मुख्य समाचार
कांग्रेसले गृहमन्त्री सुधन गुरुङमाथि तत्काल छानबिन गर्न माग
कांग्रेसले गृहमन्त्री सुधन गुरुङमाथि तत्काल छानबिन गर्न माग

: नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङमाथि तत्काल छानबिन गर्न माग गरेको छ। आज एक विज्ञप्ति जारी गर्दै गृहमन्त्री गुरुङको सम्पत्ति र शेयरको विषयमाथि स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गर्न माग गरेको हो।

‘गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासो मात्र होइन, राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको छ। यस्तो अवस्थामा सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका उत्पन्न हुनु स्वाभाविक हो। त्यसैले अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ।’ कांग्रेसका प्रवक्ता देवराज चालीसेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अत: नेपाली कांग्रेस सरकारसमक्ष स्पष्ट माग गर्दछ— गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गरियोस्। यस विषयलाई ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ लैजाने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पुर्‍याउनेछ।’

नेपाली कांग्रेस सधैं पारदर्शिता, जवाफदेहिता र नैतिक राजनीतिको पक्षमा दृढतापूर्वक उभिएको छ र भविष्यमा पनि उभिरहने विज्ञप्तिमा उल्लेख छ। प्रश्नहरूको विश्वसनीय, निष्पक्ष र तथ्यमा आधारित छानबिन अपरिहार्य रहेको कांग्रेसको धारणा रहेको बताइएको छ। ‘केन्द्रीय कार्यसमितिको अघिल्लो बैठकले मन्त्रीहरूको सम्पत्तिको स्रोत सम्बन्धमा सार्वजनिक रूपमा उठेका प्रश्नहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने स्पष्ट निर्णय गरिसकेको छ। पारदर्शिता र जवाफदेहिता लोकतन्त्रका आधारभूत स्तम्भ भएकाले यस्ता प्रश्नहरूको विश्वसनीय, निष्पक्ष र तथ्यमा आधारित छानबिन अपरिहार्य रहेको हाम्रो धारणा हो। यसै निर्णय र प्रतिबद्धताप्रति नेपाली कांग्रेस दृढ छ।’ विज्ञप्तिमा भनिएको छ, ‘नैतिकता र स्वच्छताको राजनीतिलाई संस्थागत गर्ने हाम्रो प्रयास कुनै व्यक्ति, घटना वा दल विशेष लक्षित नभई समग्र राजनीतिक संस्कार सुधारतर्फ उन्मुख छ।’



गृहमन्त्री गुरुङको हदबन्दीभन्दा बढी जग्गा रहेको चर्चा चलिरहेको बेला उनको सम्पत्ति विवरणमा उल्लेख नभएको शेयर पाइएपछि आलोचना हुन थालेको हो। रास्वपाकै नेताहरुले समेत गृहमन्त्री गुरुङलाई फिर्ता बोलाउनुपर्ने माग गरेका छन्। गुरुङले शेयरको विषयमा हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रयोगकर्ता, यात्रु तथा हवाई सेवा कम्पनीका कर्मचारीहरूले विमानस्थलका अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलमा सवारी साधन पार्किङ शुल्क अत्यधिक महँगो भएको गुनासो गरेपछि भाडा संशोधन गर्न पर्यटन मन्त्रालयले सोमबार समिति बनाएको छ । यस सन्दर्भमा नेपाल नागरिक उड्डयन प्राधिकरणले शुल्क संशोधनका लागि मन्त्रालयमा प्रतिवेदन पेस गर्ने उद्देश्यले ५ सदस्यीय समिति गठन गरेको छ । ...
— सरकारले गठन गरेको ‘संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदल’ लाई निर्धारित समयावधिभित्र दुई राजनीतिक दलले मात्र लिखित सुझाव बुझाएका छन् । अन्य राजनीतक दल सुझावका लागि छलफलमै छन् । कार्यदलले संविधान संशोधनमा समावेश गर्नुपर्ने विषय एक साताभित्र उपलब्ध गराइदिन भन्दै गत ३० चैतमा ९ दललाई पत्र पठाएको थियो । कार्यदलका सदस्यसचिव लीलाधर सुवेदीका अनुसार हालसम्म ...
— प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउन र अतिक्रमित जग्गा फिर्ता गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन । ११ विश्वविद्यालय र ७ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूलाई सिंहदरबार बोलाएर उनले छलफल गरेका थिए । छलफलका क्रममा प्रधानमन्त्रीले ३ वटा विषयमा चासो देखाएका उपकुलपतिहरूले बताएका छन् । ‘पहिलो, विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठनसहित प्राध्यापक, कर्मचारीको संगठन हटाउन ...
— बसको ठक्करबाट उदयपुरको बेलका नगरपालिका-३, नयाँटोलमा एक जनाको मृत्यु भएको छ । जन्ती लिन जाँदै गरेको प्रदेश ०१-०२-००२ ख ०१५८ नम्बरको बसले प्रदेश ०१-०२-०४५ प ८४४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोमबार स्थानीय रोमन बस्नेतको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंका अनुसार सोमबार बेलुका बेलका नगरपालिका-९, रामपुरबाट सातपत्रेतर्फ ...
— कांग्रेस सभापति गगन थापाले जेन-जी आन्दोलनका विषयमा गौरीबहादुर कार्की नेतृत्वको आयोगले सार्वजनिक गरेको प्रतिवेदन अपूर्ण र बद्नीयतपूर्ण रहेको बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजनामा सोमबार हेटौंडामा भएको बागमती प्रदेशस्तरीय निर्वाचन समिक्षा कार्यक्रममा उनले कार्की आयोगको प्रतिवेदनले भदौ २४ गतेको बारेमा केही नबोलेको उल्लेख गर्दै उक्त प्रतिवेदन बदनीयतपूर्ण र ‘बायस्ड’ रहेको धारणा राखेका हुन् ...