मुख्य समाचार
छैटौं बीच एसियन गेम्स २०२६ सम्पन्न
छैटौं बीच एसियन गेम्स २०२६ सम्पन्न

: छैटौं बीच एसियन गेम्स २०२६ सम्पन्न भएको छ। चीनको हाइनाइ प्रदेशको सान्यामा भएको यस प्रतियोगितामा नेपालले एक कास्यसहित प्रतियोगिता सकाएको छ।

यस प्रतियोगितामा नेपालबाट २ खेलले सहभागिता जनाएका थिए। बीच महिला कबड्डीले कास्य पदक जितेको हो। बीच रेस्लिङमा भने नेपालका खेलाडी नकआउट चरणबाटै बाहिएको हो।

पदक तालिकामा आयोजक चीन सबैभन्दा माथि छ। चीनले २४ वटा स्वर्णपदक १८ रजत र १३ वटा काश्य सहित जम्मा ५५ पदक जितेको छ। दोस्रो स्थानमा थाइल्याण्ड र तेस्रो स्थानमा इरान रहेको छ। दोस्रो स्थानमा रहेको थाइल्याण्डले कुल २८ वटा पदक जितेको छ। जसमा १० स्वर्ण, ९ रजत र ९ कास्य रहेको छ।



तेस्रो स्थानमा रहेको इरानले कुल १० पदक जितेको छ जसमा ९ स्वर्ण पदक रहेको छ भने १ रजत पदक रहेको छ। पदक तालिकामा चौथो स्थानमा भियतनाम, पाँचौं स्थानमा फिलिपिन्स, छैटौं स्थानमा भारत, सातौं स्थानमा युएई, आठौं स्थानमा कतार, नवौं स्थानमा कोरिया र दशौं स्थानमा श्रीलंका रहेको छ। यस प्रतियोगितामा १४ खेलको ६२ वटा इभेन्टमा ४५ राष्ट्रका १ हजार ८ सयभन्दा बढी खेलाडीले सहभागिता जनाएका थिए।

सातौं बीच एसियन गेम्स २०२८ मा फिलपिन्समा हुनेछ। प्रतियोगिताको समापन समारोहमा ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)का अध्यक्ष जोन बीन अहमद अलथानीले फिलिपिन्स ओलम्पिक कमिटीका अध्यक्ष अब्राहम तोलेन्तिनोलाई ओसीएको झन्डा हस्तान्तरण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम