मुख्य समाचार
नेपाली व्यवसायी शाहमाथि मलेसियामा ३ अर्ब ३७ करोड अवैध कारोबारमा अनुसन्धान
नेपाली व्यवसायी शाहमाथि मलेसियामा ३ अर्ब ३७ करोड अवैध कारोबारमा अनुसन्धान

— मलेसियाको अध्यागमन विभागले गत साता नेपाली व्यवसायी महेन्द्रजंग शाहसहित ९ जनालाई गैरकानुनी रूपमा विदेशी नागरिक मलेसिया भित्र्याउने र नक्कली भिसा बनाउने गिरोहको नेतृत्व गरेको आरोपमा पक्राउ गर्‍यो । पक्राउपछि अध्यागमन महानिर्देशक जकारिया शाबानले पत्रकार सम्मेलन गर्दै मानव तस्करी र नक्कली कागजात बनाउने गिरोहको जालो तोड्न सफल भएको बताएका थिए ।

महानिर्देशक शाबानका अनुसार शाह नेतृत्वको गिरोहले पछिल्लो सात वर्षमा १० करोड रिंगिट (करिब ३ अर्ब ३७ करोड रुपैयाँ) भन्दा बढी अवैध कारोबार गरेको पाइएको छ । ‘करिब ६ महिना गुप्तचर जानकारी संकलनपछि यो अपरेसन गरिएको हो,’ उनले पत्रकार सम्मेलनमा भनेका थिए,‘यो गिरोहले विदेशी कामदारलाई अवैध रूपमा मलेसिया ल्याउँथ्यो । त्यसपछि नक्कली कागजात बनाइदिन्थ्यो ।’

राजधानी क्वालाम्पुरस्थित जलान गलवाऐबाट कारमा भाग्न खोज्दा ४३ वर्षीय शाह पक्राउ परेका थिए । पक्राउ परेका अन्य व्यक्तिहरू भारतीय, बंगलादेशी, मलेसियाली र एक भियतनामी छन् । उनीहरूको साथबाट नेपालीसहित १११ जनाको राहदानी, ल्यापटप, मोबाइल फोन र नक्कली भिसाको स्टिकर बरामद गरिएको थियो ।

विदेशी नागरिकलाई मलेसिया ल्याएर नक्कली भिसा बनाइदिए बापत यो समूहले प्रत्येक व्यक्तिबाट ५ देखि ६ हजार रिंगिटसम्म शुल्क लिने गरेको अनुसन्धानमा खुलेको छ ।

ads/ekantipur1440x233-1-1742026071451.jpg
दुई दशकदेखि मलेसियामा बस्दै आएका कालिकोटका ४३ वर्षीय शाह विवादित व्यवसायी हुन् । उनीमाथि प्रहरी र डनहरूसँगको सम्बन्धलाई प्रयोग गरी नेपाली श्रमिकदेखि व्यवसायीसम्मलाई डर–त्रासमा राख्दै आएको आरोप छ ।

शाहलाई मलेसियाले १० वर्ष पहिले (२ सेप्टेम्बर २०१६ मा) इस्लामिक स्टेट अफ इराक एन्ड सिरिया (आईएसआईएस) लगायत आतंकवादी समूहहरूको गतिविधिसँग सम्बन्ध देखिएको भन्दै देश निकाला (डिपोर्ट) गरेको थियो । ‘उनले होटलसहित मनोरञ्जन व्यवसाय सञ्चालन गर्थे । आतंकवादीहरूको यात्रा सहज बनाउन नक्कली कागजात बनाउने कार्यमा उनी संलग्न रहेको हामीलाई विश्वास छ,’ मलेसियाका तत्कालीन प्रहरी महानिरीक्षक खालिद अबु बकरले त्यसबखत पक्राउ गरेपछि जारी गरेको विज्ञप्तिमा भनिएको थियो ।

पक्राउ गरेर १४ दिनको अनुसन्धानपछि उनलाई देश निकाला गर्दै नेपाल पठाइएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइएको थियो । तर, प्रमाण नभएको भन्दै प्रशासन कार्यालयले उनलाई एक सातामै ६ हजार रुपैयाँ धरौटीमा छाडेको थियो । शाहले आतंकवादी समूहसँग आफ्नो सम्बन्ध नभएको बताएका थिए ।

