मुख्य समाचार
व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियाका लागि विभाग वा कुनै पनि श्रम कार्यालय धाउनु नपर्ने
व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियाका लागि विभाग वा कुनै पनि श्रम कार्यालय धाउनु नपर्ने

: वैदेशिक रोजगार विभागले सेवाग्राहीहरूलाई व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियाका लागि विभाग वा कुनै पनि श्रम कार्यालय धाउनु नपर्ने बताएको छ। विभागले हाल ‘वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली’मार्फत घरमै बसेर अनलाइन आवेदन दिन सकिने व्यवस्था रहेको जनाएको छ। व्यक्तिगत श्रम स्वीकृति लिने व्यक्तिले आफ्नै अनलाइन खाताबाट आवेदन दिनुपर्ने व्यवस्था छ।

विभागको सूचनामा भनिएको छ, ‘व्यक्तिगत श्रम स्वीकृति लिने प्रक्रियामा कुनै पनि संस्था, साइबर सेन्टर वा प्रतिनिधिको संलग्नता कानुनी रूपमा मान्य हुँदैन।’ इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीका प्रतिनिधि तथा बिचौलियाहरूले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा हस्तक्षेप गरेको गुनासो बढेपछि विभागले सूचना जारी गरेको हो। सूचनाको अवज्ञा गर्नेलाई वैदेशिक रोजगार ऐन तथा नियमावलीअनुसार कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ।

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई लक्षित गरी भ्रमपूर्ण विज्ञापन गर्ने र बिचौलियाको भूमिका खेल्ने साइबर सेन्टर तथा विभिन्न संस्थाहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले वैदेशिक रोजगारीको प्रक्रियालाई पारदर्शी बनाउन र ठगी नियन्त्रण गर्न नयाँ निर्देशन जारी गरेको हो। विभागले आफ्ना कार्यालय वरिपरि रहेका भ्रमपूर्ण विज्ञापनहरू तत्काल हटाउन निर्देशन दिएको छ।



विभागका अनुसार कार्यालय आसपास र देशका विभिन्न स्थानमा सञ्चालित साइबर सेन्टर, तालिम केन्द्र र अन्य निजी संस्थाहरूले ‘यहाँ श्रम गरिन्छ’, ‘ श्रमको अनलाइन फाराम भरिन्छ’ जस्ता भ्रामक शब्दहरू प्रयोग गरी साइनबोर्ड र फ्लेक्स राख्ने गरेका छन्। यस्ता सूचनाले सेवाग्राहीलाई भ्रममा पार्ने गरेको छ। श्रमको अनलाइन फाराम भर्ने बहानामा आउने सेवाग्राहीलाई विभिन्न म्यानपावर एजेन्ट तथा बिचौलियासँग साँठगाँठ गराइदिँदा ठगीका घटना बढेको विभागको निष्कर्ष छ। यस्ता विज्ञापनले सेवाग्राहीमा आधिकारिकताको भ्रम पैदा गरी अनाधिकृत रूपमा रकम असुल गरिरहेको विभागको ठहर छ।

वैदेशिक रोजगार विभागले ‘वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली’मार्फत घरमै बसेर व्यक्तिगत श्रम स्वीकृतिको आवेदन दिन सकिने व्यवस्था लागू गरेको छ।
व्यक्ति गत श्रम स्वीकृतिमा म्यानपावर, साइबर सेन्टर वा कुनै पनि प्रतिनिधिको संलग्नता कानुनी रूपमा मान्य नहुने स्पष्ट गरिएको छ।
विभागले आगामी चैत ३० गते सोमबारभित्र आफ्ना कार्यालय वरपर राखिएका त्यस्ता प्रचार–प्रसारका बोर्ड, होडिङ बोर्ड, फ्लेक्स र भित्ते लेखनलगायत सामग्रीहरू अनिवार्य रूपमा हटाउन निर्देशन दिएको छ। तोकिएको समयसीमाभित्र निर्देशन पालना नगर्नेलाई वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कानुनी दायरामा ल्याइने विभागले स्पष्ट पारेको छ।

पछिल्लो समय व्यक्तिगत प्रक्रियाबाट विदेश जान चाहने युवाहरूलाई म्यानपावरका एजेन्ट र साइबर सञ्चालकहरूले ‘ श्रम मिलाइदिने’ बहानामा मोटो रकम ठगी गरेको गुनासो बढेको छ। विभागका एक शाखा अधिकृतका अनुसार संस्थागत श्रम स्वीकृतिको काम मात्र म्यानपावरले गर्ने र व्यक्तिगत काम व्यक्ति स्वयंले गर्नुपर्ने कानुनी प्रावधानको धज्जी उडाउने काम भइरहेको छ।

विभागकी महानिर्देशक मीरा आचार्यले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका नागरिकहरूलाई कुनै पनि अनाधिकृत व्यक्तिको प्रलोभनमा नपर्न र आधिकारिक सरकारी पोर्टल मात्र प्रयोग गर्न आग्रह गरेकी छन्। उनले भनिन्, ‘कसैले श्रम स्वीकृतिका नाममा रकम माग गरेमा वा झुक्याउन खोजे, भिसा र काम मिलाइदिन्छु भन्दै पैसा मागे तुरुन्त विभागमा सूचना दिनुहोला।’ विभागले वैदेशिक रोजगारीमा हुने ठगी रोक्न उजुरी परेका आरोपितहरूको नामावली पनि वेबसाइटमा राखेको छ। आफू जान लागेको देशको वस्तुस्थिति बुझ्न, पैसा बुझाउँदा सचेत रहन र अनिवार्य रूपमा प्रमाण राख्न विभागले सबैमा आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्क साम्पाङले उडान ढिला (फ्लाइट डिले) गर्ने एयरलाइन्सहरुलाई फाइन तिराउनु पर्ने बताएका छन् । संघीय संसदको संयुक्त वैठकलाई शुक्रबार सम्बोधन गर्दै सांसद साम्पाङले उडान ढिलाईका कारण समस्या भोग्नु परेको जानकारी सरकारलाई गराउँदै यस्ता एयरलाइन्सलाई फाइन तिराउनु पर्ने माग गरे । यस्तै उनले दार्चुला पुगेर आउँदा आफू रोएर आएको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको वार्ता एकै पटकमा टुङ्गिने वा आगामी हप्ताहरूमा पनि जारी रहने भन्नेबारे आफू अहिले नै प्रस्ट नभएको बताएका छन् । दुई साताका लागि युद्धविराम गरेका अमेरिका र इरानबीच आज पाकिस्तानको इस्लामाबादमा शान्ति वार्ता सुरु गर्ने तयारी भइरहेको छ। भर्जिनियाको शार्लोट्सभिल प्रस्थान गर्नुअघि विमानमै पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको ...
: श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्क साम्पाङले सदनमा कोही पनि कसैको बहिनी र नातिनी नभएको बताएका छन्। उपसभामुखका उम्मेदवारसमेत रहेका आफ्ना सांसद रुवीकुमारी ठाकुरलाई सदनमै 'बहिनी' सम्बोधन गरेपछि साम्पाङले सदनमा कोही कसैको बहिनी र नातिनी नभएको बताए।
: जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई ९ बर्ष पछी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरको धरान उपमहानगरपालिका–८ बस्ने २७ वर्षीय सानु राई भनिने विश्वजित चाम्लिङ रहेका छन् । उनलाई वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी वरिष्ठ नायव निरीक्षक आरके दाहाल नेतृत्वको टोलीले पक्राउ गरेको हो। धरान–८ की १४ वर्षीया ...
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले संसद युवाको उर्जाले मात्र नचल्ने भएकाले अग्रजको अनुभव पनि चाहिने बताएकी छिन् । संघीय संसदको संयुक्त वैठकमा पार्टीका तर्फबाट सभामुखको उम्मेदवार रहेकी सरस्वती लामाको नाममा समर्थन जनाउँदै सांसद ओलीले विगतमा जस्तै सिण्डिकेटको राजनीति गर्न नहुने बताएकी छिन् । राप्रपा बोलीमा पक्का रहेको बताउँदै उदाउँदै गरेको राष्ट्रिय स्वतन्त्र ...