मुख्य समाचार
सरकारले विद्यार्थी संगठनमाथि प्रतिबन्ध र सुकुम्बासीलाई उठिबास गराएको भन्दै नेकपाको आपत्ति
सरकारले विद्यार्थी संगठनमाथि प्रतिबन्ध र सुकुम्बासीलाई उठिबास गराएको भन्दै नेकपाको आपत्ति

: नेपाली कम्युनिष्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा सुकुम्बासी परिवारहरूलाई उचित विकल्पबिना उठिबास गराउने तथा झुप्रा भत्काउने कार्य गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ। पार्टीले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा यस्तो कदमलाई ‘अमानवीय’ भन्दै तत्काल रोक्न र पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

विज्ञप्तिमा सुकुम्बासी व्यवस्थापनका नाममा गरिएका गतिविधिले पीडित परिवारलाई बिचल्ली बनाएको र सीमान्तकृत समुदायमा राज्यप्रतिको विश्वास कमजोर हुने खतरा बढेको उल्लेख गरिएको छ। ‘समुचित पुनर्वासको व्यवस्था नगरी यस्ता कार्य नगर्न सरकारसमक्ष आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

यसैबीच, नयाँ सरकार गठनलगत्तै बजारमा महँगी र कालोबजारी बढेको भन्दै पार्टीले तत्काल नियन्त्रण गर्न पनि माग गरेको छ। पार्टीले विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने प्रयासलाई संविधानविपरीत र अस्वीकार्य ठहर गरेको छ।



पञ्चायती व्यवस्थाको समयमा समेत उपभोग गरिएको संगठित हुने अधिकार संघीय लोकतान्त्रिक गणतन्त्रमा खोस्ने प्रयास भएको भन्दै यसप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।

यसैगरी ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयासले संवैधानिक अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको उल्लङ्घन हुने उल्लेख गरिएको छ। वर्तमान सरकारप्रति जनताले सुशासन, सामाजिक न्याय र समृद्धिको अपेक्षा गरेको उल्लेख गर्दै पार्टीले सकारात्मक कार्यक्रमहरूलाई स्वागत गरेको जनाएको छ। तर शासन सञ्चालन र संसदीय अभ्यासमा देखिएको पूर्वाग्रही र एकपक्षीय प्रवृत्तिले चिन्ता बढाएको विज्ञप्तिमा उल्लेख छ।

पार्टीले सरकारलाई अझ लोकतान्त्रिक, उत्तरदायी र समावेशी बन्न आग्रह गर्दै सुकुम्बासी, किसान, मजदूर तथा उत्पीडित समुदायप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ। ‘लोकतन्त्रको सुदृढीकरण अधिकार खोसेर वा जनताको घरबास उजाडेर सम्भव हुँदैन,’ विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: झापामा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकलको पछाडि सवार दमक नगरपालिका-९ का २७ वर्षीय पदमबहादुर मगरको शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार गौरादह नगरपालिका -१ स्थित सितापुरी चोकमा दमकबाट गौरादहतर्फ जाँदै गरेको प्र न १–०१–०१५ प ७५ नम्बरको मोटरसाइकल आफैँ ...
: काठमाडौं महानगरपालिका-१५ शोभाभगवतीस्थित विष्णुमती खोला किनारबाट प्रहरीले चार थान पेस्तोलसहित गोली बरामद गरेको छ। आइतबार बिहान ११ बजेतिर विशेष सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उक्त स्थानमा खोजतलास गर्ने क्रममा हातहतियार फेला पारेको हो। बरामद गरिएका सामग्रीमा टाइप्स -५४ पेस्तोल चार थान,सोही पेस्तोलका म्याग्जिन सात थान र ९ एमएम बेरेटाका ५८ राउण्ड गोली रहेका ...
उपत्यकाका धार्मिक तथा ऐतिहासिक मन्दिर क्षेत्रवरिपरि सञ्चालन भइरहेका मासु–माछा बिक्री पसल तथा रेस्टुरेन्टहरूको व्यवस्थापनबारे पछिल्ला दिनहरूमा पुनः व्यापक बहस सुरु भएको छ। धार्मिक आस्था, सांस्कृतिक परम्परा र सहरी अनुशासनलाई केन्द्रमा राख्दै यो विषय सामाजिक तथा प्रशासनिक रूपमा संवेदनशील बन्दै गएको देखिन्छ। स्थानीय बासिन्दा, भक्तजन तथा विभिन्न धार्मिक समूहहरूले मन्दिरवरिपरि सञ्चालनमा रहेका मासु–माछा बिक्री तथा सम्बन्धित ...
: सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको सल्यान प्रहरीले जनाएको छ । ‍मृत्यु हुने र घाइते हुने सबै जना एउटै वडाका हुन् । बनगाड कुपिण्डे नगरपालिकाको - ८ थारादेखि कालिमाटी गाउँपालिका-१ को लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै ...
: वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’(एनओसी) लिन सक्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित एनओसी शाखाले एनओसी सर्टिफिकेट लाई फेसलेस बनाउन एनओसी अनलाइन पोर्टल र त्रिभुवन विश्वविद्यालय (त्रिवि) तथा काठमाडौं विश्वविद्यालय(केयू)बीच एपीआई गर्ने कार्य सम्पन्न गरेको हो । उक्त प्रयोजनका लागि यही वैशाख ४ गते ...