मुख्य समाचार
जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई ९ बर्ष पछी पक्राउ
जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई ९ बर्ष पछी पक्राउ

: जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई ९ बर्ष पछी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरको धरान उपमहानगरपालिका–८ बस्ने २७ वर्षीय सानु राई भनिने विश्वजित चाम्लिङ रहेका छन् । उनलाई वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी वरिष्ठ नायव निरीक्षक आरके दाहाल नेतृत्वको टोलीले पक्राउ गरेको हो।

धरान–८ की १४ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको कसुरमा उनीविरुद्ध मुद्दा दायर भएको थियो। उक्त मुद्दामा जिल्ला अदालत सुनसरीले मिति २०७३/०५/१६ गतेको फैसलामा उनलाई ११ वर्ष कैद सजाय सुनाएको थियो। फैसला पश्चात फरार रहेका चाम्लिङलाई आफ्नै घरबाट प्रहरीले पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी केशवकुमार थेबेले बताए।

उनले पक्राउ परेका चाम्लिङलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत सुनसरीमा बुझाईएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्क साम्पाङले उडान ढिला (फ्लाइट डिले) गर्ने एयरलाइन्सहरुलाई फाइन तिराउनु पर्ने बताएका छन् । संघीय संसदको संयुक्त वैठकलाई शुक्रबार सम्बोधन गर्दै सांसद साम्पाङले उडान ढिलाईका कारण समस्या भोग्नु परेको जानकारी सरकारलाई गराउँदै यस्ता एयरलाइन्सलाई फाइन तिराउनु पर्ने माग गरे । यस्तै उनले दार्चुला पुगेर आउँदा आफू रोएर आएको ...
: वैदेशिक रोजगार विभागले सेवाग्राहीहरूलाई व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियाका लागि विभाग वा कुनै पनि श्रम कार्यालय धाउनु नपर्ने बताएको छ। विभागले हाल ‘वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली’मार्फत घरमै बसेर अनलाइन आवेदन दिन सकिने व्यवस्था रहेको जनाएको छ। व्यक्तिगत श्रम स्वीकृति लिने व्यक्तिले आफ्नै अनलाइन खाताबाट आवेदन दिनुपर्ने व्यवस्था छ। विभागको सूचनामा भनिएको छ, ‘व्यक्तिगत श्रम स्वीकृति ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको वार्ता एकै पटकमा टुङ्गिने वा आगामी हप्ताहरूमा पनि जारी रहने भन्नेबारे आफू अहिले नै प्रस्ट नभएको बताएका छन् । दुई साताका लागि युद्धविराम गरेका अमेरिका र इरानबीच आज पाकिस्तानको इस्लामाबादमा शान्ति वार्ता सुरु गर्ने तयारी भइरहेको छ। भर्जिनियाको शार्लोट्सभिल प्रस्थान गर्नुअघि विमानमै पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको ...
: श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्क साम्पाङले सदनमा कोही पनि कसैको बहिनी र नातिनी नभएको बताएका छन्। उपसभामुखका उम्मेदवारसमेत रहेका आफ्ना सांसद रुवीकुमारी ठाकुरलाई सदनमै 'बहिनी' सम्बोधन गरेपछि साम्पाङले सदनमा कोही कसैको बहिनी र नातिनी नभएको बताए।
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले संसद युवाको उर्जाले मात्र नचल्ने भएकाले अग्रजको अनुभव पनि चाहिने बताएकी छिन् । संघीय संसदको संयुक्त वैठकमा पार्टीका तर्फबाट सभामुखको उम्मेदवार रहेकी सरस्वती लामाको नाममा समर्थन जनाउँदै सांसद ओलीले विगतमा जस्तै सिण्डिकेटको राजनीति गर्न नहुने बताएकी छिन् । राप्रपा बोलीमा पक्का रहेको बताउँदै उदाउँदै गरेको राष्ट्रिय स्वतन्त्र ...