शाहबारे सेप्टेम्बर २०२४ मा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) सिंगापुरको नेसनल सेन्ट्रल ब्युरोले नेपाल प्रहरीसँग सूचना मागेको थियो । उनीमाथि आतंकवादी कार्यमा वित्तीय लगानी गरेको आशंकामा निगरानी गरिएको बताइएको थियो ।

ads/multiple-banner-1-d-1022026052847.jpg
ads/multiple-banner-2-d-1022026052940.jpg
ads/multiple-banner-3-d-1022026053028.jpg
सन् २०१६ मा शाह पक्राउ पर्नु अघिदेखि नै उनीविरुद्ध नेपाली श्रमिकले दूतावासमा उजुरी दिन थालिसकेका थिए । नक्कली भिसाका कारण मलेसियामा पक्राउ परेका नेपालीले उनीविरुद्ध उजुरी दिएका थिए । त्यसबखत ३० भन्दा बढी उजुरीमा प्रतिव्यक्ति ११ हजार रिंगिट (करिब ४ लाख रुपैयाँ) लिएर दुई वर्षको नक्कली ‘प्रोफेसनल भिसा’ उपलब्ध गराएको उजुरीमा उल्लेख थियो । पीडितको उजुरी परेपछि नेपाली दूतावासले मलेसियाली अधिकारीहरूलाई पत्राचार गरी कारबाही गर्न अनुरोध गरेका थिए ।

शाह गैरआवासीय नेपाली संघ, मलेसियाका पूर्वअध्यक्षसमेत हुन् । वैदेशिक रोजगार व्यवसायी र श्रमिकलाई ठगी गरेको भन्दै कार्यकाल एक वर्ष बाँकी छँदै उनलाई पदबाट हटाइएको थियो ।

डिपोर्टपछि फेरि मलेसिया

मलेसियाबाट देश निकाला गरिएका शाह ‘प्रोफेसनल भिसा (डीपी १०)’ प्रयोग गरी पुनः प्रवेश गरेका थिए । उक्त भिसा सामान्यतया उच्च दक्षता भएका वा व्यवस्थापन तहका व्यक्तिलाई दिइन्छ । ‘मलेसियाको कानुन अनुसार आतंकवादी गतिविधिमा संलग्न भएको शंकास्पद व्यक्तिलाई स्थायी रूपमा प्रवेश निषेध हुनुपर्ने हो । तर, उनी कसरी फेरि देश भित्रन सफल भए भन्ने स्पष्ट छैन,’ मलेसियाको एक अध्यागमन स्रोतलाई उदृत गर्दै त्यहाँको सञ्चारमाध्यम मलेसियाकिनीले लेखेको छ ।

ads/hardik-niskula-opd1440270-2-30320260940361-1042026074814.jpg
शाहले मलेसियाकिनीसँग भनेका थिए,‘म साँच्चिकै आतंकवादी गतिविधिमा लागेको भए मलेसियाको कडा कानुन अन्तर्गत मुद्दा चलाइन्थ्यो ।’

मलेसियाको कम्पनी प्राधिकरण (सीसी) को अभिलेख अनुसार उनी मे २०२४ देखि स्टेलर डाइमण्ड एसडीएन बीएचडीका निर्देशक छन् । उनको यो कम्पनीमा ४० प्रतिशत सेयर स्वामित्व छ । कम्पनीको सेयरको बाँकी हिस्सा एक जना स्थानीय नागरिकको नाममा छ । उक्त कम्पनीले सरसफाइ सेवा प्रदान गर्छ ।

उनी भियतनामी नागरिक गुयेन थी न्गानसँगै बस्दै आएका छन् । ती महिला पनि एचसीसी क्लिनिङ सर्भिस कम्पनीकी निर्देशक हुन् । यो अवैध कारोबारमा संलग्न रहेको आशंकामा उनी पनि अनुसन्धानको दायरामा तानिएकी छन् ।

म्यानपावरलाई ‘डिमाण्ड’ बेच्थे

मलेसियामा रोजगारदाताले विदेशबाट कामदार ल्याउन श्रमिकको मागपत्र (डिमाण्ड) बनाउनुपर्छ । शाहको पहुँच त्यहाँका रोजगारदाता कम्पनीसँग भएकाले ती कम्पनीहरू शाह मार्फत श्रमिक ल्याउन तयार हुन्थे । त्यसैले शाह आफैं रोजगारदाता ल्याउने प्रक्रियामा संलग्न नभई रोजगारदातासँग ‘डिमाण्ड’ किनेर म्यानपावर कम्पनीलाई बेच्ने गर्दथे । पछिल्लो समय एक जना श्रमिकको कोटा बराबर कम्तीमा ३ हजार रिंगेटमा कारोबार भइरहेको छ ।

