मुख्य समाचार
युद्धविरामको समय सीमा सकिँदै गर्दा इरान–अमेरिकाबीचको सम्भावित दोस्रो चरणको वार्ताका विषयमा विश्वले चासो
युद्धविरामको समय सीमा सकिँदै गर्दा इरान–अमेरिकाबीचको सम्भावित दोस्रो चरणको वार्ताका विषयमा विश्वले चासो

: युद्धविरामको समय सीमा सकिँदै गर्दा इरान–अमेरिकाबीचको सम्भावित दोस्रो चरणको वार्ताका विषयमा विश्वले चासो देखाइरहेको छ । अमेरिका र इरानबीचको सम्भावित दोस्रो चरणको वार्तालाई लिएर चीनले समेत चासो व्यक्त गरेको छ ।

अमेरिका–इरान शान्ति वार्ताको नयाँ चरणबारे उठेका सम्भावना र प्रश्नबीच पाकिस्तानका उपप्रधानमन्त्री इशाक डारले चीनका राजदूत जियाङ जायदोंगसँग भेट गरेका छन् । चीनले अमेरिका र इरानबीच शान्ति वार्ता अगाडि बढाउन पाकिस्तानले गरिरहेको प्रयासलाई ‘पूर्ण समर्थन’ दिएको पाकिस्तानको विदेश मन्त्रालयले बताएको छ । यसै क्रममा इरानका एक वरिष्ठ अधिकारीले पाकिस्तानमा अमेरिकासँग हुने सम्भावित वार्तामा सहभागी हुने विषयमा विचार भइरहेको बताएका छन् । तर, इरानभित्रै विभिन्न धारणा देखिएका छन् ।

इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्ससँग सम्बन्धित समाचार अनुसार इरानले आफूले अमेरिका र इजराइललाई दबाबमा पारेको दाबी गरेको छ । अर्कोतर्फ, संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीबीच वार्ता स्वीकार नगर्ने बताएका छन् । यसअघि इरानको विदेश मन्त्रालयले भने अमेरिकासँग वार्तामा बस्नेबारे अझै कुनै अन्तिम निर्णय नभएको स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रविधि क्षेत्रको एक अग्रणी कम्पनी एप्पलका सीईओ टिम कुकले पद त्याग्ने निर्णय गरेका छन् । ६५ वर्षीय कुकले सेप्टेम्बर १ मा सीईओको जिम्मेवारी जोन टर्नसलाई हस्तान्तरण गर्ने छन् । त्यसपछि उनी एप्पलमा एक्जीक्युटिभ चेयरम्यान (कार्यकारी अध्यक्ष) का रूपमा रहने बताइएको छ । औपचारिक रूपमा उनले पद छोडेपछि जोन टर्नसले एप्पलको नयाँ सीईओको रूपमा जिम्मेवारी सम्हाल्नेछन् ...
: संयुक्त राज्य अमेरिकाको लुइसियानाका एक व्यक्तिले आफ्नै सात सन्तानसहित आठ जनाको हत्या गरेका छन् । ३१ वर्षीय शमार एल्किन्सले आफ्नै सात सन्तानसहित आठ जनाको गोली हानी हत्या गरेका हुन् । फ्रेडी मोंटगोमेरीले छिमेकीकहाँबाट घर फर्किदा सडकपारी शमार एल्किन्सलाई देखेका थिए । एल्किन्स शनिबार दिउँसो आफ्नै घरको अगाडिको बरन्डामा बसेका थिए । दुवै जनाले एकअर्कालाई ...
: राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता नभएसम्म अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी नहटाउने बताएका छन्। युद्ध अन्त्य गर्न दोस्रो चरणको वार्ता हुने वा नहुने भन्ने स्पष्ट नभएको बेला ट्रम्पले यस्तो बताएका हुन्। डोनाल्ड ट्रम्पले ट्रुथ सोसियलमा लेखेका छन्,'नाकाबन्दीले इरानलाई पूर्णरूपमा ध्वस्त पारिरहेको छ। उनीहरूले हरेक दिन ५०० मिलियन डलर गुमाइरहेका छन्। यो लामो समयसम्म जारी राख्न असम्भव ...
: पाकिस्तानको इस्लामाबादमा वार्ताको तयारी भइरहेका बेला इरानी झण्डावाहक मालबहाक जहाजलाई अमेरिकाले नियन्त्रणमा लिएपछि इरानले ओमानको खाडीमा रहेका अमेरिकी सैन्य जहाजहरूमाथि ड्रोन आक्रमण गरेको छ। इरानको अर्ध- सरकारी समाचार एजेन्सी तसनीमका अनुसार यी आक्रमणहरू गरिएका हुन्। यद्यपि, यी ड्रोन आक्रमणहरूबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। इरानको सबैभन्दा ठूलो सैन्य कमाण्ड एकाइ 'खातम ...
— अमेरिकाको लुइजियाना राज्यको श्रेवेपोर्ट सहरमा भएको गोलाबारीमा ८ बालबालिकाको मृत्यु भएको छ। उनीहरू सबै १ देखि १४ वर्ष उमेर समूहका थिए। प्रहरीले यसलाई घरेलु विवादका कारण भएको बताएको छ। प्रहरीका अनुसार आइतबार एक आक्रमणकारीले १० जनामाथि गोली चलाएर फरार भएका थिए। पछि प्रहरी कारबाहीमा उनको मृत्यु भएको हो। प्रहरीले मृतकहरूको विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन, ...