: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र अमेरिकाको सहायक विदेशमन्त्री समीर पल कपुरबीच भेटवार्ता भएको छ।
उनीहरूबीच सोमबार काठमाडौंमा भेटवार्ता भएको हो। अमेरिकी दक्षिण तथा मध्य एसिया मामिला हेर्ने कपुरले सामाजिक सञ्जालमार्फत सभापति लामिछानेसँग भेटवार्ता भएको जानकारी दिएका छन्।
उनका अनुसार रास्वपाको प्राथमिकता र द्विपक्षीय हितका विषयमा छलफल भएको थियो।
नयाँ सरकारमा रास्वपाको प्राथमिकताहरूबारे जान्न र अमेरिका-नेपाल सहयोगका क्षेत्रहरूबारे छलफल गर्न सभापति लामिछानेसँग भेटवार्ता गरेको उनको भनाइ छ।