मुख्य समाचार
भारत सङ्गाई इन्टरनेसनल युनिभर्सिटीमा अध्ययन गरेका झण्डै एक सय जना नेपालीको शैक्षिक उपाधि संकटमा
भारत सङ्गाई इन्टरनेसनल युनिभर्सिटीमा अध्ययन गरेका झण्डै एक सय जना नेपालीको शैक्षिक उपाधि संकटमा

। भारत मणिपुर राज्यको सङ्गाई इन्टरनेसनल युनिभर्सिटीमा अध्ययन गरेका झण्डै एक सय जना नेपालीको शैक्षिक उपाधि संकटमा परेको छ । त्यसमा छानबिन गरिरहेको त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले ९८ जनाको नाम सार्वजनिक गर्दै शैक्षिक उपाधिको वैधता पुष्टि हुने कागजात पेस गर्न ३५ दिने अल्टिमेटम दिएको छ ।

भारतको विश्वविद्यालय अनुदान आयोगले सन् २०२४ को मे १५ मा मणिपुर राज्यको साङ्गाई इन्टरनेसनल युनिभर्सिटीलाई सूचीबाट हटाएको थियो । साथै सो युनिभर्सिटीबाट जारी भएका शैक्षिक उपाधिलाई उच्च शिक्षा र सरकारी रोजगारीका लागि अवैध घोषणा गरेको थियो ।

सोही सङ्गाई इन्टरनेसनल युनिभर्सिटीमा पढेका ९८ जना नेपालीहरुले समकक्षता प्रमाणपत्र पाउनका लागि त्रिभुवन विश्वविद्यालयमा निवेदन दिएका थिए ।

त्यसमा छानबिन गरिरहेको त्रिवि पाठ्यक्रम विकास केन्द्रले ती ९८ जनाको नाम, ठेगाना र उनीहरुले पढेको भनिएको विषय सार्वजनिक गरेको छ ।

साथै सूचनामा लेखिएको छ, ‘तपाईंको नाममा यस केन्द्रबाट जारी गरी प्रदान गरिएका समकक्षता पत्रहरु छानबिन भइरहेकाले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफूले प्राप्त गरेको समकक्षता पत्रको सक्कलप्रति तथा आफूले प्राप्त गरेको उल्लेखित शैक्षिक उपाधिको वैधता पुष्टि गर्ने कुनै आधार प्रमाण भए सोसहित यस केन्द्रमा लिखित रुपमा पेश गर्नुहोला ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले कुवेतमा ६० हजार नेपाली घरेलु श्रमिक कार्यरत रहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले कुवेतमा मात्रै करिब ६० हजार घरेलु श्रमिक श्रम स्वीकृतिविना कार्यरत रहेको बताए । उनीहरूलाई कुनै अप्ठ्यारो पर्दा सहयोग गर्न कठिन हुने गरेको उनको भनाइ छ । वैदेशिक रोजगार बोर्डमार्फत ...
। नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले सोमबार भूतपूर्व ब्रिटिश गोर्खाहरुका माग सम्बन्धमा संयुक्त अधिराज्यका रक्षामन्त्री जोन हिली र भेट्रान मन्त्री श्रीमती लुइस स्यान्डर–जोन्ससँग भर्चुअल बैठक गरे । गोर्खा अभियन्ताहरुको आमरण अनसन अन्त्य गर्दै बेलायतले वार्ता थालेको झण्डै ५ वर्षमा सोमबार भएको बैठक विशेष थियो । किनभने, १९ अगष्ट, २०२१ मा बेलायत सरकार वार्तामा बस्न तयार भए यता ...
: दक्षिण कोरियाको राजधानी सिओलमा आयोजित सिओल अन्तर्राष्ट्रिय ट्राभल फेयर (एसआईटीएफ) २०२६ मा नेपालको पर्यटकीय गन्तव्य प्रवर्द्धन गरिएको छ। सिओलस्थित कोएक्स प्रदर्शनी केन्द्रमा जुन ४ देखि ७ सम्म आयोजित एसआईटीएफ-२०२६ मा नेपाल पर्यटन बोर्डको नेतृत्वमा गएको ७ वटा नेपाली पर्यटन व्यवसायीको टोलीले नेपालका आकर्षक एवं उत्कृष्ट पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धन गरिएको हो। उक्त चारदिने अन्तर्राष्ट्रिय पर्यटन ...
। बेलायती राजा चार्ल्स तृतीयले नवगठित गोर्खा आर्टिलरी युनिटको प्रसंसा गरेका छन् । विल्टसायरको लार्कहिल ब्यारेकमा सैनिकहरूको परेडमा भाग लिँदै राजा चार्ल्सले गोर्खा सैनिकको दृढता र प्रतिबद्धताको प्रसंसा गरेका हुन् । सो अवसरमा राजालाई २१ तोपको सलामीसहित स्वागत गरिएको थियो । समारोहलाई सम्बोधन गर्दै राजा चार्ल्सले भने, ‘यसले बेलायत र नेपालबीचको स्थायी र मूल्यवान सम्बन्धको गहिराइ ...
। पोर्चुगलमा गठन भएको तीन वटा गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्ये सुजन लामा नेतृत्वको कार्यसमितिले सरकारी मान्यता पाएको छ । एक वर्ष अघि तीन वटा कार्य समिति गठन भई सबै एनआरएनएले समानान्तर गतिविधि गर्दै आएका थिए । एक वर्ष अघि सुजन लामाले आफ्नो नेतृत्वमा गठन भएको कार्यसमिति बैधानिक र कानूनसम्मत रहेकोले आधिकारिक मान्यता प्रदान गर्न पोर्चुगलको ...