मुख्य समाचार
तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु
तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

: झापाको बुद्धशान्ति गाउँपालिका–३ धाईजनस्थित मेची राजमार्गमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

मृत्यु हुनेमा इलाम नगरपालिका–६ का अन्दाजी २५ वर्षीय भूपेन्द्र श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार आज अपराह्न करिब साढे ४ बजेको समयमा चारआलीबाट बुधबारेतर्फ आउँदै गरेको प्र १ ०२ ०४१ प ८९८७ नम्बरको मोटरसाइकल, सोही दिशाबाट आउँदै गरेको को ३१ प ९२९० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्र १ ०१ ०१२ प ७६३५ नम्बरको मोटरसाइकल एकापसमा ठोकिँदा दुर्घटना भएको थियो।

दुर्घटनामा परी प्र १ ०१ ०१२ प ७६३५ नम्बरको मोटरसाइकल चालक श्रेष्ठ गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकोमा ५ १० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। त्यस्तै दुर्घटनामा परी सुनसरी धरान–१५ का २७ वर्षीय मनीकुमार देवान, इटहरी उपमहानगरपालिका–५ का २७ वर्षीय अनीश बस्नेत, इटहरी–५ का २९ वर्षीय नन्दबहादुर मगर र इटहरी–१७ का २९ वर्षीय कमल मगर घाइते भएका छन्।



उनीहरूको बिर्तामोडस्थित स्पाइनएक्स अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ छ। दुर्घटनामा संलग्न तीनवटै मोटरसाइकल इलाका प्रहरी कार्यालय बुधबारेको नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गृहमन्त्री सुधन गुरुङले स्तरोन्नतिको क्रममा रहेको नागढुंगा–मुग्लिङ सडक आयोजनाको स्थलगत अनुगमन गरेका छन् । त्यस क्रममा उनले निर्माण कार्यमा ढिलासुस्ती गर्ने र गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । उनले भने, ‘काममा कुनै पनि बहानामा ढिलासुस्ती सह्य हुने छैन । यदि सम्झौताअनुसार काम भएन र गुणस्तरमा सम्झौता गरियो भने ...
— सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा सुरुङमार्गको सम्झौता सम्पन्न मिति एक वर्षमात्रै बाँकी रहँदा ६७.२७ प्रतिशत भौतिक प्रगति भएको छ । २०८३ चैत ८ गते सम्झौता सम्पन्न मिति सकिनेछ । तर कामले भने पछिल्लो समय गति लिन सकेको छैन । सुरुङ ‘ब्रेक थ्रु’ सम्म तीव्र गतिमा काम गरेको निर्माण कम्पनी पछिल्लो समय सुस्ताएपछि कामले तीव्रता नपाएको हो ...
— पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएपछि बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागू गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै शनिबार (चैत २८)देखि लागू हुने गरी नयाँ भाडादर कायम गरेको हो । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयमातहतको भाडा निर्धारण तथा समायोजन समितिको शुक्रबारको बैठकले काठमाडौं ...
: दाङको तुलसीपुरमा इँट्टाभट्टाको पर्खाल भत्किँदा च्यापिएर एक मजदुरको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । आइतबार तुलसीपुर उपमहानगरपालिका–१६, जहदागाउँस्थित सेवा इँट्टाभट्टामा काम गरिरहेका बेला अचानक पर्खाल भत्किएको हो । पर्खालले च्यापिँदा भारतको बहराइच जिल्ला सरैया निवासी ३० वर्षीय तीर्थराम पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि उनलाई ...
: लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित विराटनगरबाट एक जना पक्राउ परेका छन् । भारतको जोगवनीबाट खैरो हेरोइन खरिद गरेर आउँदै गर्दा धनकुटाको धनुकटा नगरपालिका–६ का २६ वर्षीय झुमबहादुर भुजेल पक्राउ परेका हुन् । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट भुजेललाई शनिबार दिउँसो २ बजेतिर पक्राउ गरिएको जानकारी दिए ...