— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रयोगकर्ता, यात्रु तथा हवाई सेवा कम्पनीका कर्मचारीहरूले विमानस्थलका अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलमा सवारी साधन पार्किङ शुल्क अत्यधिक महँगो भएको गुनासो गरेपछि भाडा संशोधन गर्न पर्यटन मन्त्रालयले सोमबार समिति बनाएको छ ।
यस सन्दर्भमा नेपाल नागरिक उड्डयन प्राधिकरणले शुल्क संशोधनका लागि मन्त्रालयमा प्रतिवेदन पेस गर्ने उद्देश्यले ५ सदस्यीय समिति गठन गरेको छ ।
समितिको संयोजकमा निमित्त उपमहानिर्देशक विनोदप्रसाद न्यौपानेलाई तोकिएको छ ।
समितिले ३ दिनभित्र शुल्क संरचना पुनरावलोकन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी पाएको छ ।