मुख्य समाचार
संविधान र लोकतान्त्रिक मूल्यको मार्गदर्शनमा अघि बढ्न सरकारलाई सुझाव
संविधान र लोकतान्त्रिक मूल्यको मार्गदर्शनमा अघि बढ्न सरकारलाई सुझाव

: नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संविधान र लोकतान्त्रिक मूल्यको मार्गदर्शनमा अघि बढ्न सरकारलाई सुझाव दिएका छन् ।
बुधबार काठमाडौंमा आयोजित २७ औं यदु स्मृति दिवस तथा २४ औं यदु स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा पौडेलले वर्तमान सरकार संविधान र लोकतान्त्रिक मूल्य–मान्यता बिपरित अघि बढ्न खाजेको भन्दै संवैधानिक मार्गदर्शन अनुसार अघि बढ्न सुझाव दिएका हुन् ।

उनले ट्रेड युनियन अधिकार र विद्यार्थीहरूको संगठित हुन पाउने अधिकारलाई नजरअन्दाज गर्ने खालका बिषयमा एमाले ध्यान गएको समेत बताए । अहिले अध्यादेशको सिलसिला सुरु भएको भन्दै पौडेलले संसदबाट कानुन निर्माण गर्ने बाटोतर्फ अघि बढ्न समेत सरकारलाई सुझाव दिए ।



उनले नेपालमा अहिले कम्युनिष्ट आन्दोलनले ठूलो धक्का व्यहोर्नु परेको उल्लेख गर्दै आफ्ना भूलत्रुटिहरू स्वीकार गर्दै त्यसलाई सच्चाउँदै आन्दोलन पुनर्गठन गरिने बताए । नेपालको कम्युनिष्ट आन्दोलन नयाँ शिरामा अगाडि बढाउँदै एमालेलाई लोकतान्त्रिक, क्रान्तिकारी र देशभक्त शक्तिको रुपमा स्थापित गििरने उनले बताएका छन् । कार्यक्रममा २४ औं यदु स्मृति पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका पत्रकार धनवीर दाहाललाई प्रदान गरिएको छ । पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसले नवीकरण र नयाँ क्रियाशील दर्ता गर्नका लागि एक हप्ताको समय दिएको छ। नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा आज बसेको बैठकले नवीकरण शुल्क र नयाँ क्रियाशील सदस्यता शुल्कसहित केन्द्रीय कार्यालयको सिस्टममा इन्ट्री नभएका जिल्ला र क्षेत्रको हकमा एक साताको समय दिने निर्णय गरेको हो। बैठकले १५ ...
अखिल नेपाल सुकुमबासी संघले विना विकल्प उठिबास लगाउने कार्य बन्द गर्नुपर्ने भन्दै आन्दोलनको घोषणा
: प्रमुख विपक्षी नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसँग नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले भेटवार्ता गरेका छन् । त्यस क्रममा राजदूत बासले दलको नेता चयन भएकोमा आङ्देम्बेलाई बधाई तथा शुभकामना दिएका थिए । आङ्देम्बेले पनि राजदूत बासलाई धन्यवाद ज्ञापन गरेका छन् । नेता आङ्देम्बे र राजदूत बासबीच नेपाल–इजरायल द्विपक्षीय आपसी ...
: संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) ले वर्तमान सरकारले मजदुर श्रमिकको अधिकार खोस्ने तयारी गरिरहेको भन्दै आम मजदुर वर्गलाई सतर्क रहन आह्वान गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेटियुसिसीले मजदुर श्रमिकको अधिकार खोसिए कडा प्रतिवादमा उत्रने समेत चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा जेटियुसिसीका अध्यक्ष विनोद श्रेष्ठले सार्वजनिक ...
: सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक लिला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटमा नेपाल–संयुक्त राष्ट्रसंघ सहकार्य, युवा सहभागिता, शिक्षा, लैंगिक समानता, कूटनीति तथा जलवायु परिवर्तनका समसामयिक विषयमा विस्तृत छलफल भएको छ । भेटका क्रममा सम्माननीय सभामुख अर्यालले आवासीय संयोजक याहियालाई स्वागत गर्दै नेपाल सरकार र संघीय संसद संयुक्त ...