मुख्य समाचार
इरानी जहाज अमेरिकी कब्जामा: इरानले दियो 'बदला' लिने चेतावनी
इरानी जहाज अमेरिकी कब्जामा: इरानले दियो 'बदला' लिने चेतावनी

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी क्षेत्रमा जारी नौसैनिक घेराबन्दी अन्तर्गत अमेरिकाले इरानी झण्डावाहक एक मालबाहक जहाजलाई बीचैमा रोकेर नियन्त्रणमा लिएको बताएका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल एक्स्मार्फत एक पोस्ट् लेख्दै टुस्का नामक उक्त जहाजलाई रोकिन दिइएको चेतावनी बेवास्ता गरेपछि अमेरिकी नौसेनाले नियन्त्रणमा लिएको जानकारी दिए। उता इरानले भने यसलाई युद्धविरामको उल्लंघन भन्दै यो 'सशस्त्र समुद्री डकैती' को बदला छिट्टै लिने चेतावनी दिएको छ।

ट्रम्पका अनुसार झण्डै ९०० फिट लामो यो जहाजले घेराबन्दी तोड्न खोजेपछि अमेरिकी नौसेनाले यसको इन्जिन कक्षमा प्वाल पारेर जहाजलाई रोकेको थियो। हाल यो जहाज अमेरिकी नियन्त्रणमा रहेको र त्यसमा के छ भन्नेबारे जाँच भइरहेको बताइएको छ।



अन्तराष्ट्रिय समाचार माध्यमहरुका अनुसार, यो घटनाका इरानसँगको युद्ध अन्त्यका लागि दोस्रो चरणको वार्ता गर्न ह्वाइट हाउसले उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा पाकिस्तानमा प्रतिनिधिमण्डल पठाउने तयारी गरिरहेको बेला भएको हो । जसका कारण इरानले अमेरिकी घेराबन्दी कायम रहेसम्म वार्तामा सहभागी नहुने संकेत गरेको छ।

यी दुई शक्तिशाली देशबीचको द्धन्द्ध फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र इजरायलको आक्रमणबाट सुरु भएको थियो। पाँच हप्ताको युद्धपछि दुई हप्ताको युद्धविराम घोषणा गरिएको थियो, जुन आउँदो बुधबार समाप्त हुँदैछ।

ओमानको खाडी र होर्मुज स्ट्रेट क्षेत्रमा जारी यो तनावका कारण विश्वको २० प्रतिशत तेल र ग्यास ढुवानी प्रभावित भएको छ, जसले गर्दा अन्तर्राष्ट्रिय बजारमा ऊर्जाको मूल्य आकाशिएको छ।

इरानी सैन्य मुख्यालय 'खातम अल-अम्बिया' का प्रवक्ताले अमेरिकाले अन्तर्राष्ट्रिय कानुन विपरित व्यावसायिक जहाजमाथि गोली चलाएको र मरिन कमाण्डो परिचालन गरेर कब्जा गरेको आरोप लगाएका छन्।

राष्ट्रपति ट्रम्पले इरानले 'ब्ल्याकमेल' गर्न खोजेको आरोप लगाउँदै यदि शान्ति सम्झौता नभए इरानका हरेक पुल र विद्युत केन्द्रहरू ध्वस्त पारिदिने धम्की समेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम