मुख्य समाचार
सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरे पनि तस्करहरू भने फरार
सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरे पनि तस्करहरू भने फरार

: सुनसरीमा गाँजा तस्करी नियन्त्रणमा चुनौती थपिँदै गएको छ । पछिल्लो घटनामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरे पनि तस्करहरू भने फरार हुन सफल भएका छन् ।

बुधबार बिहान करिब २ः४५ बजे सुनसरीको बर्जु गाउँपालिका–३ खरीटोलदेखि करिब ८०० मिटर दक्षिण सीमा क्षेत्रबाट भारततर्फ लैजाँदै गरिएको १६० किलो प्रतिबन्धित लागूऔषध गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म कप्तानगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक नन्दकिशोर प्रसाद महतोको कमाण्डमा खटिएको ५ जना र बीओपी अमडुवाबाट सशस्त्र प्रहरी निरीक्षक दिलकुमार माझीको नेतृत्वमा खटिएको ५ जना गरी १० जनाको मोबाइल गस्ती टोलीले उक्त गाँजा नियन्त्रणमा लिएको छ ।

nullगस्ती टोलीलाई देख्ने बित्तिकै गाँजा बोकेर हिँडेका व्यक्तिहरू सामान छाडेर फरार भएका थिए । बरामद गरिएको गाँजा आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक श्यामकुमार कार्कीले जानकारी दिए । पछिल्लो समय सुनसरीमा गाँजा तस्करीका घटनाहरू निरन्तर बढ्दै गएका छन् । विशेष गरी पहाडी जिल्ला धनकुटामा उत्पादन हुने गाँजा सजिलै तराईसम्म झर्ने र त्यहाँबाट भारततर्फ तस्करी हुने क्रम तीव्र बनेको छ । स्रोतका अनुसार धनकुटाबाट भेडेटार हुँदै धरान झारिएको गाँजा सुनसरीका विभिन्न नाकाबाट भारत पठाइने गरेको छ ।



प्रहरीका अनुसार उत्पादन क्षेत्रमा कडाइ नहुँदा तस्करहरूलाई सहज भएको छ । धनकुटामा गाँजा उत्पादन र ओसारपसारमा प्रभावकारी नियन्त्रण नहुँदा तस्करहरूले खुलेआम रूपमा कारोबार गरिरहेका छन् । यसको प्रत्यक्ष असर भने सुनसरी र मोरङमा देखिएको छ, जहाँ सशस्त्र र नेपाल प्रहरीले पटक–पटक गाँजा बरामद गरिरहेका छन् । प्रहरीका अनुसार सीमावर्ती क्षेत्रबाट भारततर्फ हुने अवैध ओसारपसार नियन्त्रण गर्नु चुनौतीपूर्ण बन्दै गएको छ ।

खुला सीमा, भौगोलिक अवस्थिति र संगठित तस्कर समूहको सक्रियताले यस्तो अपराध नियन्त्रणमा कठिनाइ थपिएको उनीहरूको भनाइ छ । सुनसरीमा सशस्त्र र नेपाल प्रहरीले तस्करी नियन्त्रणका लागि गस्ती बढाइएको र अन्य निकायसँग समन्वय गरी अभियान सञ्चालन गरिरहेको भए पनि उत्पादन क्षेत्रमै कडाइ नगरेसम्म समस्या समाधान नहुने बताइएको छ । धनकुटाका प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खडकाले जिल्ला सुरक्षा समितिको बैठकमा गाजा उत्पादन र तस्करी नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न जिल्लाका सबै प्रहरी युनिट र प्रहरी प्रमुखलाई निर्देशन दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले केपी ओलीको ठाउँमा अर्को मान्छे राख्दैमा पार्टीभित्रका सबै समस्या समाधान नहुने बताएका छन्। प्रेस चौतारी नवलपुर शाखाले बुधबार कावासोतीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता ज्ञवालीले भने, ‘एउटा मान्छे बसिरहेको कुर्सीमा अर्को मान्छे ल्याएर राख्दैमा मात्र समस्या समाधान हुँदैन । पार्टीभित्र गम्भीर समीक्षा आवश्यक छ ।’ उनले एमालेको नेतृत्व ...
: नवलपरासीको सुनवलमा मेयर विमला अर्याल र शिक्षा शाखा प्रमुख विष्णुप्रसाद गोतामेबीचको विवादले नगर क्षेत्रका शिक्षकहरु अन्यौलमा परेका छन् । शिक्षक काज सरुवाको विषयमा दुई जनाले छुट्टाछुट्टै पत्र जारी गर्दै एक अर्काको निर्देशन नमाने कारबाही गर्ने चेतावनी दिएपछि शिक्षकहरु कसको आदेश मान्ने भनेर अन्यौलमा परेका हुन् । शिक्षा शाखा प्रमुख गोतामेले ‘काज फिर्ता सम्बन्ध’ को ...
: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक चुनौतीहरूलाई पार लगाउन पार्टीभित्र एकता अपरिहार्य रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा सन्देश पठाउँदै उनले यस्तो बताएका हुन् । अस्वस्थताका कारण घरमै आराम गरिरहेका ओलीले आजको कार्यक्रमका लागि सन्देश पठाएका हुन् । उनको सन्देश पार्टी उपाध्यक्ष रामबहादुर थापा ...
: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधव नेपालले सिङ्गो देशको राजनीति अहिले अन्योलतामा अगाडि बढिरहेको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कम्युनिष्ट पार्टीको ७७ औ स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका सहसंयोजक नेपालले कम्युनिष्ट पार्टीहरुले आ–आफ्नो पार्टीको समीक्षा गर्न आवश्यक रहेको बताए । उनले आफूहरुले हेर्दाहेर्दै कम्युनिष्ट आन्दोलन ओरालो लागेको समेत ...
: नेकपा एमालेको पार्टी स्थापना दिवस कार्यक्रममा अध्यक्ष ओली नआउने भएका छन्। नेकपा स्थापना भएको ७७ औँ वर्षगाँठको अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सम्बोध गर्ने कार्यक्रम थियो। तर,अस्वस्थका कारण कार्यक्रममा आउन नसकेको ओली सचिवालयले जनाएको छ। अध्यक्ष ओलीलाई चैत १४ गते सरकारले गिरफ्तार गरी चैत २६ गते रिहा गरेको थियो। उनी पित्तथैलीको पत्थरीयाको ...