मुख्य समाचार
पार्टीले आफ्ना दलका सांसदलाई कागजातमा माननीय शब्द प्रयोग नगर्न निर्देशन
पार्टीले आफ्ना दलका सांसदलाई कागजातमा माननीय शब्द प्रयोग नगर्न निर्देशन

: राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना दलका सांसदलाई कागजातमा माननीय शब्द प्रयोग नगर्न निर्देशन दिएको छ।

आज बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको अनौपचारिक बैठकमा सबै सांसदहरूको लेटर हेड र कार्ड लगायतको कागजातमा एक रूपता अपनाउन र आफ्नो कुनै कागजातमा माननीय सम्बोधन नगर्न निर्देशन दिएको प्रवक्ता मनिष झाले जानकारी दिए।

बैठकमा सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न आग्रह गरिएको छ।



बैठकमा सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न आग्रह गरिएको छ। उनले भने, 'धेरै कुराहरू सिक्न बाँकी छ, सबै सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न र सकेजति सल्लाह र सुझाव लिन सुझाव दिइएको छ।'

आगामी निर्वाचनमा उपयुक्त उम्मेदवार चयन र निर्वाचन पूर्व प्रशिक्षणको लागि वैशाख २० गतेदेखि उम्मेदवार क्लबको अभ्यास गर्ने रास्वपाको तयारी छ। उनले कसैले कसैलाई आगामी निर्वाचनको टिकटबारे कुरा कसैलाई पनि कुनै प्रतिबद्धता नगर्न निर्देशन दिएको जानकारी गराए। झाले भने, 'कतै त्यस्तो गलत अभ्यास भेटिएमा कारबाहीको भागिदार हुनुपर्नेछ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक लिला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटमा नेपाल–संयुक्त राष्ट्रसंघ सहकार्य, युवा सहभागिता, शिक्षा, लैंगिक समानता, कूटनीति तथा जलवायु परिवर्तनका समसामयिक विषयमा विस्तृत छलफल भएको छ । भेटका क्रममा सम्माननीय सभामुख अर्यालले आवासीय संयोजक याहियालाई स्वागत गर्दै नेपाल सरकार र संघीय संसद संयुक्त ...
: स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका तयार भएका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक साता नापी तथा मालपोत कार्यालयको सेवा स्थानीय तहबाटै दिन इच्छुक पालिकाहरूलाई सहभागीका लागि सूचना आह्वान गरेको थियो। सोही अनुसार बिहीबारसम्म धरान उपमहानगरपालिकासहित २०७ वटा पालिकाले स्थानीय तहबाट सेवा दिन इच्छुक रहेको जानकारीसहित मन्त्रालयमा ...
: नेपाली कांग्रेसले पूर्व कार्यवहाक सभापति पूर्णबहादुर खड्काको स्पष्टीकरणको विषय तामेलीमा राख्ने निर्णय गरेको छ। बुधबार बसेको पार्टीको अनुशासन समितिको बैठकले खड्कालाई पदीय जिम्मेवारीका सम्बन्धमा सोधिएको स्पष्टीकरणको औचित्य समाप्त भएको निष्कर्ष निकालेको हो। यसअघि वैशाख २ गतेको निर्णयअनुसार खड्कालाई स्पष्टीकरण सोधेको थियो। तर,वैशाख ४ गते सर्वोच्च अदालतले गरेको फैसलापछि उक्त निर्णयको औचित्य समाप्त भएको ठहर गर्दै समितिले ...
: नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीको रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) पदमा रहेर काम गर्न नपाउने गरी निलम्बन गरेको छ । पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा संयोजक तारामान गुरुङको अध्यक्षतामा बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको वैठकले स्पष्टिकरणको चित्तबुझ्दो जवाफ नदिएका कारण कारवाही स्वरुप निलम्बन गरेको हो । तामाङलाई अनुशासन समितिको मिति ...
: सरकारले काठमाडौंभरका सुकुमबासी बस्तीहरु खाली गर्ने तयारी गरेसँगै त्यहाँ बसोबास गर्दै आएकाहरुले आफ्ना सामानहरु अन्यत्र सारेका छन् । lउपत्यकाका सबै स्थानका सुकुमबासी र सरकारी जग्गा अतिक्रमण गरी बस्दै आएकाहरुलाई वैशाख १८ गते बिहान ७ बजेदेखि एकै पटक खाली गर्ने तयारीसँगै बसोबास गर्दै आएकाहरुले आफ्ना सामानहरु अन्यत्र सारेका हुन् । काठमाडौंको देवीनगर, टेकु, बल्खुलगायत बिभिन्न ...