मुख्य समाचार
अध्यादेश कुनै दल फुटाउन वा विपक्षीलाई लक्षित गर्न नल्याइएको स्पष्ट
अध्यादेश कुनै दल फुटाउन वा विपक्षीलाई लक्षित गर्न नल्याइएको स्पष्ट

: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अध्यादेश कुनै दल फुटाउन वा विपक्षीलाई लक्षित गर्न नल्याइएको स्पष्ट पारेको छ। विगतमा यस प्रकारको अभ्यास रहेको बताउँदै रास्वपाले कसैलाई सुविधाका लागि भन्दा पनि सुधारका लागि अध्यादेश ल्याएको बताएको हो।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सांसदहरूको अनौपचारिक बैठकपछि पार्टी प्रवक्ता मनिष झाले जानकारी दिँदै सुधारका लागि अध्यादेश आवश्यक रहेको निष्कर्ष निकालिएको बताए।

बैठकमा नेताहरूले विगतमा अनावश्यक दलीयकरण र गलत नियुक्तिहरूले राज्य संरचनामा समस्या सिर्जना गरेको भन्दै ती विषय नसच्याएसम्म जनअपेक्षा पूरा गर्न कठिन हुने धारणा राखेका थिए। रास्वपाले विगतमा अध्यादेशलाई दल फुटाउने वा राजनीतिक प्रतिशोधका लागि प्रयोग गरिएको आरोप लगाउँदै वर्तमान अभ्यास त्यसबाट भिन्न रहेको दाबी गरेको छ।



पार्टीका अनुसार अहिलेको अध्यादेश कसैलाई पीडा दिन वा विशेष सुविधा दिन नभई प्रणालीगत सुधारका लागि ल्याइएको हो। संवैधानिक आयोग तथा विभिन्न निकायमा लामो समयदेखि खाली रहेका पदहरूका कारण निर्णय प्रक्रियामा समस्या आएको र कतिपय अवस्थामा कार्यवाहक नेतृत्वले सम्झौतामै काम चलाउनुपरेको अवस्थासमेत उल्लेख गरिएको छ। रास्वपाले जनअपेक्षा अनुसार काम गर्न राजनीतिक सक्रियता र 'नम्र तर प्रभावकारी राजनीतिक आक्रामकता' आवश्यक रहेको निष्कर्षसमेत निकालेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसले नवीकरण र नयाँ क्रियाशील दर्ता गर्नका लागि एक हप्ताको समय दिएको छ। नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा आज बसेको बैठकले नवीकरण शुल्क र नयाँ क्रियाशील सदस्यता शुल्कसहित केन्द्रीय कार्यालयको सिस्टममा इन्ट्री नभएका जिल्ला र क्षेत्रको हकमा एक साताको समय दिने निर्णय गरेको हो। बैठकले १५ ...
अखिल नेपाल सुकुमबासी संघले विना विकल्प उठिबास लगाउने कार्य बन्द गर्नुपर्ने भन्दै आन्दोलनको घोषणा
: प्रमुख विपक्षी नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसँग नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले भेटवार्ता गरेका छन् । त्यस क्रममा राजदूत बासले दलको नेता चयन भएकोमा आङ्देम्बेलाई बधाई तथा शुभकामना दिएका थिए । आङ्देम्बेले पनि राजदूत बासलाई धन्यवाद ज्ञापन गरेका छन् । नेता आङ्देम्बे र राजदूत बासबीच नेपाल–इजरायल द्विपक्षीय आपसी ...
: संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) ले वर्तमान सरकारले मजदुर श्रमिकको अधिकार खोस्ने तयारी गरिरहेको भन्दै आम मजदुर वर्गलाई सतर्क रहन आह्वान गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेटियुसिसीले मजदुर श्रमिकको अधिकार खोसिए कडा प्रतिवादमा उत्रने समेत चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा जेटियुसिसीका अध्यक्ष विनोद श्रेष्ठले सार्वजनिक ...
: सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक लिला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटमा नेपाल–संयुक्त राष्ट्रसंघ सहकार्य, युवा सहभागिता, शिक्षा, लैंगिक समानता, कूटनीति तथा जलवायु परिवर्तनका समसामयिक विषयमा विस्तृत छलफल भएको छ । भेटका क्रममा सम्माननीय सभामुख अर्यालले आवासीय संयोजक याहियालाई स्वागत गर्दै नेपाल सरकार र संघीय संसद संयुक्त ...