मुख्य समाचार
गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन

— प्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार उनको निधन भएको हो । इन्डियन एक्सप्रेसका अनुसार अस्पतालका डा. प्रतित समदानीले भोसलेको निधनको पुष्टि गरेका छन् । उनको निधनको कारण 'मल्टी-अर्गान फेलियर' रहेको पनि उनको भनाइ छ ।

थकित महसुस हुने र छातीमा संक्रमण देखिएपछि उनलाई गत अप्रिल ११ मा अस्पताल भर्ना गरिएको थियो ।

सन् १९३३ मा जन्मिएकी आशाले मात्र १० वर्षको उमेरमा सन् १९४३ को मराठी फिल्म 'माझा बाल' बाट गायन यात्रा सुरू गरेकी थिइन् । सन् १९४८ मा 'चुनरिया' फिल्ममार्फत हिन्दी सिनेमामा प्रवेश गरेकी उनले सन् १९५७ को 'नयाँ दौर' बाट व्यावसायिक सफलताको उचाइ छोएकी थिइन् ।

दिदी लता मंगेस्कर, शमशाद बेगम र गीता दत्त जस्ता दिग्गजहरूका बीचमा पनि आशाले आफ्नो बेग्लै र विशिष्ट पहिचान बनाउन सफल भइन् । शास्त्रीय संगीतदेखि क्याबरे, गजल र पप विधामा उत्तिकै दख्खल राख्ने आशाले आफ्नो स्वरलाई सधैँ समयसापेक्ष परिष्कृत गरिरहिन् । उनले 'रङ्गिला', 'लगान' र 'ताल' जस्ता आधुनिक चलचित्रका गीतहरूमा समेत स्वर दिएकी थिइन् ।
आफ्नो आठ दशक लामो साङ्गीतिक करियरमा आशाले पद्म विभूषण, दादासाहेब फाल्के पुरस्कार र दुई पटक राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेकी छन् । सबैभन्दा धेरै स्टुडियो रेकर्डिङ गर्ने गायिकाका रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समेत नाम दर्ता गराएकी उनले ७९ वर्षको उमेरमा 'माई' (२०१३) चलचित्रमार्फत अभिनयमा डेब्यु गरेकी थिइन् ।

१२ हजारभन्दा बढी गीतमा गाएकी आशा भोसले नेपाली गीत संगीत क्षेत्रमा प्रसिद्ध छिन् । उनले 'माइतीघर' फिल्मको लोकप्रिय गीत 'यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर', संगीतकार रञ्जित गजमेरसँगको सहकार्यमा 'के सोचेँ मैले', 'झझल्को लिएर आएछ सावन' र 'चोखो पिरती लाएर' जस्ता कालजयी गीत गाएकी छन् । नारायण गोपालसँगको उनको युगल गीत 'मोहनी लाग्ला है' चर्चित गीतमध्ये एक मानिन्छ । यसका साथै 'सुन सुन मेरो कथा', 'गैरी खेतको शिरै हान्यो', 'उकाली ओराली’ र 'साउने झरीमा' जस्ता गीतहरूका कारण उनलाई नेपाली स्रोताले सदैव मनमा लिइरहनेछन् ।

आशाका छोरा आनन्द भोसलेले सञ्चारकर्मीसँग कुरा गर्दै सोमबार अपराह्न ४ बजे मुम्बईको शिवाजी पार्कमा अन्तिम संस्कार गरिने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
जुलाईको अन्त्यमा ब्लकबस्टर सुरुवात गरेयता ‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’ लगातार चर्चामा छ। कोलाइडरका चार्ली रिज्लीले यसलाई ‘२० वर्षयताकै उत्कृष्ट स्पाइडी एडभेन्चर’ भनेका छन्। २०२५ मा रिलिज भएका ‘द फ्यान्टास्टिक फोरः फर्स्ट स्टेप्स’, ‘थन्डरबोल्ट्स’ र ‘क्याप्टेन अमेरिकाः ब्रेभ न्यू वर्ल्ड’ अपेक्षाअनुसार सफल हुन नसकेपछि सन् २०२६ को मार्भल सिनेम्याटिक युनिभर्स (एमसीयू) को पहिलो ठूलो फिल्मप्रतिको अपेक्षा यसअघिका ...
। रुससँगको निरन्तर युद्धका बीच युक्रेन सरकारले देशमा भइरहेको एडल्ट कन्टेन्ट (पोर्न) व्यवसायलाई कानुनी दायरामा ल्याएर कर लगाउने तयारी गरेको छ। अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलका अनुसार यसबाट युक्रेन सरकारलाई वार्षिक करिब साढे २ करोड डलर थप आम्दानी हुने अनुमान गरिएको छ। एक युक्रेनी सांसदका अनुसार, यो रकमबाट युद्धका लागि आवश्यक पर्ने करिब ३० हजार ...
: डोमिनिकन रिपब्लिककी २४ वर्षीया मोडल जोहेरी मोलाले 'मिस वर्ल्ड २०२६' (विश्व सुन्दरी) को उपाधि जितेकी छन्। भियतनामको न्हा ट्राङ सहरमा शनिबार साँझ आयोजित ७३औँ मिस वर्ल्ड प्रतियोगितामा उनले यो उपाधि आफ्नो नाममा पारेकी हुन्। यो जितसँगै डोमिनिकन रिपब्लिकले दोस्रो पटक मिस वर्ल्डको ताज हात पारेको छ। यसअघि सन् १९८२ मा मारियासेला अल्भारेजले देशका लागि पहिलो ...
। अस्कर विजेता हलिउड अभिनेत्री मिसेल योहले नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै सहयोगका लागि विश्व समुदायलाई अपिल गरेकी छन् । योहले तिब्बत सीमावर्ती क्षेत्रनजिक आएको बाढीबाट प्रभावित नेपाल र पीडितप्रति आफ्नो सहानुभूति रहेको बताएकी हुन् । उनले हजारौं मानिस अझै बेपत्ता रहेको र केही सेकेन्डमै असंख्य घर बगाएको उल्लेख गरेकी छन् ...
। दक्षिण कोरियाली अभिनेता जंग इल-वू नेपालमा भीषण बाढीबाट प्रभावित नागरिक र बालबालिकाको सहयोगमा जुटेका छन् । गुड नेबर्सले बुधबार अभिनेता इल-वूले नेपालमा बाढीपछिको पुनस्र्थापना र विस्थापित पीडितलाई सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको जनाएको छ । उक्त रकम नुवाकोट र गोरखासहित बाढीबाट बढी प्रभावित क्षेत्रमा आपतकालीन राहतका लागि प्रयोग गरिनेछ । प्रभावित नागरिकलाई स्थानीयस्तरमै सहयोग ...