मुख्य समाचार
अमेरिकाको लुइसियानाका एक व्यक्तिले आफ्नै सात सन्तानसहित आठ जनाको हत्या
अमेरिकाको लुइसियानाका एक व्यक्तिले आफ्नै सात सन्तानसहित आठ जनाको हत्या

: संयुक्त राज्य अमेरिकाको लुइसियानाका एक व्यक्तिले आफ्नै सात सन्तानसहित आठ जनाको हत्या गरेका छन् । ३१ वर्षीय शमार एल्किन्सले आफ्नै सात सन्तानसहित आठ जनाको गोली हानी हत्या गरेका हुन् ।

फ्रेडी मोंटगोमेरीले छिमेकीकहाँबाट घर फर्किदा सडकपारी शमार एल्किन्सलाई देखेका थिए । एल्किन्स शनिबार दिउँसो आफ्नै घरको अगाडिको बरन्डामा बसेका थिए । दुवै जनाले एकअर्कालाई हात हल्लाए त्यसबेला बालबालिकाहरू आँगनमा खेलिरहेका थिए । अर्को बिहान जब मोंटगोमेरी उठेर पर्दा खोले, उनले सडकपारीको घरमा प्रहरी प्रवेश गरिरहेको देखे । प्रहरीको संख्या झन बढ्दै गयो ।
उनले एक प्रहरीलाई सोधे, ‘के भएको हो, अवस्था निकै खराब हो ?’ प्रहरीले हो भने ।


एल्किन्सले आफ्नी पत्नी र अर्को एक महिलालाई पनि गोली हानेका थिए । अर्की एक महिला (उनकी पत्नीकी बहिनी) र एक १२ वर्षीया बालिकाले ज्यान जोगाउन छतबाट हाम फालेका थिए ।

‘यो अत्यन्तै दुःखद घटना हो, सम्भवतः हामीले देखेको सबैभन्दा ठूलो त्रासदी’, मेयर टम आर्सेनोले आइतबारको पत्रकार सम्मेलनमा भने । सबैभन्दा कान्छी पीडित जायलाÞ एल्किन्स । जसको उमेर ३ वर्षको रहेको अधिकारीहरूले बताएका छन् । हत्या गरिएका अन्य बालबालिकाहरूमा शायला एल्किन्स (५), कायला प्यु (६), लायला प्यु (७), मार्केडन प्यु (१०), सारियाह स्नो (११), खेडार्रियन स्नो (६), र ब्रायलोन स्नो (५), क्याड्डो पेरिश कोरोनरको रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम