मुख्य समाचार
मन्त्रिपरिषद् बैठकले गरेका ११ निर्णय
मन्त्रिपरिषद् बैठकले गरेका ११ निर्णय

: सरकारले समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना र सञ्चालन सम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्रिपरिषदको बैठकले उक्त कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको हो।

यी हुन् निर्णयहरू

Integrated Water Supply and Sewerage Management (Sector) Project का लागि एसियाली विकास बैंकबाट प्राप्त हुने अमेरिकी डलर ११५ मिलियन सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी वित्तीय सम्झौता तथा अन्य सम्बन्धित दस्तावेजलाई अन्तिम रूप दिने विषयमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने।
२०८३ वैशाख २१ र २२ गते रोमानियाको बुखारेष्टमा आयोजना हुने नेपाल र रोमानियाबीचको द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने।
नेपाली महावाणिज्यदूतावास, हङकङमा कार्यरत महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखकलाई बीस दिनभित्र परराष्ट्र मन्त्रालयमा हाजिर हुन आउने गरी फिर्ता बोलाउने।
समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना र सञ्चालन सम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गर्ने।
नेपाली सेनाका तीनजना सहायक रथीहरूलाई सम्बन्धित सेवा, समूह तथा उपसमूहको उपरथी दर्जामा बढुवा गर्ने।
२०८३ वैशाख २८ देखि जेठ १ गतेसम्म United States Department of War द्वारा संयुक्त राज्य अमेरिकामा सञ्चालन हुने Pacific Air Chiefs Seminar (PACS) विषयक कार्यक्रममा सहभागी हुन पाइलट उपरथी राम सुन्दर बोहरालाई स्वीकृति दिने।
निजामती सेवा अन्तर्गत विभिन्न सेवाका पच्चिस जना राजपत्राङ्गित प्रथम श्रेणीका सहसचिव वा सो सरहका कर्मचारीहरूको सरुवा गर्ने।
नेपाल सरकार, मन्त्रिपरिषद्को २०७५ भदौ २१ को निर्णयबमोजिम महाराजगज्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको पुरै जग्गा (११४-३-०-० रोपनी) राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने गरी भएको निर्णयको सट्टामा सो जग्गा पूर्ववत रूपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले नै प्रयोग गर्ने गरी आवश्यक व्यवस्था मिलाउने।
सरकारी निकायमा भएका सफ्टवेयर तथा सूचना प्रविधि सम्बन्धी विषयमा अध्ययन गर्न सम्माननीय प्रधानमन्त्रीज्यूको सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने।
सरकारी सार्वजनिक गुठी जग्गा हिनामिना सम्बन्धी प्रतिवेदन, २०७६ (मोहनरमण भट्टराई) कार्यान्वयन गर्ने।
नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३।०१।०८ को निर्णय अनुसार सम्माननीय राष्ट्रपतिबाट संवत् २०८३ साल वैशाख १७ गते बिहीबारका दिन १४:०० बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्ने गरी आह्वान गरिएको संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान विशेष कारणवश स्थगित गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पाल्पा घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका-११ बस्ने ३० वर्षीय मिलन तिमल्सिना, काभ्रेको रोशी गाउँपालिका-११ घर भई बनेपा बस्ने २४ वर्षीया सिर्जना श्रेष्ठ, नवलपरासीको पूर्व घर भई काठमाडौं महानगरपालिका-१६ बस्ने २६ वर्षीय अकिन बस्ताकोटी, ...
: स्थानीय परिकार पहिचान र प्रवर्द्धन गर्ने उदेश्यले नेपालगन्जमा ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिभल’ सुरु भएको छ। नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा होटल व्यवसायी संघ बाँके र होटल संघ नेपाल, बाँकेको संयुक्त आयोजनामा शुक्रबारदेखि सुरु भएको फेस्टिभल आइतबारसम्म सञ्‍चालन रहनेछ। सुर्खेत रोडस्थित सुशील कोइराला स्मृति गेटदेखि पश्चिम वाटरपार्क क्षेत्रसम्म महोत्सव सञ्चालन भइरहेको छ। यस महोत्सवले नेपालगन्ज ...
: नेपाली कांग्रेसले सुकुम्बासी समस्याको समाधान बल प्रयोगभन्दा पनि न्यायपूर्ण, कानुनी र मानवीय दृष्टिकोणबाट गर्न सरकारसँग माग गरेको छ। शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन बैठकले सुकुम्बासी समस्या एक दल वा समूहको मात्र नभई समग्र राष्ट्रकै साझा समस्या भएको उल्लेख गर्दै यसको दीर्घकालीन समाधान विधिको शासनको पूर्ण पालना गर्दै खोजिनुपर्ने जनाएको छ। कांग्रेसका अनुसार सुकुम्बासी समस्याको समाधानप्रति ...
: प्रतिकूल मौसमका कारण जिल्लाका विभिन्न स्थानमा अत्यधिक वर्षा भइरहेका कारण बीपी राजमार्गमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालका लागि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख सुनील धाजूका अनुसार मौसममा सुधार आई सडकमार्ग सुरक्षित बनेपछि मात्र पुनः सवारी सञ्चालन गरिनेछ। सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालयले अर्को सूचना जारी गरी ...
: नेपाली कांग्रेसले सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा आह्वान गरिएको संसद अधिवेशनको बैठक नै नबस्दै पुनः स्थगित गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले सरकारकै सिफारिसमा बैठक नै नबस्दै स्थगन गर्नु संसदीय परम्परा, अभ्यास तथा संवैधानिक नैतिकताको प्रतिकूल कार्य भएको निष्कर्ष निकालेको हो। कांग्रेसले अविलम्ब संसद बैठक सुचारु गर्न र संसद ...