राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी
राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी
: राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गरेका छन्। नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेका हुन्।
: सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक लिला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटमा नेपाल–संयुक्त राष्ट्रसंघ सहकार्य, युवा सहभागिता, शिक्षा, लैंगिक समानता, कूटनीति तथा जलवायु परिवर्तनका समसामयिक विषयमा विस्तृत छलफल भएको छ ।
भेटका क्रममा सम्माननीय सभामुख अर्यालले आवासीय संयोजक याहियालाई स्वागत गर्दै नेपाल सरकार र संघीय संसद संयुक्त ...
: स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका तयार भएका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक साता नापी तथा मालपोत कार्यालयको सेवा स्थानीय तहबाटै दिन इच्छुक पालिकाहरूलाई सहभागीका लागि सूचना आह्वान गरेको थियो। सोही अनुसार बिहीबारसम्म धरान उपमहानगरपालिकासहित २०७ वटा पालिकाले स्थानीय तहबाट सेवा दिन इच्छुक रहेको जानकारीसहित मन्त्रालयमा ...
: नेपाली कांग्रेसले पूर्व कार्यवहाक सभापति पूर्णबहादुर खड्काको स्पष्टीकरणको विषय तामेलीमा राख्ने निर्णय गरेको छ।
बुधबार बसेको पार्टीको अनुशासन समितिको बैठकले खड्कालाई पदीय जिम्मेवारीका सम्बन्धमा सोधिएको स्पष्टीकरणको औचित्य समाप्त भएको निष्कर्ष निकालेको हो।
यसअघि वैशाख २ गतेको निर्णयअनुसार खड्कालाई स्पष्टीकरण सोधेको थियो। तर,वैशाख ४ गते सर्वोच्च अदालतले गरेको फैसलापछि उक्त निर्णयको औचित्य समाप्त भएको ठहर गर्दै समितिले ...
: नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीको रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) पदमा रहेर काम गर्न नपाउने गरी निलम्बन गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा संयोजक तारामान गुरुङको अध्यक्षतामा बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको वैठकले स्पष्टिकरणको चित्तबुझ्दो जवाफ नदिएका कारण कारवाही स्वरुप निलम्बन गरेको हो । तामाङलाई अनुशासन समितिको मिति ...
: सरकारले काठमाडौंभरका सुकुमबासी बस्तीहरु खाली गर्ने तयारी गरेसँगै त्यहाँ बसोबास गर्दै आएकाहरुले आफ्ना सामानहरु अन्यत्र सारेका छन् ।
lउपत्यकाका सबै स्थानका सुकुमबासी र सरकारी जग्गा अतिक्रमण गरी बस्दै आएकाहरुलाई वैशाख १८ गते बिहान ७ बजेदेखि एकै पटक खाली गर्ने तयारीसँगै बसोबास गर्दै आएकाहरुले आफ्ना सामानहरु अन्यत्र सारेका हुन् । काठमाडौंको देवीनगर, टेकु, बल्खुलगायत बिभिन्न ...