मुख्य समाचार
बागमती प्रदेश सरकारलाई चालु आवको अन्तिम तीन महिनामा ७२ प्रतिशत बजेट खर्च गर्नुपर्ने दबाब
बागमती प्रदेश सरकारलाई चालु आवको अन्तिम तीन महिनामा ७२ प्रतिशत बजेट खर्च गर्नुपर्ने दबाब

— बागमती प्रदेश सरकारलाई चालु आवको अन्तिम तीन महिनामा ७२ प्रतिशत बजेट खर्च गर्नुपर्ने दबाब परेको छ । चालु आर्थिक वर्षको तेस्रो चौमासिकसम्म कुल विनियोजन रकमको २८ प्रतिशतमात्र बजेट खर्च भएकाले प्रदेश सरकारलाई आगामी ३ महिनामा ७२ प्रतिशत बजेट खर्च गर्नुपर्ने दबाब परेको हो ।

आर्थिक वर्ष तीन महिनामात्र बाँकी रहँदासम्म सरकारको खर्चमा उल्लेख्य प्रगति हुन सकेको देखिँदैन । हालसम्मको अवस्था अनुसार प्रदेश सरकारले आगामी ३ महिनामा ७२ प्रतिशत बजेट खर्च गर्नुपर्ने अवस्था छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको चैत मसान्तसम्मको वित्तीय प्रगति प्रतिवेदनले प्रदेश सरकारको कार्यसम्पादन अत्यन्तै सुस्त देखिएको छ । आगामी ३ महिना अर्थात् वैशाख, जेठ र असारमा ७२ प्रतिशत बजेट खर्च गरिसक्नु पर्ने दबाब सरकारमाथि छ ।

सरकारले चालु आर्थिक वर्षका लागि कुल ६७ अर्ब ४७ करोड ३३ लाख ७० हजार रुपैयाँको बजेट ल्याएको थियो । चैत मसान्तसम्ममा १९ अर्ब ३७ करोड १७ लाख ८१ हजार रुपैयाँ अर्थात् २८ दशमलव ७१ प्रतिशत मात्र खर्च भएको छ । सरकारले बाँकी ३ महिनामा ४८ अर्ब १० करोड १५ लाख ८९ हजार रुपैयाँ अर्थात् ७१ दशमलव २९ प्रतिशत बजेट खर्च गर्नुपर्ने देखिन्छ ।

प्रदेशको विकाससँग प्रत्यक्ष जोडिने पुँजीगत खर्चको अवस्था पनि कमजोर देखिएको छ । चालु आर्थिक वर्षमा विनियोजित कुल पुँजीगत बजेट ४० अर्ब ८३ करोड ५३ लाख ५६ हजार रुपैयाँमध्ये सरकारका निकायहरूले ९ महिनाको अवधिमा ९ अर्ब ४२ करोड ३२ लाख ६ हजार अर्थात् २३ दशमलव ९ प्रतिशत मात्र खर्च गरेका छन् । सरकारमाथि विकास बजेटको ३१ अर्ब ४१ करोड २१ लाख ५० हजार अर्थात् ७६ दशमलव ९१ प्रतिशत हिस्सा खर्च गर्नुपर्ने अवस्था छ ।

सबैभन्दा धेरै बजेट भएका विकास केन्द्रित मन्त्रालयहरूकै खर्च गर्ने क्षमता कमजोर देखिएको छ । प्रदेश सरकारको कुल विनियोजित बजेटको करिब ४० प्रतिशत बजेट पाएको भौतिक पूर्वाधार विकास मन्त्रालयको खर्च ९ महिनामा ३० प्रतिशतमात्र भएको छ । २१ अर्ब १४ करोडको पुँजीगत बजेट भएको उक्त मन्त्रालयले हालसम्म ६ अर्ब ३७ करोड अर्थात् ३० दशमलव १५ प्रतिशत खर्च गरेको छ । उक्त मन्त्रालयले आगामी ३ महिनामा विकास बजेटतर्फ १४ अर्बभन्दा बढी रकम खर्च गर्नुपर्ने अवस्था छ ।

बजेटको हिस्साअनुसार प्रदेशको दोस्रो ठूलो मन्त्रालय खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले हालसम्म २५ दशमलव १३ प्रतिशतमात्र बजेट खर्च गरेको छ । ९ अर्ब ७२ करोडको पुँजीगत बजेट पाएको उक्त मन्त्रालयले हालसम्म २ अर्ब ४४ करोडमात्र खर्च गरेको हो ।

