मुख्य समाचार
प्रविधि क्षेत्रको एक अग्रणी कम्पनी एप्पलका सीईओ टिम कुकले पद त्याग्ने निर्णय
प्रविधि क्षेत्रको एक अग्रणी कम्पनी एप्पलका सीईओ टिम कुकले पद त्याग्ने निर्णय

। प्रविधि क्षेत्रको एक अग्रणी कम्पनी एप्पलका सीईओ टिम कुकले पद त्याग्ने निर्णय गरेका छन् । ६५ वर्षीय कुकले सेप्टेम्बर १ मा सीईओको जिम्मेवारी जोन टर्नसलाई हस्तान्तरण गर्ने छन् । त्यसपछि उनी एप्पलमा एक्जीक्युटिभ चेयरम्यान (कार्यकारी अध्यक्ष) का रूपमा रहने बताइएको छ ।

औपचारिक रूपमा उनले पद छोडेपछि जोन टर्नसले एप्पलको नयाँ सीईओको रूपमा जिम्मेवारी सम्हाल्नेछन् । जोन टर्नस विगत २५ वर्षदेखि एप्पलसँग आबद्ध छन् । उनी हाल एप्पलको हार्डवेयर इन्जिनियरिङ प्रमुख छन् ।

एप्पलमा यो परिवर्तनलाई निकै महत्वपूर्ण मानिएको छ । पछिल्ला केही वर्षदेखि टिम कुकले सीईओ पद छोड्न सक्ने चर्चा चलिरहेको थियो । कुकले सन् २०११ देखि कम्पनीको नेतृत्व गर्दै आएका थिए, जतिबेला स्टीव जब्सले स्वास्थ्य समस्याका कारण पद त्यागेका थिए ।

स्टीव जब्सको स्थानमा नेतृत्व सम्हाल्दा कुकका सामु धेरै चुनौती थिए । उनले एप्पललाई नयाँ उचाइमा पुर्‍याउँदै कम्पनीलाई सफलताको नयाँ अध्यायमा प्रवेश गराएको बताइन्छ ।

एप्पलसँग टिम कुकको यात्रा

टिम कुक सन् १९९८ मा एप्पलमा प्रवेश गरेका थिए । त्यतिबेला कम्पनी विभिन्न कठिनाइबाट गुज्रिरहेको थियो । एप्पलका संस्थापक स्टीब जब्सले कुकलाई एप्पलको सञ्चालन टोलीलाई नयाँ दिशामा लैजान नियुक्त गरेका थिए । २४ अगस्ट २०११ मा स्टीब जब्सले पद छोडेपछि टिम कुकले नेतृत्व सम्हालेका थिए ।

सन् २००५ देखि २०११ सम्म उनले कम्पनीको प्रमुख सञ्चालन अधिकृत (चीफ अपरेटिङ अफिसर) का रूपमा काम गरे । यस अवधिमा उनले आइपोड, म्याकबुक, आइफोन र आइप्याडजस्ता उत्पादनहरूको आपूर्ति प्रणालीलाई विश्वस्तरमा सुदृढ बनाए । व्यापक रूपमा उत्पादनहरू सार्वजनिक गर्न सक्नुमा कुकको भूमिका महत्वपूर्ण मानिन्छ ।

उनका कार्यकालमा एप्पल वाच, एयरपड्स, एम १, एम २, एम३ सिलिकन चिप तथा एप्पल भिजन प्रो जस्ता उत्पादनहरू सार्वजनिक गरिएको थियो ।

यससँगै एप्पल ३ ट्रिलियन डलर मूल्यांकन पार गर्ने पहिलो कम्पनी बन्न सफल भयो । कुकको नेतृत्वमा आइक्लाउड, एप्पल म्युजिक, एप्पल टिभी प्लस र एप स्टोरजस्ता सेवा व्यवसायहरू पनि उल्लेखनीय रूपमा विस्तार भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम