मुख्य समाचार
अर्थमन्त्री र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता
अर्थमन्त्री र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता

। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अमेरिकी दक्षिण तथा मध्य एशियाली मामिला सहायक मन्त्री एस पल कपुरबीच मंगलबार भेटवार्ता भएको छ । अर्थमन्त्रालयमा भएको भेटमा आर्थिक सहकार्यका विषयमा केन्द्रित रहेको अर्थ मन्त्रालयले जनाएको छ । उक्त भेटमा नेपालस्थित अमेरिकी दूतावास, परराष्ट्र मन्त्रालयकाका प्रतिनिधिलगायतको उपस्थिति थिए ।

तीन दिने नेपाल भ्रमणमा रहेका अमेरिकी दक्षिण तथा मध्य एशियाली मामिला सहायक मन्त्री एस पल कपुरले मंगलबार नै परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि शिष्टाचार भेट गरेका थिए ।

भेटका क्रममा नेपालमा व्यापार र लगानी बढाउने विषयमा थप ध्यान केन्द्रित गर्नेबारे छलफल भएको थियो । पराराष्ट्र मन्त्रालयका अनुसार सिंहदरबारमा भएको भेटमा नेपा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा पनि कुरा भएको छ ।

कपुर बालेन सरकार बनेपछि नेपाल भ्रमण गर्ने उच्चतहका पहिलो कूटनीतिज्ञ हुन् । उनको सोमबारबाट सुरू भएको उनको भ्रमणलाई नयाँ सरकार र सरकारको नेतृत्व गर्ने रास्वपासँगको सम्बन्धलाई विस्तार गर्ने योजना अन्तर्गतको भ्रमणको रुपमा पनि यसलाई हेरिएको छ ।

उनले सोमबार सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेसँग भेट गरेका थिए । भेटमा उनले अमेरिका र नेपाल सहकार्यका क्षेत्रबारे कुरा गरेको बताएका छन् ।

‘काठमाडौंमासँग भेट्न पाउँदा खुशी लाग्यो। नयाँ सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्राथमिकताहरू बुझ्ने र अमेरिका–नेपाल सहकार्यका क्षेत्रहरूबारे छलफल गर्ने अवसर मिल्यो’ कपुरले रविसँगको भेटपछि भनेका थिए ।

कपुरले सोबार दिउँसो अमेरिकी उद्योग प्रमुखहरूसँग नेपालको आइसिटी क्षेत्रमा अमेरिकी व्यापारिक अवसर विस्तार गर्ने विषयमा छलफल गरेका थिए ।

उक्त छलफलमा डिजिटल पूर्वाधार सुदृढ बनाउने,एआईको प्रयोग बढाउने, साइबर सुरक्षा मजबुत पार्ने, र अमेरिकी प्रविधिगत दक्षता आदानप्रदान गर्ने उपायहरूबारे कुराकानी भएको दक्षिण तथा मध्य एसिया ब्यूरोले जनाएको छ ।

गत वर्ष अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कपुरलाई दक्षिण एशिया मामिला हेर्ने सहायक विदेशमन्त्रीमा नियुक्त गरेका थिए । त्यसअघि डोनाल्ड लुले दक्षिण एशिया मामिला हेर्दथे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१० सिस्नेमा सरकारी नम्बरको गाडीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । गैंडाकोटबाट कावासोतीतर्फ जाँदै गरेको बा २ झ ३८५४ नम्बरको टाटा सुमोले गएराति ठक्कर दिँदा चितवनको भरतपुर महानगरपालिका–२५ का ४७ वर्षीय श्यामबहादुर भुजेलको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका भुजेलको उपचारका क्रममा मृत्यु भएको पूर्वी नवलपरासीका ...
। अबदेखि सार्वजनिक सवारीसाधनमा ‘जीपीएस’ (कुनै पनि वस्तु वा व्यक्तिको अवस्थिति पत्ता लगाउने) अनिवार्य जडान गर्नुपर्ने भएको छ । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले सवारीसाधनलाई प्रविधिजडित, स्वस्थ, सुरक्षित, मर्यादित र यात्रीमैत्री बनाउने सम्बन्धी निर्देशिका २०८२ को मस्यौदा तयार पारेको छ । सोही निर्देशिका मार्फत सरकारले सवारीसाधनमा अनिवार्य जीपीएस नियम ल्याउन लागेको हो । यस्तो उपकरण जडान ...
। संसद्, संसदीय समिति र सांसदहरूको हकमा प्रचलित अन्य कानुनहरूका प्रावधान लागु नहुने आसयसहितको प्रतिनिधिसभा नियमावली २०८३ तयार भएको छ । यो नियमावली नै संघीय कानुनको रूपमा विशेष कानुन सरह लागु हुने भन्ने प्रस्तावित व्यवस्थाले अन्य कानुनहरू सांसदहरूको हकमा आकर्षित हुन्छन् कि हुन्नन् भन्ने प्रश्न उब्जिएको छ । प्रतिनिधिसभा नियमावली २०७९ मा उल्लेख्य केही परिमार्जनसहित तयार पारिएको ...
। संसद् चलेको बेला प्रधानमन्त्रीले प्रत्येक महिना संसद्‌मा बोल्नुपर्ने भएको छ । यस्तो व्यवस्था प्रतिनिधिसभा नियमावलीमा राखिएको छ । नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न सकिने व्यवस्था छ । उपनियम (१) मा भनिएको छ, ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको ...
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले संसदको नयाँ नियमावलीको मस्यौदा सभामुख डोलप्रसाद अर्याललाई बुझाएको छ। मंगलबार सिंहदरवारमा मस्यौदा समितिका सभापति गणेश पराजुलीले सभामुख अर्याललाई मस्यौदा बुझाएका हुन्। नयाँ नियमावली मस्यौदा बुझ्दै सभामुख अर्यालले प्रक्रियागत रूपमा नियमावली पारित गरिने जानकारी दिए। नियमावलीमा केही असन्तुष्टि, कमी कमजोरी भए संसदबाट सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए। नयाँ नियमावली संसदलाई मार्गदर्शन गर्ने ...