प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २ अर्ब १३ करोडको पुँजीगत बजेटमा ४१ करोड अर्थात् १९ दशमलव ६३ प्रतिशत मात्र खर्च गरेको छ भने स्वास्थ्य मन्त्रालयले ३ अर्ब ४१ करोडको पुँजीगत बजेटमा ८७ करोड अर्थात् २५ दशमलव ५५ प्रतिशत मात्र खर्च गरेको छ । वन तथा वातावरण मन्त्रालयले २ अर्ब १२ करोड पुँजीगत बजेटमा ४४ करोड अर्थात् २१ दशमलव ५ प्रतिशत मात्र खर्च भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको तथ्याङ्क अनुसार चैत मसान्तसम्म प्रदेशका मन्त्रालयहरूले औसतमा २८ दशमलव ७१ प्रतिशतमात्र बजेट खर्च गरेका छन् । प्रदेशको १४ मन्त्रालयमध्ये श्रम, रोजगार तथा यातायात मन्त्रालयले तुलनात्मक रूपमा बढी बजेट खर्च गरेको छ । उक्त मन्त्रालयले ४४ दशमलव ७१ प्रतिशत बजेट खर्च गरी मन्त्रालयगत खर्चको सूचीमा अग्रस्थानमा छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले ३० दशमलव १२ प्रतिशत, सामाजिक विकास मन्त्रालयले ३० दशमलव ५ प्रतिशत, वन तथा वातावरण मन्त्रालयले ३५ दशमलव १२ प्रतिशत बजेट खर्च गर्दा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले २६ दशमलव ४४ प्रतिशत खर्च गरेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले ३० दशमलव २५ प्रतिशतमात्र बजेट खर्च गरेको छ भने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको बजेट खर्च २१ दशमलव ३० प्रतिशतमा सीमित छ । युवा तथा खेलकुद मन्त्रालयको कार्यसम्पादन सबैभन्दा कमजोर हुँदा चैत मसान्तसम्म जम्मा १४ दशमलव १२ प्रतिशतमात्र बजेट खर्च गरेको छ ।

खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले २६ दशमलव ४३ प्रतिशत, स्वास्थ्य मन्त्रालयले २४ दशमलव १२ प्रतिशत, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले २५ दशमलव ३१ प्रतिशत, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २१ दशमलव ३ प्रतिशत बजेट कार्यान्वयनमा ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सहकारी क्षेत्रको नियमन गर्ने जिम्मा नेपाल राष्ट्र बैकलाई दिन बैंकर्सहरूले सुझाव दिएका छन् । आइतबार प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक माथिको छलफलमा सहभागी बैंकर्सहरूले बैंकिङ कारोबार गर्ने सहकारीलाई नेपाल राष्ट्र बैंकको नियमनमा ल्याउनु पर्ने सुझाव दिएका हुन् । बैठकमा उनीहरूले अनुसार पछिल्ला वर्षहरूमा सहकारी क्षेत्रमा ...
। सरकारले व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना अद्यावधिक गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७९/८० देखि २०८४/८५ सम्मको व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना अद्यावधिक गरेको हो । मन्त्रालयका अनुसार यो प्रथम पटकको अद्यावधिक हो । अद्यावधिक कार्ययोजनामा योजनाको कार्यान्वयन गर्न प्रत्येक निकायको कार्यजिम्मेवारी र समयसारिणी उल्लेख गरिएको छ । कार्ययोजनाबमोजिम सम्बन्धित निकायहरूले आफ्नो जिम्मेवारी भित्रका कार्य तोकिएको ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारले प्रतिफल दिने ठाउँमा मात्रै ऋण लगानी गर्ने बताएका छन् । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा भएको राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । विगतमा अनुत्पादक क्षेत्रमा ऋण लगानी गर्दा सार्वजनिक ऋणको भार बढेको बताउँदै उनले पछिल्लो सात–आठ ...
। किसानले उत्पादन गरेका खसीबोकाको उचित मूल्य नपाएको विषयमा कृषि, वन तथा पर्यावरण मन्त्रालयले चासो व्यक्त गरेको छ । किसानलाई न्यायोचित मूल्य दिलाउन मन्त्रालयले खसीबोकाको बजार तथा आपूर्ति शृङ्खलाको विस्तृत अध्ययन अघि बढाएको जनाएको हो । किसानदेखि व्यापारी र बजारसम्मको आपूर्ति शृङ्खलाको तथ्यांक संकलन प्रक्रिया सुरु गरिएको मन्त्रालयको भनाइ छ । बजारमा खसीबोकाको खरिदबिक्री मूल्य र उत्पादक (किसान) ...
: इरानसँगको तनाव पुनः चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा बुधबार कच्चा तेलको मूल्य पाँच प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि भएको अन्तरिम समझदारी समाप्त भएको घोषणा गरेपछि मूल्य उकालो लागेको हो। अन्तर्राष्ट्रिय ऊर्जा बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ३ डलर ८२ सेन्टले बढेर ७७ डलर ९८ सेन्ट पुगेको छ, जुन ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम