मुख्य समाचार
फास्ट ट्रयाकमा कानुन बनाउन संसद्‌भित्र समय तोकिँदै
फास्ट ट्रयाकमा कानुन बनाउन संसद्‌भित्र समय तोकिँदै

। फास्ट ट्रयाकमा कानुन बनाउन संसद्‌भित्र समय तोकिँदै छ ।

विधेयक दर्ता भएपछि कति दिनभित्र परिपक्क हुने, कति दिनभित्र सामान्य छलफल गरिसक्नुपर्ने, दफाबार छलफलको लागि कति समयसम्म लगाउन पाइने भनेर संसद्‌भित्रको प्रक्रियामा समय तोक्न लागिएको हो ।




प्रतिनिधिसभा नियमावलीमा यस्तो व्यवस्था गरिँदैछ । बरु संशोधन हाल्नु अगाडि सांसदहरूलाई अध्ययनका लागि प्रयाप्त समय दिन खोजिँदैछ । विधेयकमाथि सैद्धान्तिक छलफल सकिएपछि सांसदहरूले संशोधन हाल्न पाउँछन् । यस्तो समय ७२ घण्टा हुने गरेको छ ।

प्रतिनिधिसभामा दर्ता भएको विधेयकमाथि सैद्धान्तिक छलफल सकिएपछि सांसदहरूले संशोधन हाल्न पाउँछन् । यस्तो समय ७२ घण्टा हुने गरेको छ ।




विगतका सांसदहरूले विधेयकमाथि संशोधनका लागि प्राप्त हुने ७२ घण्टा समय कम भएको गुनासो गर्ने गरेका थिए । यसलाई ख्याल गरेर प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले संशोधन हाल्नुअघि विधेयक अध्ययन गर्न सांसदहरूलाई एक साता बढी समय दिने तयारी गरेको छ ।

संसद्‌मा सांसद आफैँले गैरसरकारी विधेयक लैजान सक्छन् । सरकारले सरकारी विधेयक ल्याउने अभ्यास ज्यादा छ ।

विधेयक प्रस्तुत गर्न चाहनेले विधेयकको साथमा उद्देश्य र कारण, सैद्धान्तिक अवधारणा, व्याख्यात्मक टिप्पणीसमेत संलग्न गरी त्यसको सूचना संसद्का महासचिव वा निजको अनुपस्थितिमा सचिवलाई दिनुपर्ने हुन्छ ।

विधेयक ऐनमा रुपान्तरित भएपछि आर्थिक व्ययभार हुने रहेछ भने त्यस्तो विधेयक पेस गर्दा विधेयकको साथमा सम्भावित न्यूनतम आर्थिक दायित्वको विस्तृत विवरणसहितको आर्थिक टिप्पणी पनि संलग्न गर्नुपर्ने हुन्छ ।

कुनै विधेयकमा कानुन बनाउने अधिकार प्रत्यायोजन गर्ने प्रावधान रहेको भए त्यसको कारण, प्रत्यायोजित अधिकारअन्तर्गत बनाइने कानुनको प्रकृति र सीमा तथा त्यसबाट पर्न सक्ने प्रभावसम्बन्धी विस्तृत टिप्पणी संलग्न गर्नुपर्ने हुन्छ ।

यी सबै विवरणसहितको सूचना प्राप्त भएपछि संसद‌मा विधेयक दर्ता हुन्छ ।

संसद् सचिवालयमा विधेयक दर्ता भएपछि सरकारी विधेयकको हकमा दुई दिन र गैरसरकारी विधेयकको हकमा चार दिनभित्र प्रत्येक सदस्यलाई विधेयकको प्रति उपलब्ध गराउनुपर्ने प्रावधान छ । यसका लागि संसद् सचिवालयले सांसदहरूको सम्बन्धित दलको कार्यालयमा रहेको पिजन हलमा विधेयक राखिदिने गरेको छ । त्यस्तो विधेयक सोही दिन वेबसाइटमा राख्नुपर्ने व्यवस्था पनि छ ।

यसपटक प्रतिनिधिसभा नियमावलीमा पिजन हलमा विधेयक राखेको सात दिनपछि मात्रै विधेयकमाथि सभामा सैद्धान्तिक छलफल हुन सक्ने प्रावधान राख्ने प्रस्ताव गरिएको छ । यो सममा सांसदहरूले विधेयक अध्ययन गर्न सक्छन् ।

दर्ता भएर रहेको विधेयक सभामा प्रस्तुत गर्न अनुपयुक्त लागेको अवस्थामा सांसदहरूले विरोध गर्न सक्छन् । यसका लागि विधेयक प्रस्तुत गर्ने अनुमति माग्ने प्रस्तावको विरोधमा सांसदहरूले संसद् सचिवालयमा सूचना दिन सक्छन् । विरोधको सूचना सांसदले विधेयक प्रस्तुत हुने दिनभन्दा एक दिन अगावै सचिवलाई दिए पुग्छ ।

अर्थात्, दर्ता भएको विधेयक सांसदले प्राप्त गरे लगत्तै सभामा पुग्दैन । साथै, विधेयक प्रस्तुत गर्ने अनुमतिको सूचना दिएको सात दिनपछिको कुनै बैठकमा विधेयक प्रस्तुत गर्ने अनुमतिको प्रस्ताव सभामा पेस गर्न सकिने व्यवस्था पनि छ । तर सरकारी विधेयकको हकमा भने पाँच दिन अगाडि सूचना दिन सकिने प्रावधान छ ।

यस प्रक्रियाबाट अगाडि बढेको विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमा कसैले विरोध गरेमा विधेयक पेस हुनु अगाडि विरोधकर्ता र प्रस्तावक सदस्यलाई सभामुखले संक्षिप्त वक्तव्य दिन अनुमति दिनेछन् । तत्पश्चात त्यस्तो प्रश्नमाथि छलफल नगरी सभामुखले बैठकमा निर्णयार्थ प्रस्तुत गर्नेछन् । विधेयक प्रस्तुत गर्ने अनुमति प्राप्त भएमा प्रस्तुतकर्ता सदस्यले विधेयकलाई तत्काल सदनसमक्ष प्रस्तुत गर्नेछ ।

यहाँनेर पनि सांसदहरूले विधेयकमा के कस्ता विषय आएका रहेछन् भनेर अध्ययन गर्ने समय पाउने छन् । यसपछि विधेयकमाथिको सामान्य छलफलको प्रक्रिया अगाडि बढ्छ ।

सभामा विधेयक प्रस्तुत भइसकेपछिको अर्को बैठकमा प्रस्तावक सदस्यले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न सक्छन् । वा, विधेयकलाई जनताको प्रतिक्रिया प्राप्त गर्नको निमित्त प्रचार गरियोस् भन्ने प्रस्तावसमेत राख्न सक्छन् । विधेयक जनताको प्रतिक्रिया लिन अगाडि बढाउने प्रक्रिया अगाडि बढे यससम्बन्धी कार्यविधि निर्माणको काम अगाडि बढ्छ ।

विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भए यसमाथि नै सभामा छलफल हुन्छ । विधेयकको सैद्धान्तिक पक्षमा छलफल भएर अगाडि बढे विधेयकको आवश्यकता र औचित्यमाथि चर्चा हुन्छ । यहाँनेर पनि सांसदहरूले विधेयकको आवश्यकता र महत्वबारे अध्ययन गर्न समय प्राप्त गर्नेछन् ।

विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएपछि विधेयकमा संशोधन पेस गर्न चाहने सांसदहरूले विधेयकमाथिको सामान्य छलफल समाप्त भएको ७२ घण्टाभित्र आफूले पेस गर्न चाहेको संशोधनसहितको सूचना सचिवलाई दिनु पर्नेछ ।

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुली सांसदहरूलाई विधेयकमा संशोधन पेस गर्ने समय प्रावधिक रूपमा मात्रै राख्न खोजिएको बताउँछन् ।

विधेयक संसद्मा दर्ता भएपछि अगाडि बढ्ने प्रक्रियामा सांसदहरूलाई अध्ययनका लागि समय दिने र संशोधन पेस गर्ने समयलाई प्रावधिक रूपमा मात्रै राख्दा विगतमा विधेयक अध्ययन गर्न समय नपाएको वा कम भएको भन्ने गुनासो आउने वातावरण नहुने गरी छलफल अगाडि बढेको उनले जानकारी दिए ।

