मुख्य समाचार
इरानले आफ्ना विभिन्न छिमेकी देशहरुसँग युद्धमा भएको क्षतिको क्षतिपूर्ति मागे
इरानले आफ्ना विभिन्न छिमेकी देशहरुसँग युद्धमा भएको क्षतिको क्षतिपूर्ति मागे

: इरानले आफ्ना विभिन्न छिमेकी देशहरुसँग युद्धमा भएको क्षतिको क्षतिपूर्ति मागेको छ । इरानले आफ्ना छिमेकी देशहरू–साउदी अरब, यूएई, कतार, बहराइन र कुवैतसँग युद्धमा भएको क्षतिको क्षतिपूर्ति मागेको हो ।

संयुक्त राष्ट्रसंघमा इरानका राजदूत अमिर सईद इरवानीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई एउटा पत्र पठाएका छन् । उक्त पत्रमा यी पाँच देशहरूले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको उल्लेख गर्दै अब उनीहरूले इरानलाई भएको क्षतिको पूर्ण क्षतिपूर्ति दिनुपर्ने भनिएको छ ।
बीबीसी फारसीका अनुसार, इरवानीद्वारा लेखिएको यो पत्र समाचार एजेन्सी आईआरएनएले प्रकाशित गरेको हो ।

पत्रमा भनिएको छ, ‘यी पाँच देशहरूले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेका छन् र इरानप्रति आफ्नो जिम्मेवारी पूरा गरेका छैनन् । त्यसैले अब उनीहरूको अन्तर्राष्ट्रिय जिम्मेवारी तय भइसकेको छ ।’ ‘उनीहरूले इरानलाई भएको सबै क्षतिको पूर्ण क्षतिपूर्ति दिनुपर्छ, जसमा भौतिक र मानसिक दुवै प्रकारका क्षति समावेश छन् ।’ यो पहिलो पटक होइन जब इरानले यस्तो माग गरेको हो । यसअघि पनि इरानले अमेरिकासँग युद्धमा भएको क्षतिको क्षतिपूर्ति माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा ५० प्रतिशत कर (ट्यारिफ) लगाउने धम्कीप्रति चीनले मुख खोलेको छ । चीनको विदेश मन्त्रालयले ती मिडिया रिपोर्टहरूलाई अस्वीकार गरेको छ । जसमा चीनले इरानलाई सैन्य सहायता दिइरहेको दाबी गरिएको थियो । चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बुधबार सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘चीनले इरानलाई सैन्य सहयोग गरिरहेको ...
: अमेरिका र इरानबीचको पाकिस्तानमा भएको वार्ता असफल भएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरानबीच कुनै सहमति हुन नसकेको जानकारी दिएका छन् । उनले भने, ‘हामी यहाँबाट एउटा धेरै सरल प्रस्ताव दिएर जाँदैछौं, यही हाम्रो अन्तिम र सबैभन्दा राम्रो प्रस्ताव हो । अब हेर्नेछौं, इरानले यसलाई स्वीकार गर्छ कि गर्दैन ।’ इस्लामाबादमा आयोजित ...
: अमेरिकी उपराष्ट्रपति जेडी भेन्स र उनको टोली इरानसँगको सम्झौतामा सहमति जुट्न नसकेपछि पाकिस्तानको राजधानी इस्लामाबादबाट स्वदेश फर्किएको छ। उनी 'एयर फोर्स टु' विमानमार्फत अमेरिकातर्फ प्रस्थान गरेका हुन्। बीबीसीका अनुसार पाकिस्तानी गृह मन्त्रालयका एक अधिकारीले अमेरिकी प्रतिनिधिमण्डलको प्रस्थानको पुष्टि गरेका छन्। इस्लामाबादबाट उड्नुअघि आयोजित पत्रकार सम्मेलनमा जेडी भेन्सले करिब २१ घण्टा लामो छलफलका बाबजुद अमेरिका र इरान ...
: इरानी उच्चस्तरीय प्रतिनिधिमण्डल अमेरिकासँगको सम्झौतामा सहमति नजुटेपछि स्वदेश फर्किएको छ। इरानी संसदका सभामुख मोहम्मद बगेर गालिबाफको नेतृत्वमा आएको उक्त टोली स्थानीय समयअनुसार आज बिहान करिब ८ बजेपछि इस्लामाबादबाट उडेको हो। यसअघि, अमेरिकी प्रतिनिधिमण्डल पनि शान्ति वार्तामा कुनै ठोस सम्झौता हुन नसकेपछि पाकिस्तानबाट फर्किसकेको छ। अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भेन्सले गरेका थिए। गत मंगलबार राति ...
: इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिका सँग ‘दुई–तीन महत्वपूर्ण विषयमा सहमति नजुटेका कारण’ सम्झौता हुन नसकेको बताएका छन् । उनले इरान न्यूज नेटवर्कसँग कुरा गर्दै पाकिस्तानको मध्यस्थतामा २४–२५ चरणका अप्रत्यक्ष वार्ता भएको जानकारी दिएका छन् । केही विषयमा अमेरिकी प्रतिनिधिमण्डलसँग सहमति बने पनि दुई–तीन मुद्दामा विचार नमिल्दा अन्तिम सम्झौता हुन नसकेको उनले जानकारी दिएका ...