मुख्य समाचार
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका वास्तविक सुकुम्वासी पहिचानको कार्य भोलिदेखि सुरु गरिने
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका वास्तविक सुकुम्वासी पहिचानको कार्य भोलिदेखि सुरु गरिने

: काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका वास्तविक सुकुम्वासी पहिचानको कार्य भोलिदेखि सुरु गरिने भएको छ। आजदेखि सुकुम्वासी बस्ती खाली गराउन थालेको सरकारले भोलिदेखि सुकुम्वासीको पहिचान गर्ने भएको हो।

हालसम्म थापाथलीमा बसोबास गरिरहेका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन्। अन्य स्थानबाट पनि सम्पर्कमा आउने क्रम जारी छ। सम्पर्कमा आएका परिवारहरूलाई दशरथ रंगशाला पुर्‍याएर उनीहरूको विवरण संकलन गरी काठमाडौंका विभिन्न होटलहरूमा राख्ने तयारी छ।

हाललाई घरायसी सामानहरू कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग ब्यास नेपालमा भिन्दा भिन्दै ठाउँ बनाएर सुरक्षित रूपमा राखिएको छ। अब होटलमा राखिएका परिवारहरू वास्तविक सुकुम्वासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने कार्य भोलिबाटै सुरु गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारी बर्षा र प्रतिकूल मौसमलाई मध्यनजर गर्दै बीपी राजमार्ग पूर्णरुपमा बन्द गरिएको छ । प्रतिकूल मौसमका कारण जिल्लाका विभिन्न स्थानमा अत्यधिक वर्षा भइरहेका कारण बीपी राजमार्गमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालका लागि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको हो । बनेपामा भारी वर्षा भएपछि गाडीहरुलाई रोशीको इलाका प्रहरी कार्यालय मंगलटारमा रोकिएको (होल्ड) छ । जिल्ला ...
: नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले केपी ओलीको ठाउँमा अर्को मान्छे राख्दैमा पार्टीभित्रका सबै समस्या समाधान नहुने बताएका छन्। प्रेस चौतारी नवलपुर शाखाले बुधबार कावासोतीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता ज्ञवालीले भने, ‘एउटा मान्छे बसिरहेको कुर्सीमा अर्को मान्छे ल्याएर राख्दैमा मात्र समस्या समाधान हुँदैन । पार्टीभित्र गम्भीर समीक्षा आवश्यक छ ।’ उनले एमालेको नेतृत्व ...
: नवलपरासीको सुनवलमा मेयर विमला अर्याल र शिक्षा शाखा प्रमुख विष्णुप्रसाद गोतामेबीचको विवादले नगर क्षेत्रका शिक्षकहरु अन्यौलमा परेका छन् । शिक्षक काज सरुवाको विषयमा दुई जनाले छुट्टाछुट्टै पत्र जारी गर्दै एक अर्काको निर्देशन नमाने कारबाही गर्ने चेतावनी दिएपछि शिक्षकहरु कसको आदेश मान्ने भनेर अन्यौलमा परेका हुन् । शिक्षा शाखा प्रमुख गोतामेले ‘काज फिर्ता सम्बन्ध’ को ...
: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक चुनौतीहरूलाई पार लगाउन पार्टीभित्र एकता अपरिहार्य रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा सन्देश पठाउँदै उनले यस्तो बताएका हुन् । अस्वस्थताका कारण घरमै आराम गरिरहेका ओलीले आजको कार्यक्रमका लागि सन्देश पठाएका हुन् । उनको सन्देश पार्टी उपाध्यक्ष रामबहादुर थापा ...
: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधव नेपालले सिङ्गो देशको राजनीति अहिले अन्योलतामा अगाडि बढिरहेको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कम्युनिष्ट पार्टीको ७७ औ स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका सहसंयोजक नेपालले कम्युनिष्ट पार्टीहरुले आ–आफ्नो पार्टीको समीक्षा गर्न आवश्यक रहेको बताए । उनले आफूहरुले हेर्दाहेर्दै कम्युनिष्ट आन्दोलन ओरालो लागेको समेत ...