मुख्य समाचार
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र अस्ट्रेलियाको प्रतिनिधिसभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र अस्ट्रेलियाको प्रतिनिधिसभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता

— राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र अस्ट्रेलियाको प्रतिनिधिसभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ ।

टर्कीको इस्तानबुलमा जारी अन्तर व्यवस्थापिका संघ (आइपीयू)को १५२ औं महासभामा सहभागी अध्यक्ष दाहाल र सभामुख मिल्टनबीच भेटवार्ता भएको हो । भेटमा नेपाल र अस्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका विषयमा छलफल भएको राष्ट्रिय सभाका अध्यक्षको सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालले जेनेभामा भएको भेटको स्मरण गर्दै दुई देशका संसदबीचको सहकार्य, सहयोग र अनुभव आदानप्रदानका लागि थप कार्यक्रम बनाउनु पर्नेमा जोड दिए । अस्ट्रेलियाले नेपालको विकास र समृद्धिका लागि पुर्‍याउँदै आएको भन्दै अध्यक्ष दाहालले आगामी दिनमा अझ थप सहयोग र सहकार्यका लागि आग्रह गरे ।

नेपाल र अस्ट्रेलियाबीच सिधा हवाई सेवा सञ्चालन गर्न सके दुई देशबीचको सम्बन्ध विस्तारमा थप टेवा पुग्ने उनको भनाइ थियो ।

अस्ट्रेलियामा नेपाली समुदायको ठूलो उपस्थिति रहेको सन्दर्भ कोट्याउँदै अध्यक्ष दाहालले नेपाली समुदायको शिक्षा, रोजगारी र सुरक्षाका लागि संसद्‍को तर्फबाट सकारात्मक पहलकदमीका लागि आग्रह गरे ।

अस्ट्रेलियाको प्रतिनिधिसभाका सभामुख मिल्टन डिकले अस्ट्रेलिया र नेपालको सम्बन्ध विगतदेखि नै निकै सौहार्दपूर्ण रहेको चर्चा गर्दै संसदीय सहकार्यले दुई देशको सम्बन्ध अझ प्रगाढ र मजबुत बन्ने बताए ।

आफूले नेपाल भ्रमण गरेर फर्केपछि आफ्नो निर्वाचन क्षेत्रका ३ वटा सरकारी विद्यालयमा नेपाली भाषाको पाठ्यक्रम पनि समावेश गरेको उल्लेख गर्दै सभामुख मिल्टनले आगामी दिनमा त्यसलाई बढाएर लैजाने बताए ।

एसिया प्यासिफिक क्षेत्रबाट अहिलेसम्म आइपीयूको नेतृत्व नभएको र आगामी १५३ औँ महासभामा आफूले आइपीयूको अध्यक्षमा उम्मेदवारी दिने उल्लेख गर्दै सभामुख मिल्टनले उक्त निर्वाचनमा नेपालको पूर्ण सहयोग रहनेमा आफू विश्वस्त रहेको बताए ।

संसदीय मैत्री समूह गठन, आपसी भ्रमण, संसदीय अभ्यास आदानप्रदानजस्ता कार्यमा आफू सधैँ तत्पर रहेको उनले बताए । हवाई सेवा सिधा उडान, शैक्षिक छात्रवृत्ति वृद्धिलगायतका विषयमा आफूहरु सकारात्मक भएको सभामुख मिल्टनको भनाइ थियो।

आइपीयूको अध्यक्षको उम्मेदवारीका सन्दर्भमा अध्यक्ष दाहालले नेपालको तर्फबाट आगामी आइपीयूमा प्रतिनिधिसभाका सभामुखको सहभागिता रहने र आफूले आवश्यक समन्वय गर्ने उल्लेख गरे ।

भेटमा नेपाली संसदीय प्रतिनिधि मण्डलको तर्फबाट राष्ट्रियसभाका सदस्यहरु कृष्णबहादुर रोकाया र अञ्जान शाक्य, राष्ट्रियसभा सचिव तुलबहादुर कँडेल र शाखा अधिकृत सपना सापकोटाको उपस्थिति रहेको थियो ।

चीन र भुटानको संसदीय प्रतिनिधि मण्डलसँग भेट

यसैबीच आइपीयूको साइडलाइन मिटिङमा चिनियाँ राष्ट्रिय जनकङ्‍ग्रेसका सदस्य तथा शिक्षा, विज्ञान, संस्कृति र जनस्वास्थ्य समितिका उपाध्यक्ष नेतृत्वको संसदीय प्रतिनिधि मण्डल र भुटानको संसद् काउन्सिल अफ रिप्रेरिजेन्टेटिभका सभामुख नेतृत्वको टोलीसँग पनि शिष्टाचार भेटवार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टारमा चक्कु प्रहार गरी एक जनाको हत्या भएको छ । आइतबार साँझ चौदण्डीगढी नगरपालिकाको कार्यालयबाट बेल्टार बजार जाने ओरालो बाटोमा ७३ वर्षीय रामप्रसाद राईले ६४ वर्षीय महासेर राईको हत्या गरेका हुन् । दुवै छिमेकी हुन् । सामान्य विवादका क्रममा चौदण्डीगढी नगरपालिका–७ सीतापाइलाका रामप्रसादले महासेरको छातीको दाइने भागमा चक्कु प्रहार गरेपछि स्थानीय र प्रहरीले ...
— सरकारले पालिका र वडाको संख्या र सीमा पुनरावलोकन तयारीका लागि सुझाव संकलन थालेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘गाउँपालिका, नगरपालिका र वडाको संख्या तथा सिमाना पुनरावलोकन, स्थानीय तह गाभ्ने तथा वर्गीकरण पुनरावलोकनसम्बन्धी मापदण्ड, २०८३’ को मस्यौदा तयार गरी त्यसमा सुझाव मागेको हो । स्थानीय तह र वडाको संख्या तथा सिमाना स्थानीय निर्वाचनको ...
— वीरगन्ज महानगर क्षेत्रमा आइतबार बिहानैदेखि सडकको दाँयाबाँया २५ मिटरभित्रका संरचना भत्काउन सुरु गरिएको छ । त्रिभुवन राजपथ अन्तर्गतको गण्डक–मितेरी पुल सडक क्षेत्रमा रहेका अतिक्रमित संरचना बिहान साढे ५ बजेबाट हटाउन सुरु गरिएको हो । सडक डिभिजन हेटौंडा कार्यालयले आइतबार करिब १ दर्जन डोजर/एस्क्साभेटर चलाएर संरचना हटाउन सुरु गरेको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर ...
— नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक अभियानलाई सफल पार्न बाग्मती प्रदेशका नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित जिल्ला सभापति, जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, पार्टीले जरा अभियानका लागि खटाएका केन्द्रित प्रतिनिधिलगायतको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले सदस्यतालाई सहज र प्रविधिमैत्री बनाउन डिजिटल अद्यावधिक गर्न लागिएको बताए । ...
: चट्याङ पर्दा चार्जमा राखेर मोबाइल चलाइरहेका गोरखाका एक युवकको मृत्यु भएको छ । सहिदलखन गाउँपालिका- ५ तोरेन पोखरीडाँडा निवासी २६ वर्षीय विनोद थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । आइतबार साँझ ६:३० बजेतिर चट्याङ पर्रिरहेको समयमा चार्जमा राखेर मोबाइल फोनमा बोलिरहेका बेला विद्युतमा हाईभोल्टेज आई मोबाइल पड्कँदा थापा घाइते भएका थिए । ...