विधेयकमा सांसदहरूले संशोधन प्राप्त भएपछि विधेयकमाथिको दफावार छलफल सदनमा गरियोस् वा दफावार छलफलको लागि विधेयकलाई सम्बन्धित संसदीय विषयगत समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत हुन्छ ।

सभामा वा संसदीय समिति जहाँ छलफल गरे पनि संशोधनकर्ता सांसदहरूले आफ्नो संशोधनको उद्देश्य र औचित्य पुष्टि गर्ने समय पाउँछन् । सरकारले त्यसको जवाफ दिन्छ । सरकार तयार भए सांसदको संशोधन स्वीकार हुन्छ । सरकार तयार नभए बहुमत/अल्पमतमा समेत सांसदको संशोधनउपर निर्णय लिने अभ्यास छ ।

प्रतिनिधिसभाको बैठकले गत २३ चैतमा रास्वपाका सांसद गणेश पराजुलीको नेतृत्वमा मस्यौदा समिति गठन गरेको थियो ।

समितिमा ओजस्वी शेरचन, खगेन्द्र सुनार, खुस्बु ओली, गजला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, बलावती शर्मा, मधु चौलागाईं, यज्ञमणि न्यौपाने, रेखाकुमारी यदाव र सुलभ खरेल सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अबदेखि सार्वजनिक सवारीसाधनमा ‘जीपीएस’ (कुनै पनि वस्तु वा व्यक्तिको अवस्थिति पत्ता लगाउने) अनिवार्य जडान गर्नुपर्ने भएको छ । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले सवारीसाधनलाई प्रविधिजडित, स्वस्थ, सुरक्षित, मर्यादित र यात्रीमैत्री बनाउने सम्बन्धी निर्देशिका २०८२ को मस्यौदा तयार पारेको छ । सोही निर्देशिका मार्फत सरकारले सवारीसाधनमा अनिवार्य जीपीएस नियम ल्याउन लागेको हो । यस्तो उपकरण जडान ...
। संसद्, संसदीय समिति र सांसदहरूको हकमा प्रचलित अन्य कानुनहरूका प्रावधान लागु नहुने आसयसहितको प्रतिनिधिसभा नियमावली २०८३ तयार भएको छ । यो नियमावली नै संघीय कानुनको रूपमा विशेष कानुन सरह लागु हुने भन्ने प्रस्तावित व्यवस्थाले अन्य कानुनहरू सांसदहरूको हकमा आकर्षित हुन्छन् कि हुन्नन् भन्ने प्रश्न उब्जिएको छ । प्रतिनिधिसभा नियमावली २०७९ मा उल्लेख्य केही परिमार्जनसहित तयार पारिएको ...
। संसद् चलेको बेला प्रधानमन्त्रीले प्रत्येक महिना संसद्‌मा बोल्नुपर्ने भएको छ । यस्तो व्यवस्था प्रतिनिधिसभा नियमावलीमा राखिएको छ । नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न सकिने व्यवस्था छ । उपनियम (१) मा भनिएको छ, ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको ...
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले संसदको नयाँ नियमावलीको मस्यौदा सभामुख डोलप्रसाद अर्याललाई बुझाएको छ। मंगलबार सिंहदरवारमा मस्यौदा समितिका सभापति गणेश पराजुलीले सभामुख अर्याललाई मस्यौदा बुझाएका हुन्। नयाँ नियमावली मस्यौदा बुझ्दै सभामुख अर्यालले प्रक्रियागत रूपमा नियमावली पारित गरिने जानकारी दिए। नियमावलीमा केही असन्तुष्टि, कमी कमजोरी भए संसदबाट सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए। नयाँ नियमावली संसदलाई मार्गदर्शन गर्ने ...
: नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री एस पल कपुरले बालेन्द्र शाह नेतृत्वको सरकारले लिएको सुधारका कार्यक्रमहरू सकारात्मक रहेको बताएका छन्। अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको भेटमा उनले वर्तमान सरकारले गरेका सुधारका कर्यक्रमहरूप्रति अमेरिकाले नजिकबाट नियालिरहेको बताए। कपुरले निर्वाचनपश्चात गठित वर्तमान सरकारले लिएका सुधारका कार्यक्रमहरुलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सकारात्मक रूपमा लिएको बताए। 'हालै सम्पन्न शान्तिपूर्ण निर्वाचनपश्चात् गठित वर्तमान ...