मुख्य समाचार
इरानले होर्मुज स्ट्रेट पुनः बन्द गरेसँगै तेलको मूल्य ७ प्रतिशतले बढ्यो
इरानले होर्मुज स्ट्रेट पुनः बन्द गरेसँगै तेलको मूल्य ७ प्रतिशतले बढ्यो

: इरानले विश्वको कुल कच्चा तेलको पाँचौँ हिस्सा ओगट्ने महत्त्वपूर्ण जलमार्ग होर्मुज स्ट्रेट पुन: बन्द गरेसँगै तेलको मूल्यमा ७ प्रतिशतले वृद्धि भएको छ । योसँगै अमेरिका र इरानबीच भएको अस्थायी युद्धविरामको समयसीमा बुधबार समाप्त हुन लागेकाले तनाव थप चुलिने देखिएको छ ।

अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य ७५ ले बढेर प्रति ब्यारल ९६. ८८ डलर पुगेको छ। इरानले जलमार्ग पुनः खोल्ने खबरका कारण गत शुक्रबार यसको मूल्य मार्च १० यताकै न्यून बिन्दुमा झरेको थियो।

अमेरिकी कच्चा तेलको मूल्य पनि ७५ ले बढेर प्रति ब्यारल ९०. ३३ डलर पुगेको छ। तनावको मुख्य कारण शनिबार इरानले अमेरिकामाथि 'विश्वासघात' गरेको आरोप लगाउँदै उक्त जलमार्ग अधिकांश ट्राफिकका लागि पुनः बन्द गर्ने घोषणा गरेको थियो।



यसै बीच, ओमानको खाडीमा अमेरिकी नाकाबन्दी छल्न खोज्ने इरानी झण्डा बोकेको एउटा कार्गो जहाजमाथि अमेरिकी नौसेनाले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। यस घटनाले यस क्षेत्रको तनावलाई थप बढावा दिएको छ।

ट्र्याकिङ डेटाका अनुसार आइतबार हर्मोज जलडमरू मध्य भएर कुनै पनि ट्याङ्करहरू गुज्रिएका छैनन्। उपभोक्तामा पर्ने असर आइतबार अमेरिकामा ग्यास (पेट्रोल) को राष्ट्रिय औसत मूल्य प्रति ग्यालन ४४.०५ पुगेको छ।

अमेरिकी ऊर्जा सचिव क्रिस राइटले सीएनएनसँग कुरा गर्दै ग्यासको मूल्य प्रति ग्यालन ४३ भन्दा तल झर्न 'अर्को वर्ष' सम्म कुर्नुपर्ने हुन सक्ने बताए । यद्यपि, उनले यसै वर्षको अन्त्यसम्ममा मूल्य घट्न सक्ने सम्भावनालाई भने पूर्ण रूपमा नकार्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम