मुख्य समाचार
धौलागिरी हिमाल आरोहणका क्रममा लडेर घाइते भएका एक आरोहीको दुई दिनपछि सकुशल उद्धार
धौलागिरी हिमाल आरोहणका क्रममा लडेर घाइते भएका एक आरोहीको दुई दिनपछि सकुशल उद्धार

। म्याग्दीको धवलागिरी गाउँपालिका–४ स्थित धौलागिरी हिमाल आरोहणका क्रममा लडेर घाइते भएका एक आरोहीको दुई दिनपछि सकुशल उद्धार गरिएको छ ।

आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमालको सफल आरोहण गरेर फर्कने क्रममा शुक्रबार बिहान चुचुरो नजिकबाट चिप्लीएर करिब चार सय मिटर तल खस्दा सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय मिङ्मा तेन्जि शेर्पा गम्भीर घाइते भएका थिए ।

उनलाई उद्धार गरेर आज उपचारका लागि काठमाडौं पठाइएको उद्धारमा संलग्न १४ समिट एक्सपीडिसनका फुरु तेन्जि शेर्पाले जानकारी दिए ।

‘बेसक्याम्पमा सम्पर्क गरी माथिल्लो क्याम्पबाट उद्दारकर्मी परिचालन गरी शनिबार राती मिङ्मालाई आधार शिवर ल्याएका थियौं,’ उनले भने, ‘अचेत भेटिएका उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले अतिक्रमित जग्गा र अव्यवस्थित बसोबास हटाइरहेका बेला त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले पनि आफ्नो स्वामित्वमा रहेको अतिक्रमित जग्गा खाली गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको छ । त्रिविको सामान्य प्रशासन महाशाखाले जग्गा अतिक्रमण गरी बसेका सङ्घ/संस्था र सङ्गठनलाई ४ वैशाखमा ३५ दिने सूचना जारी गरेको थियो । सोही सूचनाका आधारमा १८ वटा सङ्घ-संस्थालाई जग्गा खाली गर्न ...
। गौमुखी गाउँपालिकामा आइतबार चट्याङ लागेर बाबुछोराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार वडानम्बर ६ लिवाङका ७० वर्षीय केदार बोहोरा क्षेत्री र उनका २६ वर्षीय छोरा रामु बोहरा क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो । चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवैजनाको ...
। गत शनिबार साँझदेखि अवरुद्ध बिपी राजमार्ग अझै संचालनमा आउन सकेको छैन । १२ गते शनिबार रोशी खोलामा आएको बाढीले बिगारेको डाइभर्सन आइतबार प्रायः स्थानमा बनीसकेको भएपनि पुनः १३ गते आइतबार साँझको पानीले बनेका डाइभर्सन बगाएको थियो । राजमार्गको चिउरीबास, नार्के र चार सय बेशीमा आइतबार बनेको डाइभर्सन बगाएको छ । इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ...
। म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो भिलेज प्रालि प्रर्वद्धक रहेको आयोजनाले पहुँचमार्ग (सडक), विद्युत्गृह, सुरुङ र प्रसारण लाइन निर्माणलाई समानान्तर रुपमा अघि बढाएको हो । बगर गाउँदेखि बाँध निर्माणस्थल दोभानसम्म डाइभर्सनबाट सडक र बगरमा कार्यालय स्थापना गरेको आयोजनाका प्रमुख उत्तम पौडेलले विद्युत्गृहबाट निस्कने पानी फाल्न एक ...
। मनोहरा सुकुमवासी बस्तीका बाँकी घरहरु आज बिहानैदेखि डोजर प्रयोग गरी भत्काउन थालिएको छ । १३ वटा डोजर प्रयोग बिहान ७ बजेदेखि बाँकी घरहरु भत्काउन सुरू गरिएको हो । मनोहरा खोला किनारमा रहेको बस्ती आइतबार बिहानदेखि भत्काउन थालिएको थियो । केही घर टहरा बाँकी रहेकाले आज बिहान पनि सो कामलाई जारी राखिएको हो । घर टहरा भत्काउन ...