मुख्य समाचार
फिफा विश्वकप फुटबलका खेल भारतमा हेर्न नपाइने
फिफा विश्वकप फुटबलका खेल भारतमा हेर्न नपाइने

: संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने फिफा विश्वकप फुटबलका खेल भारतमा हेर्न नपाइने भएको छ। आगामी जुन ११ देखि जुलाई १९ सम्म आयोजना हुने विश्वकपको ब्रोडकास्टिङ खरिद गर्न कुनै पनि भारतीय कम्पनीले चासो नदेखाएपछि भारतीयले विश्वकपका खेल हेर्न नपाउने सम्भावना बढेको हो।

विश्वकप फुटबलको ब्रोडकास्टिङ राइटको मूल्य महँगो भएको गुनासो बढेपछि विश्व फुटबलको सर्वोच्च संस्था फिफाले मिडिया राइटको मूल्य ६५ प्रतिशतसम्म घटाएको थियो। यसअघि १ सय मिलियन डलरमा बेच्दै आएको मिडिया राइट्सको मूल्य ३५ मिलियन डलरमा झारेको छ। यसका बाबजुद पनि अहिलेसम्म कुनै भारतीय कम्पनीले मिडिया राइट्स किनेका छैनन्।

सन् २०२२ को कतार विश्वकपको मिडिया राइट्सका लागि भारतीय कम्पनीले ६२ मिलियन डलर खर्च गरेको थियो। भायकम–१८ ले विश्वकपको एकै संस्करणका लागि सो रकम खर्चिएको थियो। तर, यस पटकको विश्वकप उत्तरी अमेरिकामा आयोजना हुँदा एसियाली क्षेत्रका दर्शक प्रभावित बन्ने छन्। राति १२ बजेदेखि बिहान ७ बजेसम्म खेल सञ्चालन हुनेछ। भारतमा रातको समयमा विश्वकपका खेल हेर्नुपर्ने भएकाले पनि भारतीय कम्पनीले चासो नदेखाएको जनाइएको छ।

भारतमा फुटबलको विज्ञापन बजार पनि धेरै ठूलो छैन। रियल मनी गेमिङमाथिको प्रतिबन्धका कारण पनि विज्ञापन बजार बिथोलिएको छ। जसका कारण पहिलेभन्दा विज्ञापन बजार र बजेट पनि कम भएको छ। यस्तै स्टार इन्डिया र भायकम–१८ मर्जर भएर नयाँ कम्पनी जियोस्टार बनेको छ। जियोस्टारले २५ मिलियन डलरसम्म खर्च गर्न उत्सुकता देखाए पनि फिफाले आफ्नो मूल्य स्पष्ट निर्धारण गरेकाले अहिलेसम्म भारतीय कम्पनीले विश्वकपको मिडिया राइट्स खरिद गर्न सकेका छैनन्।

सन् २०२२ को विश्वकपले भारतबाट १० मिलियन डिजिटल दर्शक पाएको थियो। त्यसैले मिडिया राइट्समा भारतीय कम्पनीले चासो नदेखाए फिफाले आफ्नै प्लेटफर्ममा लाइभ स्ट्रिम गर्नुपर्ने माग भारतमा उठेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम