मुख्य समाचार
झापाले दोस्रोपटक विराट गोल्डकपको उपाधि कब्जा
झापाले दोस्रोपटक विराट गोल्डकपको उपाधि कब्जा

: ३८ औं संस्करणको विराट गोल्डकप फुटबलको उपाधि झापा–११ ले उचालेको छ । झापाले दोस्रोपटक विराट गोल्डकपको उपाधि कब्जा गरेको हो । सहिद रंगशालामा आइतबार राति भएको रोमाञ्चक फाइनल खेलमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लब विराटनगरलाई २–१ गोलअन्तरले निराश बनाउँदै झापाले फेरि एकपटक आफूलाई बलियो प्रतिस्पर्धीका रूपमा स्थापित गरेको छ ।

खेलको सुरुआतदेखि नै दुवै टोलीबीच कडा प्रतिस्पर्धा देखिएको थियो । दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । सम्राट स्पोर्टिङले १६ औं मिनेटमा पाएको उत्कृष्ट अवसरमा सुरज तामाङले डिबक्सभित्रबाट प्रहार गरेका थिए । तर, झापाका गोलरक्षक विशाल सुनारले उत्कृष्ट बचाउ गर्दै टोलीलाई संकटबाट जोगाए । त्यसको केही क्षणमै झापाका सुलमान किङले गरेको प्रहार पोस्ट बाहिरिएको थियो ।

दोस्रो हाफमा झापा थप आक्रामक रूपमा मैदान उत्रियो । खेलको ४७ औं मिनेटमा राजेश दाहालले गरेको प्रहार लक्ष्यभन्दा बाहिरिएको थियो भने ५५ औं मिनेटमा मौसम सुब्बाको कडा प्रहारले पनि जाली चुम्न सकेन । लगातार दबाब सिर्जना गरिरहेको झापाले अन्ततः ८१ औं मिनेटमा अग्रता लिन सफल भयो । गोलरक्षक विशाल सुनारले दिएको लामो पासलाई उत्कृष्ट नियन्त्रणसहित राजेश दाहालले गोलमा परिणत गर्दै टोलीलाई महत्वपूर्ण अग्रता दिलाए ।



झापाले पहिलो गोल गरेको केही समयमै खेल आफ्नो पक्षमा पार्ने अर्को अवसर सदुपयोग गर्‍यो । ८७ औं मिनेटमा फागुराम थारूको सटीक पासमा दिवस उराउले गोल गर्दै झापाको जित सुनिश्चित गरेका थिए । दुई गोलले पछि परेको सम्राट स्पोर्टिङले हार नमान्दै इन्जुरी समयमा सौरभ तामाङमार्फत एक गोल फर्कायो । तर, त्यो सान्त्वना गोलमै सीमित रहँदा सम्राटको पुनरागमन प्रयास सफल हुन सकेन । यस जितसँगै झापा ११ ले ११ लाख रुपैयाँ नगद पुरस्कार हात पारेको छ भने उपविजेता सम्राट स्पोर्टिङ क्लबले ५ लाख रुपैयाँमा चित्त बुझाउनु परेको छ । झापाले यसअघि २०७१ सालमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै पहिलो पटक यो प्रतिष्ठित प्रतियोगिताको उपाधि जितेको थियो । यसपटकको जितले उसलाई पुनः शीर्ष स्थानमा पुर्‍याएको छ ।

फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका झापाका राजेश दाहाल ‘प्लेयर अफ दी म्याच’ घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिताभरि झापाकै खेलाडीहरूको वर्चस्व देखियो । फागुराम थारू तीन गोलसहित ‘हाइ स्कोरर’ बने । उत्कृष्ट गोलरक्षकको उपाधि विशाल सुनारले जिते भने झापाका प्रशिक्षक सन्तोष बस्नेत उत्कृष्ट प्रशिक्षक घोषित भए । यी विधागत विजेताहरूले जनही १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

यता, उपविजेता टोली सम्राट स्पोर्टिङका अशोक खवास प्रतियोगिताकै ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए । उनले नगद ५१ हजार रुपैयाँ पुरस्कार पाए । समग्र प्रतियोगितामा उनको प्रदर्शन प्रशंसनीय रहयो । जसले टोलीलाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण योगदान दिएको थियो । चैत २८ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतसहित विभिन्न स्थानका ८ टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...