मुख्य समाचार
अमेरिकी सैन्य जहाजमाथि इरानको जवाफी आक्रमण
अमेरिकी सैन्य जहाजमाथि इरानको जवाफी आक्रमण

: पाकिस्तानको इस्लामाबादमा वार्ताको तयारी भइरहेका बेला इरानी झण्डावाहक मालबहाक जहाजलाई अमेरिकाले नियन्त्रणमा लिएपछि इरानले ओमानको खाडीमा रहेका अमेरिकी सैन्य जहाजहरूमाथि ड्रोन आक्रमण गरेको छ।

इरानको अर्ध- सरकारी समाचार एजेन्सी तसनीमका अनुसार यी आक्रमणहरू गरिएका हुन्। यद्यपि, यी ड्रोन आक्रमणहरूबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

इरानको सबैभन्दा ठूलो सैन्य कमाण्ड एकाइ 'खातम अल-अनबिया सेन्ट्रल हेडक्वार्टर्स' ले यसअघि नै जवाफी कारबाहीको चेतावनी दिएको थियो। उसले अमेरिकी नौसेनाको कदमलाई युद्धविरामको उल्लंघन र 'सशस्त्र लुट' को संज्ञा दिँदै यसको कडा जवाफ दिने बताएको थियो।



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसैनिक नाकाबन्दी अन्तर्गत खाडीमा इरानी झण्डा भएको 'टोस्का नामक कार्गो जहाजलाई नियन्त्रणमा लिएको पुष्टि गरे।

'आज, इरानी झण्डा लगाइएको जहाज 'टोस्का' ले नौसैनिक नाकाबन्दी तोड्ने प्रयास गर्‍यो तर असफल भयो। यो जहाज ९०० फिट लामो छ र लगभग एउटा एयरक्राफ्ट क्यारियर जत्तिकै भारी छ।' ट्रम्पका अनुसार जहाजलाई रोकिन चेतावनी दिइएको थियो, तर त्यसलाई बेवास्ता गरेपछि अमेरिकी नौसेनाले जहाजको इन्जिन रूममा आक्रमण गरी त्यसलाई बीच समुद्रमै रोकेको हो।

अमेरिकी सेन्ट्रल कमाण्डले पछि एउटा भिडियो पनि जारी गरेको छ, जसमा नौसैनिक जहाजले कार्गो जहाजलाई रोकिरहेको देखिन्छ। यो तनावपूर्ण स्थिति ह्वाइट हाउसले इरानसँगको युद्ध समाप्त गर्ने विषयमा छलफल गर्न अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले पाकिस्तानमा अर्को एउटा प्रतिनिधिमण्डलको नेतृत्व गर्ने पुष्टि गरेपछि अाएकाे हाे ।

तर, इरानले अहिलेसम्म यस वार्तामा सहभागी हुनेबारे कुनै आधिकारिक पुष्टि गरेको छैन। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार, 'जबसम्म अमेरिकाको यो नाकाबन्दी जारी रहन्छ, इरानी अधिकारीहरू कुनै पनि वार्तामा सहभागी हुने छैनन्।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम