: नेकपा एमालेले उपसभामुखको निर्वाचनमा तटस्थ बस्ने भएको छ। एमालेको तर्फबाट सांसद इस्तियाक राईले प्रतिनिधिसभा बैठकमा बोल्दै उपसभामुख चयनमा एमाले तटस्थ बस्ने बताए।
उनले सभामुख चयन निर्विरोध चयन गराए पनि झन्डै दुई तिहाइ भएको सत्तारुढ दलले उपसभामुखमा निर्विरोध गराउन नसकेको बताए।