शाह दुई वर्षअघि मलेसियामै भएको एक जना नेपालीको मृत्युको घटनासँग पनि जोडिएका छन् । २४ चैत २०७९ मा मलेसियाको निलाईस्थित स्टार डोमेन रिसर्चस् कम्पनीको होस्टेलमा मार्भलस इम्प्लोईमेन्टका सञ्चालक ४६ वर्षीय रेन्जी राई मृत अवस्थामा भेटिएका थिए । उनले ‘आत्महत्या’ गरेको बताइए पनि परिवारले स्वीकारेका छैनन् । राईकी श्रीमती इन्द्रसुबाले शंकास्पद मृत्यु भन्दै शंकरप्रसाद आचार्य, महेन्द्रजंग शाह र स्वन लीमाथि छानबिन गर्न प्रधानमन्त्री कार्यालयमार्फत मलेसियाका सरकारी निकायमा उजुरी पठाइकी थिइन् । ‘महेन्द्रजंग शाहबाट दुख नपाउने व्यवसायी निकै कम छन् । धेरैको पैसा फिर्ता गरेका छैनन्,’ एक नेपाली व्यवसायीले भने,‘उनको व्यवहार थाहा पाउने सबै जना उनीबाट टाढै बस्न थालेका छन् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विश्व मानचित्रमा नेपालको चिनारी अब सगरमाथा, गौतम बुद्ध वा लुम्बिनीबाट मात्र होइन्, आईटी हबका रुपमा समेत स्थापित भइसकेको छ भन्ने सन्देश दिन लन्डनमा ‘नेपाल टेक रोड शो यूके’ भएको छ । आउटसोर्सिङ र साझेदारी अवसरहरू अन्वेषण गर्ने लक्ष्यसहित आयोजित ‘नेपाल टेक रोड शो यूके’ दोस्रो संस्करणमा नेपालबाट आएका झण्डै दुई दर्जन आइटी उद्यमीहरुले ब्रिटिश लगानीकर्तालाई ...
। नेपालमा भोटेकोशी बाढीपीडितको सहयोगार्थ ३०० बढी नेपाली धावक लन्डनको प्रमुख हाफ म्याराथन ‘द बिग हाफ म्याराथन २०२६’ मा सहभागी भएका छन् । यस वर्ष दौड्ने नेपाल रन यूके आवद्ध हरेक नेपालीले म्याराथनलाई नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडित तथा उनीहरूका परिवारप्रति समर्पित गरे । हाफ म्याराथनलाई नेपाली धावकहरुले आफ्नो मातृभूमिप्रतिको ऐक्यबद्धता, सहानुभूति र सहयोगको एक सशक्त ...
। रसुवाको भोटेकोशी बाढीबाट जीवन गुमाएकाहरूको सम्झनामा लन्डनस्थित नेपाली दूतावासमा स्मृति सभा आयोजना गरिएको छ । मंगलबार बेलुका दीप प्रज्वलनसहित सुरु गरिएको स्मृति सभामा मृतकहरूको सम्झनामा मौन धारण गरिएको थियो । स्मृति सभामा हाल बेलायतमा अध्ययनरत युवा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो । स्मृति सभालाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले नेपाल सरकारले खोजी, उद्धार तथा ...
। नेपाली कला संस्कृति र पहिचानको उत्सव मानिने ‘लन्डन नेपाली मेला’ आइतबार केम्पटन पार्क रेस कोर्स प्राङ्गणमा सम्पन्न भएको छ । लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा तमुधिं यूकेले मेला आयोजना गरेको हो । नेपालका बाढी पीडितको सहयोगका लागि समर्पित उक्त मेला हेर्न झण्डै १० हजार सहभागी भए । तमुधिं यूकेले बाढी पीडितका लागि आर्थिक संकलन सुरु भइसकेको र ...
। भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै रक्षामन्त्री सिंहले भारतीय सरकार र जनताको तर्फबाट नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेका हुन्। गत भदौ १० गते आएको बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम