मुख्य समाचार
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिममा लामो समय उपकप्तानको रुपमा रहेका दिपेन्द्र सिंह ऐरीले नेपाली राष्ट्रिय टिमको कप्तानी गर्दै
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिममा लामो समय उपकप्तानको रुपमा रहेका दिपेन्द्र सिंह ऐरीले नेपाली राष्ट्रिय टिमको कप्तानी गर्दै

: नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिममा लामो समय उपकप्तानको रुपमा रहेका दिपेन्द्र सिंह ऐरीले नेपाली राष्ट्रिय टिमको कप्तानी गर्दैछन्। पहिलो पटक नेपाल क्रिकेट संघले नेपालको टी २० र एकदिवसीय टोली फरक फरक बनाएको छ। जसमा एकदिवसीयतर्फ रोहित कुमार पौडेलले टिमको कप्तानी गर्नेछन् भने टी २० मा ऐरीले टिमको कप्तानी गर्दैछन्। फरक फर्म्याटमा फरक कप्तान नेपालको पहिलो परीक्षण हो।

ऐरीले लामो समय घरेलु र अन्तर्राष्ट्रियस्तरमा आफूलाई प्रमाणित गरिसकेका छन्। उनी नेपाल पुलिस क्लबको कप्तानको रुपमा सफल कप्तान हुन्। प्रदर्शनमा दिपेन्द्र एकदिवसीयमा भन्दा टी २० अन्तर्राष्ट्रिय अब्बल देखिन्छन्। अब उनीलाई राष्ट्रिय टिमको कप्तानीको जिम्मेवारी आएको छ। उनले यस भूमिकामा पनि आफू अब्बल रहेको प्रमाणित गर्नुपर्छ। नेपालको लागि विश्वकपमा २ अर्धशतकीय पारी खेल्ने एक मात्र खेलाडी हुन्, दिपेन्द्र सिंह ऐरी।

प्रेसरमा टिमलाई आवश्यक परेको बलिङ, ब्याटिङ र फिल्डिङ तिनैपक्षमा आफूलाई खरो उतारेका उनले अब घरेलु मैदानमा कप्तानी परिक्षा दिने समय आएको छ।



दिपेन्द्रको कप्तानीमा नेपालले दुई वर्षपछि घरेलु मैदानमा खेल्दैछ। सन् २०२४ को मार्चमा नेपाल नेदरल्यान्ड सुनामै बिएफ बीचको आइसिसी विश्वकप लिग २ को श्रृङ्खलापछि नेपालले पहिलोपटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्दैछ। घरेलु मैदान फेरिएको त्रिविको संरचना र रात्रिकालीन अन्तर्राष्ट्रिय खेल नेपालको लागि निकै खास हुनेछ।

दिपेन्द्रले एशोसियट राष्ट्रको ‘एलक्लासिको’(चिरप्रतिद्धन्द्धी)सँग आफ्नो कप्तानीमा नेपाललाई प्रतिनिधित्व गर्नेछन्।

त्रिविको फेरिएको स्वरूपमा पहिलो अन्तर्राष्ट्रिय खेल

नेपाली क्रिकेटको घर भनेर चिनिने त्रिवि क्रिकेट मैदानको स्वरूप फेरिएको छ। सन् २०२४ को मार्चमा अन्तिम अन्तर्राष्ट्रिय खेल खेलाएको त्रिवि क्रिकेट मैदानमा हाल प्याराफिट र फ्लडलाइट चडान भएको छ। प्याराफिट र फ्लडलाई जडान भइसकेपछि त्रिबीमा पहिलोपटक अन्तर्राष्ट्रिय खेल हुँदैछ।

नेपालमा हुन लागेको आइसीसी विश्वकप लिग २ को श्रृङ्खला अगाडि नेपाल र युएइले २ वटा टी २० खेल्न लागेका हुन्। नेपाली भूमिमा रात्रिकालीन अन्तर्राष्ट्रिय खेल यो पहिलो हुनेछ। घाँसे मैदानबाट प्याराफिट र दिनमा हुने क्रिकेटबाट फ्लड लाइटमा क्रिकेट पहिलो पटक नेपाल र युएईले खेल्नेछन्।

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)पछि त्रिवि क्रिकेट मैदान पहिलो पटक फेरि नेपाली समर्थकले गुञ्जयमान हुनेछ। नेपाल र युएइको खेल यसै पनि आर्चराइबलको रुपमा हेरिन्छ। एसोसिएट राष्ट्रको ‘एल क्लासिको’ मानिने नेपाल र युएईको खेल वैशाख ७ र ८ गते हुनेछ। सोमबार साँझ ५ बजेदेखि नेपाल र यूएई बिचको खेल हुँदैछ।

नेपाल र युएईको हेड टु हेड

टी २० अन्तर्राष्ट्रियमा नेपाल र युएईले हालसम्म ११ पटक एकअर्काको सामना गरेका छन्। जसमा नेपालले ६ पटक अनि युएइले ५ पटक जित दर्ता गरेका छन्। अन्तिम पटक यी दुई टोलीले सन् २०२५ मा अल अमेरत क्रिकेट मैदानमा आइसीसी टी ० विश्वकप एसिया तथा पूर्वी एसिया क्षेत्र छनोटको क्रममा खेलेका थिए। जसमा नेपालले यूएईलाई १ रनले पछि पार्दै जित दर्ता गरेको थियो। यी दुई टिमले नेपालमा ४ खेल खेलेका छन्।

३ खेल मूलपानी मैदानमा छ भने कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भने एकपटक मात्रै यी दुई टोलीले टी २० अन्तर्राष्ट्रिय खेल खेलेका छन् जसमा घरेलु टोलीलाई पराजित गर्दै युएइले जित दर्ता गरेको थियो।

नेपाल र यूएईबिच टी २० अन्तर्राष्ट्रिय खेल्ने टोली :

दिपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल,कुशल मल्ल, सन्दीप जोरा,आरिफ शेख, वसिर अहमद, लोकेश बम, गुल्सन झा, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, शाहब आलम र शेर मल्ल

वैकल्पिक खेलाडी : प्रतिश जिसी, नारायण जोशी र रासिद खान

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...