मुख्य समाचार
‘बिचौलिया’ बनेको आरोपमा भक्तपुर मालपोतबाट लेखापढी व्यवसायीहरु पक्राउ
‘बिचौलिया’ बनेको आरोपमा भक्तपुर मालपोतबाट लेखापढी व्यवसायीहरु पक्राउ

: प्रहरीले भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरबाट लेखापढी कानुन व्यवसायीहरूलाई नियन्त्रणमा लिएको छ । कार्यालयभित्र लेखापढीको आवरणमा बिचौलियाको काम गरेको आरोपमा बुधबार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरबाट १५-१६ जनालाई पक्राउ गरी जिल्ला प्रहरी परिसरमा राखिएको प्रहरीले पुष्टि गरेको छ । लेखापढी व्यवसायीले आफ्नो कार्यालयमा बसेर सेवा दिनुपर्नेमा सरकारी कार्यालयका कोठाकोठामा पुगेकाले पक्राउ गर्नुपरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले स्पष्ट पारेका छन् ।

लेखापढी व्यवसायीलाई प्रहरीले योजनाबद्ध धरपकड गरेको भन्दै भू–सेवा, लेखापढी तथा कानुनी सेवा व्यवसायीहरूले ठप्प पारेका छन् । प्रहरीले व्यावसायिक वातावरणमा आतंक पैदा गरेको भन्दै लेखापढी कानुन व्यवसायी संघका सचिव आशिष घिमिरेले विरोध जनाएका छन् । निःशर्त रिहाइ र व्यवसायको सम्मानजनक वातावरण बनाउन पर्ने व्यवसायीहरूको माग छ ।

सामाजिक अभियन्ता प्रेमध्वज मोक्तान कानुनको परिधिभित्र रहेर प्रहरी र व्यवसायी चल्नुपर्ने बताउँछन् । राष्ट्रिय मानवअधिकार संगठन भक्तपुरका अध्यक्ष रामकृष्ण मानन्धर सम्मानित अदालतबाट प्रमाणपत्र पाएर सेवा गरिरहेका व्यवसायीमाथि अनावश्यक धरपकड गर्नु नहुने बताएका छन् । घुसको लेनदेन गराएको अथवा अनैतिक काममा संलग्न भएको प्रमाण बेगर व्यवसायीहरूलाई काममा बाधा पुर्‍याउनु नहुने सेवाग्राहीहरूले समेत प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले केपी ओलीको ठाउँमा अर्को मान्छे राख्दैमा पार्टीभित्रका सबै समस्या समाधान नहुने बताएका छन्। प्रेस चौतारी नवलपुर शाखाले बुधबार कावासोतीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता ज्ञवालीले भने, ‘एउटा मान्छे बसिरहेको कुर्सीमा अर्को मान्छे ल्याएर राख्दैमा मात्र समस्या समाधान हुँदैन । पार्टीभित्र गम्भीर समीक्षा आवश्यक छ ।’ उनले एमालेको नेतृत्व ...
: नवलपरासीको सुनवलमा मेयर विमला अर्याल र शिक्षा शाखा प्रमुख विष्णुप्रसाद गोतामेबीचको विवादले नगर क्षेत्रका शिक्षकहरु अन्यौलमा परेका छन् । शिक्षक काज सरुवाको विषयमा दुई जनाले छुट्टाछुट्टै पत्र जारी गर्दै एक अर्काको निर्देशन नमाने कारबाही गर्ने चेतावनी दिएपछि शिक्षकहरु कसको आदेश मान्ने भनेर अन्यौलमा परेका हुन् । शिक्षा शाखा प्रमुख गोतामेले ‘काज फिर्ता सम्बन्ध’ को ...
: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक चुनौतीहरूलाई पार लगाउन पार्टीभित्र एकता अपरिहार्य रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा सन्देश पठाउँदै उनले यस्तो बताएका हुन् । अस्वस्थताका कारण घरमै आराम गरिरहेका ओलीले आजको कार्यक्रमका लागि सन्देश पठाएका हुन् । उनको सन्देश पार्टी उपाध्यक्ष रामबहादुर थापा ...
: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधव नेपालले सिङ्गो देशको राजनीति अहिले अन्योलतामा अगाडि बढिरहेको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कम्युनिष्ट पार्टीको ७७ औ स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका सहसंयोजक नेपालले कम्युनिष्ट पार्टीहरुले आ–आफ्नो पार्टीको समीक्षा गर्न आवश्यक रहेको बताए । उनले आफूहरुले हेर्दाहेर्दै कम्युनिष्ट आन्दोलन ओरालो लागेको समेत ...
: नेकपा एमालेको पार्टी स्थापना दिवस कार्यक्रममा अध्यक्ष ओली नआउने भएका छन्। नेकपा स्थापना भएको ७७ औँ वर्षगाँठको अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सम्बोध गर्ने कार्यक्रम थियो। तर,अस्वस्थका कारण कार्यक्रममा आउन नसकेको ओली सचिवालयले जनाएको छ। अध्यक्ष ओलीलाई चैत १४ गते सरकारले गिरफ्तार गरी चैत २६ गते रिहा गरेको थियो। उनी पित्तथैलीको पत्थरीयाको ...