: मध्यपुरथिमि–१ स्थित मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाउँदै छ। सरकारले दिएको समयसीमाभित्र बस्ती नछोडेपछि शनिबार साँझ डोजर चलाइएको थियो । तर, आक्रोशित बस्तीबासीले ढुंगामुढा गरेपछि स्थिति तनावपूर्ण बनेको थियो।
बस्तीबासीको ढुंगामुढाबाट डोजर जोगाउन खोज्दा करिब डेढ दर्जन सुरक्षाकर्मी घाइते भएका छन्। जिल्ला प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज ढुंगानासहित नेपाल प्रहरीका ११ जना र सशस्त्र प्रहरीका ५ जना गरी १६ जना घाइते भएको प्रहरीले पुष्टि गरेको छ।
शनिबारसाँझ रोकिएको काम अहिले बिहानैदेखि पुनः बस्ती खाली गराउन थालिएको हो। वि.सं. २०५८ देखि अतिक्रमण सुरु भएको मनोहरा खोला किनारमा हाल करिब ८ सय घरटहरामा ३ हजार ५ सय मानिस बसोबास गर्छन्। यो बस्तीमा बालबालिकाका लागि छुट्टै सामुदायिक विद्यालयसमेत छ