मुख्य समाचार
स्पेनको कागजात कानुनीकरण अब दिल्लीबाट
स्पेनको कागजात कानुनीकरण अब दिल्लीबाट

: स्पेनमा बसोबास गर्दै आएका नेपालीहरुले स्थायी बसोबासका लागि कानुनी कागजात बनाउन थप झण्झट व्यहोर्नु पर्ने भएको छ । काठमाडौंस्थित स्पेनको मानार्थ वाणिज्य दूतावासले युरोपेली संघ तथा परराष्ट्र मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार नेपालीहरुको कागजातहरुमा रहेका हस्ताक्षरहरुलाई कानुनीकरण (लिगलाइनजेसन) गर्ने अधिकार र जिम्मेवारी तत्कालका लागि खारेज गरेको छ । मानार्थ वाणिज्य दूतावासले अब उक्त काम भारतको दिल्लीस्थित स्पेनी दूतावासले हेर्ने जानकारी गराएको छ ।


आवेदकबाट पेस गरिने नेपाली सरकारी निकायद्वारा जारी गरिएका कागजातहरुको कानुनीकरणका लागि दिल्लीस्थित स्पेनी दूतावासको कन्सुलर शाखामा पठाउन समेत काठमाडौं बत्तिसपुतलीस्थित वाणिज्य दूतावासले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट एक सय तीन जनालाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटाका अनुसार, शनिबार बेलुका ७ देखि ९ बजेसम्म जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहत समेतमा विशेष स्वीप अप्रेसन सञ्चालन गरिएको थियो । जसअन्तर्गत विभिन्न स्थानमा चेकजाँचको क्रममा नियन्त्रणमा लिइएका एक सय तीन जनाले शान्ति सुरक्षामा खलल ...
: धादिङको गजुरी गाउँपालिका–६ स्थित आदमघाट नजिक काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको इभी माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बाग्मती प्रदेश ००६ख ७२२१ नम्बरको माइक्रोबस तीव्र गतिका कारण नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक जानकारी धादिङ प्रहरीले दिएको छ । दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा पठाइएको छ । घाइतेहरूको ...
पोखरामा गण्डकी प्रदेश प्रहरी अस्पतालको नवनिर्मित भवन आइतबारदेखि सञ्चालनमा आएको छ। १५ शय्याको उक्त अस्पताल भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो। २ वर्षअघि नै सम्पन्न हुनुपर्ने उक्त अस्पताल भवन रकम अभावका कारण अलपत्र परेपछि गण्डकी प्रदेश सरकारले यसपटक करिब ६ करोड रुपैया बजेट सुनिष्चित गरेर निर्माणको काम सम्पन्न भएको हो। नवनिर्मित ...
: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पाल्पा घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका-११ बस्ने ३० वर्षीय मिलन तिमल्सिना, काभ्रेको रोशी गाउँपालिका-११ घर भई बनेपा बस्ने २४ वर्षीया सिर्जना श्रेष्ठ, नवलपरासीको पूर्व घर भई काठमाडौं महानगरपालिका-१६ बस्ने २६ वर्षीय अकिन बस्ताकोटी, ...
: स्थानीय परिकार पहिचान र प्रवर्द्धन गर्ने उदेश्यले नेपालगन्जमा ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिभल’ सुरु भएको छ। नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा होटल व्यवसायी संघ बाँके र होटल संघ नेपाल, बाँकेको संयुक्त आयोजनामा शुक्रबारदेखि सुरु भएको फेस्टिभल आइतबारसम्म सञ्‍चालन रहनेछ। सुर्खेत रोडस्थित सुशील कोइराला स्मृति गेटदेखि पश्चिम वाटरपार्क क्षेत्रसम्म महोत्सव सञ्चालन भइरहेको छ। यस महोत्सवले नेपालगन्ज ...