मुख्य समाचार
झापाले दोस्रोपटक विराट गोल्डकपको उपाधि कब्जा
झापाले दोस्रोपटक विराट गोल्डकपको उपाधि कब्जा

: ३८ औं संस्करणको विराट गोल्डकप फुटबलको उपाधि झापा–११ ले उचालेको छ । झापाले दोस्रोपटक विराट गोल्डकपको उपाधि कब्जा गरेको हो । सहिद रंगशालामा आइतबार राति भएको रोमाञ्चक फाइनल खेलमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लब विराटनगरलाई २–१ गोलअन्तरले निराश बनाउँदै झापाले फेरि एकपटक आफूलाई बलियो प्रतिस्पर्धीका रूपमा स्थापित गरेको छ ।

खेलको सुरुआतदेखि नै दुवै टोलीबीच कडा प्रतिस्पर्धा देखिएको थियो । दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । सम्राट स्पोर्टिङले १६ औं मिनेटमा पाएको उत्कृष्ट अवसरमा सुरज तामाङले डिबक्सभित्रबाट प्रहार गरेका थिए । तर, झापाका गोलरक्षक विशाल सुनारले उत्कृष्ट बचाउ गर्दै टोलीलाई संकटबाट जोगाए । त्यसको केही क्षणमै झापाका सुलमान किङले गरेको प्रहार पोस्ट बाहिरिएको थियो ।

दोस्रो हाफमा झापा थप आक्रामक रूपमा मैदान उत्रियो । खेलको ४७ औं मिनेटमा राजेश दाहालले गरेको प्रहार लक्ष्यभन्दा बाहिरिएको थियो भने ५५ औं मिनेटमा मौसम सुब्बाको कडा प्रहारले पनि जाली चुम्न सकेन । लगातार दबाब सिर्जना गरिरहेको झापाले अन्ततः ८१ औं मिनेटमा अग्रता लिन सफल भयो । गोलरक्षक विशाल सुनारले दिएको लामो पासलाई उत्कृष्ट नियन्त्रणसहित राजेश दाहालले गोलमा परिणत गर्दै टोलीलाई महत्वपूर्ण अग्रता दिलाए ।



झापाले पहिलो गोल गरेको केही समयमै खेल आफ्नो पक्षमा पार्ने अर्को अवसर सदुपयोग गर्‍यो । ८७ औं मिनेटमा फागुराम थारूको सटीक पासमा दिवस उराउले गोल गर्दै झापाको जित सुनिश्चित गरेका थिए । दुई गोलले पछि परेको सम्राट स्पोर्टिङले हार नमान्दै इन्जुरी समयमा सौरभ तामाङमार्फत एक गोल फर्कायो । तर, त्यो सान्त्वना गोलमै सीमित रहँदा सम्राटको पुनरागमन प्रयास सफल हुन सकेन । यस जितसँगै झापा ११ ले ११ लाख रुपैयाँ नगद पुरस्कार हात पारेको छ भने उपविजेता सम्राट स्पोर्टिङ क्लबले ५ लाख रुपैयाँमा चित्त बुझाउनु परेको छ । झापाले यसअघि २०७१ सालमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै पहिलो पटक यो प्रतिष्ठित प्रतियोगिताको उपाधि जितेको थियो । यसपटकको जितले उसलाई पुनः शीर्ष स्थानमा पुर्‍याएको छ ।

फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका झापाका राजेश दाहाल ‘प्लेयर अफ दी म्याच’ घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिताभरि झापाकै खेलाडीहरूको वर्चस्व देखियो । फागुराम थारू तीन गोलसहित ‘हाइ स्कोरर’ बने । उत्कृष्ट गोलरक्षकको उपाधि विशाल सुनारले जिते भने झापाका प्रशिक्षक सन्तोष बस्नेत उत्कृष्ट प्रशिक्षक घोषित भए । यी विधागत विजेताहरूले जनही १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

यता, उपविजेता टोली सम्राट स्पोर्टिङका अशोक खवास प्रतियोगिताकै ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए । उनले नगद ५१ हजार रुपैयाँ पुरस्कार पाए । समग्र प्रतियोगितामा उनको प्रदर्शन प्रशंसनीय रहयो । जसले टोलीलाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण योगदान दिएको थियो । चैत २८ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतसहित विभिन्न स्थानका ८ टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम