: श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्क साम्पाङले उडान ढिला (फ्लाइट डिले) गर्ने एयरलाइन्सहरुलाई फाइन तिराउनु पर्ने बताएका छन् ।
संघीय संसदको संयुक्त वैठकलाई शुक्रबार सम्बोधन गर्दै सांसद साम्पाङले उडान ढिलाईका कारण समस्या भोग्नु परेको जानकारी सरकारलाई गराउँदै यस्ता एयरलाइन्सलाई फाइन तिराउनु पर्ने माग गरे । यस्तै उनले दार्चुला पुगेर आउँदा आफू रोएर आएको बताउँदै सरकार र विशेष गरी भौतिक पूर्वाधार मन्त्रीलाई एक पटक दार्चुला पुगेर त्यहाँको अवस्था बुझेर आइ दिन आग्रह गरे ।
उनले पार्टीको जेनजी सांसदलाई उपसभामुखमा अगाडि सारेको बताउँदै लोकतन्त्रमा कि चुन्नु पर्ने कि चुनिनु पर्ने बताए । उपसभामुख चयन गर्ने विधि पुरा गर्नैपर्ने भएकाले एकले अर्कालाई कटाक्ष र आक्षेप लगाउन नहुने बताए । उनले भने, ‘अस्ती हामी चुनिएर आउँदा जे गर्यौ गर्यौ सकियो, अब यहाँ नगरौं।’