर्माका अनुसार मृत्यु हुनेको संख्या २० पुगेको हो। भारी वर्षा र अप्ठ्यारो ठाउँमा दुर्घटना भएकाले उद्धारमा कठिनाइ भइरहेको छ। साँघुरो र चिप्लो बाटोका कारण दुर्घटना भएको अनुमान गरिएको छ। सडकबाट करिब ८ सय मिटर तल जिप खसेको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी सुनिल थापाका अनुसार सिस्ने गाउँपालिका-५ पूर्वी रुकुमका वर्ष ३२ का समीर कामीको जीवितै उद्धार गरिएको छ। उनको थबाङ स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। दुर्घटनाग्रस्त जिप टुक्रा-टुक्रा अवस्थामा रहेको प्रत्यक्षदर्शीले जनाएका छन्। रिजर्भ जिप भएकाले कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन। मृत्यु हुनेहरुको शव यत्रतत्र छरिएका छन्। मृतकको सनाखत समेत हुन सकेको छैन।



वैशाख १८ गते बुद्ध पुर्णिमाका दिन जलजलामा हुने बाह्रभाई बराह र बाईस बहिनी बजु पूजाका लागि तिर्थालु जलजला आउँदै गरेका थिए। बुद्ध पुर्णिमामा जलजलामा ठूलो मात्रामा पूजा हुन्छ। यस क्षेत्रको निकै महत्त्वको धार्मिक स्थल मानिन्छ।

पूजाआजामा हिँडेकाले मृत्यु हुनेहरुमा एकाघरकै धेरै रहेको अनुमान गरिएको छ। थबाङ हुँदै जलजला जाँदै गरेको जिपमा सानासाना बालबालिका रहेको स्थानीयले देखेको बुझिएको छ। दुर्घटनापश्चात् जलजला जाँदै गरेका अन्य तिर्थालु, स्थानीय र उवा/थबाङबाट घटनास्थल पुगेको प्रहरीको संयुक्त टोलीले उद्धार गरिरहेको छ।

फोन नेटवर्कले समेत काम नगरेकाले थप क्षतिको विवरण आउन सकेको छैन। दुर्घटनाको खबर लगत्तै सदरमुकाम लिबाङबाट प्रहरी प्रमुख विश्वकर्मा सहितको प्रहरी टोली, सूर्य दल गणबाट नेपाली सेना र सशस्त्र प्रहरी समेत घटनास्थलतर्फ परिचालित भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसले नवीकरण र नयाँ क्रियाशील दर्ता गर्नका लागि एक हप्ताको समय दिएको छ। नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा आज बसेको बैठकले नवीकरण शुल्क र नयाँ क्रियाशील सदस्यता शुल्कसहित केन्द्रीय कार्यालयको सिस्टममा इन्ट्री नभएका जिल्ला र क्षेत्रको हकमा एक साताको समय दिने निर्णय गरेको हो। बैठकले १५ ...
अखिल नेपाल सुकुमबासी संघले विना विकल्प उठिबास लगाउने कार्य बन्द गर्नुपर्ने भन्दै आन्दोलनको घोषणा
: प्रमुख विपक्षी नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसँग नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले भेटवार्ता गरेका छन् । त्यस क्रममा राजदूत बासले दलको नेता चयन भएकोमा आङ्देम्बेलाई बधाई तथा शुभकामना दिएका थिए । आङ्देम्बेले पनि राजदूत बासलाई धन्यवाद ज्ञापन गरेका छन् । नेता आङ्देम्बे र राजदूत बासबीच नेपाल–इजरायल द्विपक्षीय आपसी ...
: संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) ले वर्तमान सरकारले मजदुर श्रमिकको अधिकार खोस्ने तयारी गरिरहेको भन्दै आम मजदुर वर्गलाई सतर्क रहन आह्वान गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेटियुसिसीले मजदुर श्रमिकको अधिकार खोसिए कडा प्रतिवादमा उत्रने समेत चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा जेटियुसिसीका अध्यक्ष विनोद श्रेष्ठले सार्वजनिक ...
: सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक लिला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटमा नेपाल–संयुक्त राष्ट्रसंघ सहकार्य, युवा सहभागिता, शिक्षा, लैंगिक समानता, कूटनीति तथा जलवायु परिवर्तनका समसामयिक विषयमा विस्तृत छलफल भएको छ । भेटका क्रममा सम्माननीय सभामुख अर्यालले आवासीय संयोजक याहियालाई स्वागत गर्दै नेपाल सरकार र संघीय संसद संयुक्त ...